१७ श्रावण २०८२, शनिबार

जुलाई मात्रै ७० हजार १९३ पर्यटक नेपाल घुम्न आए

कोलोराडोखबर संवाददाता , August 2nd, 2025

नेपाल । सन् २०२५ को पहिलो सात महिनामा करिब साढे छ लाख पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि जुलाईसम्म छ लाख ४७ हजार ८८२ जना बाह्य पर्यटक नेपाल भित्रिएका हुन् । जसमध्ये जुलाई महिनामा मात्रै ७० हजार १९३ जना अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२४ को जुलाईमा ६४ हजार ५९८ विदेशी पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार जुलाईमा कुल आगमनमध्ये पहिलोमा भारत, दोस्रोमा चीन, तेस्रोमा अमेरिका, चौथोमा बङ्गलादेश र पाँचौँमा बेलायतबाट सबैभन्दा बढी पर्यटक छन् ।

बोर्डका अनुसार सन् २०२५ को जनवरीमा ७९ हजार ९९१ जना पर्यटक आएका थिए । यस्तै गरी फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ६८७, अप्रिलमा एक लाख १६ हजार ४९०, मेमा ८६ हजार २१६, जुनमा ७६ हजार ४२४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्