नेपाल । भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबाना तोकेको छ ।
गएको साउन २१ गते विशेष अदालतले प्रतिवादीहरू थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको थियो ।
विशेष अदालतले बिहीवार थापा, पोखरेल र पौडेललाई ८ वर्ष कैद र जनही १० करोड जरिबाना निर्धारण गरेको हो ।
अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम तीनै जना प्रतिवादीहरूले जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने गरी सजाय निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्