नेपाल । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सामान्य सुधार देखिएको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब ६१ अर्ब तीन करोड अर्थात् ७.१ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आव २०८१–८२ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई खर्ब २२ अर्ब २१ करोड अर्थात् ४.६ प्रतिशतले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह ७.४ प्रतिशतले, विकास बैंकको ४.६ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ६.४ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्