२१ भाद्र २०८२, शनिबार

लघुकथाः बैसाखी

कोलोराडोखबर संवाददाता , September 6th, 2025

-आरसी रिजाल-
सोमप्रसाद सधाझैँ आज पनि बिजुली सर्बत तानेर, आफुलाई टोलको राजाझैँ ठानेर, बाटो आफ्नो बाउको बिर्ताझैँ मानेर कराउँदै आएको छ।छोरा बुहारीले — ए बाउ नखाउ! यसले धनमात्र हैन, जिबनै बर्बाद पार्छ भन्दा – आफ्नै पेन्सनले खाँदा तिमर्लाइ किन टेन्सन ? रहरले हो र? बिछोड्को पीडा खप्न नसकेर पिएको हुँ भन्छन् ।

छोराले — पत्नी तपाईंको मात्र हैन अरुका नि बितेका छ्न्।अरुलाई बिछोडको पीडा नहुने तपाइँलाई मात्र हुने। आफ्नो कुचाहनालाई बाहना नबनाउनुस् । समाजमा हामिलाई शिर ठड्याएर हिँड्न नसक्ने पार्नुभा’छ।तपाईं त हाम्रो अभिभावक।सुमार्ग देखाउन पर्ने। जो अगुवा उहि बाटो ….भन्ने उखान जस्तो हुनु भएन भन्यो।

एक महिनापछि —
एकदिन चिप्लिएर बाटोमा पछारिए। घुँडाको पाङ्ग्रो खुस्किएछ।बुढेसकालमा अपरेसन गर्न मिल्दैन रे! दुई महिनाको लागि प्लास्टर गरेर आराम गर्नपर्ने भयो। हेर्न आउने आफन्त र छिमेकीहरुले अब नपिउने सल्लाह दिन्छ्न्। उनी तोलाको जिब्रो नफट्कारी धार्निको टाउको मात्र हल्लाउछ्न्।

आफू बिरामी हुँदा जेठो सहरबाट हेर्न नआएकोले कान्छोलाई सोध्छन् ।कान्छोले — दाइलाई ऎले फुर्सद छैन रे! तपाईंको अर्को खुट्टा भाँच्चिदाचैँ बैसाखी लिएर पक्कै आउछु भन्नुभा’छ भन्यो।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्