२३ जेष्ठ २०८२, शुक्रबार

नेपालमा सुनको मूल्य तोलाकै १ लाख ९२ हजार ७०० !

कोलोराडोखबर संवाददाता , June 4th, 2025

नेपाल । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।

सोमबारको तुलनामा मंगलबार सुन तोलामा दुई हजार ९०० र चाँदी ५५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मोल एक लाख ९२ हजार ७०० कायम भएको थियो भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ४५ निर्धारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्