२७ जेष्ठ २०८२, मंगलवार

लोकतन्त्रको उपलब्धिलाई स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरेः पोखरेल

कोलोराडोखबर संवाददाता , June 10th, 2025

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको उपलब्धिलाई स्वीकार गर्न नसक्नेले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरिरहेका बताउनुभएको छ ।

एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले प्राप्त सबै अधिकार र योगदान लोकतन्त्रका उपलब्धि हुन् भन्दै लोकतन्त्रले मध्यमवर्गको जबर्जस्ती उदय भएको बताउनुभयो ।

महासचिव पोखरेलले हालका उपलब्धि हासिल गरे पनि राजनीतिक अस्थिरताका कारण गर्नुपर्ने धेरै काम गर्न नसकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्