२९ भाद्र २०८२, आईतवार

जेनजी आन्दोलनले ठप्प भएको सार्वजनिक यातायात चल्न थाल्यो

कोलोराडोखबर संवाददाता , September 14th, 2025

नेपाल । जेनजी आन्दोलन हिंसात्मक बनेसँगै चार दिनदेखि ठप्प भएको सार्वजनिक यातायात क्षेत्र बिस्तारै लयमा फर्किएको छ ।

शनिबार काठमाडौँ उपत्यकाबाट बस र माइक्रोबस बढी मात्रामा बाहिरिएको नागढुङ्गास्थित प्रहरी चेक पोस्टले जानकारी दिएको छ । गोङ्गबु नयाँ बसपार्कबाट दिवा र रात्रिबस छुटिरहेका छन् ।

व्यवसायीले स्थानीय सरकारसँगको समन्वयमा सार्वजनिक यातायात सञ्चालन गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । राजमार्गमा रहेका स्थानीय सरकारसँग समन्वय गरेर यातायात चालु गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागसँग अनौपचारिक छलफल गरिरहेका छन् । एक सातापछि दसैँ सुरु हुने भएकाले पनि सार्वजनिक यातायात सञ्चालनमा सरकारले ध्यान दिनुपर्ने सिटौलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्