२० असार २०८२, शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधिसहितको हवाई इन्धनगृह निर्माण

कोलोराडोखबर संवाददाता , July 4th, 2025

नेपाल । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधिसहितको हवाई इन्धनगृह (डिपो) निर्माण भएको छ ।

तीन महिनालाई इन्धन भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुसार पहिलो चरणमा नेपाल आयल निगमले सो डिपो निर्माण गरेको हो ।

निगमले ५५ वर्षपछि आफ्नै लगानी र सिपको प्रयोग गरी डिपो निर्माण गरेको हो । भ्याटबाहेक ७५ करोड रुपियाँको लागतमा तीन हजार छ सय किलोलिटर क्षमताका तीन वटा ट्याङ्कीसहित भौतिक पूर्वाधार निर्माण गरिएको निगमले जनाएको छ ।

उडान सुरक्षालाई ध्यानमा राख्दै अत्याधुनिक मापदण्ड अनुसारको नियन्त्रण कक्ष, कार्यालय, अग्नि शमन प्रणालीलगायतका पूर्वाधार निर्माण गरिएको छ ।

आगलागी भएको खण्डमा स्वचालित उपकरणबाट पानीको फोहोरा हालेर निभाउने प्रविधि यसमा जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्