-आरसी रिजाल-
आमाले हिजो बिहान बेलुकी खाना नखाएको कुरा श्रीमतिले श्रवणलाई सुनाइन् ।
श्रवणले — कहिलेकाहीँ तिमी झर्केर बोलेको सुन्छु।आमाको चित्त दुखेको हो कि? आमा किन नखानु भएको भनी सोधेनौ? ८० बर्षे बुढी आमा बिरामी पर्लिन् भन्ने डर।
श्रीमती — नरम भएर कति चोटि भनेकी हुँ।मुख फुलाएर बस्नु भा’छ। हजुरले हो आमालाई बढी पुलपुल्याएको भनिन्।
भोलिपल्ट श्रवण आमाको कोठामा खाना लिएर प्रबेस गर्छ्न् — आमा तपाईंले हिजो खाना खानु भएको छैन रे! बुहारीले हिजोराती मलाई सुनाइन् । ल खानुस्।तपाईंले नखाने हो भने म पनि खान्न भने।
आमाले– भात त्यही राख्दे ।भोक लागेपछि म आफैं खान्छु।तँलाई अफिस जान ढिलो हुन्छ।तँ खाएर जा भनिन् ।
अनेक तिगड्म लगाउदा पनि केही नलागेपछि श्रवणले चम्चामा भात लिएर आमाको अनुहारमा हेर्दै — २/३ पटक ” को खाई ?को खाई? आमाले खाई । ” भन्दै फकाउन लाग्यो। यो भनाई सुन्दा आमाको आँखा छच्लकिए । सायद उनले बच्चामा श्रवणलाई – “को खाइ? बाबू ।” भन्दै माया गरेर खुवाएको झझल्को आएर हो कि अनायासै उनको मुखले ” आँ ” गर्यो ।।
-हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्