नेपाल । आगामी बुधबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा हुने ‘एनआरएनए ग्लोबल कन्क्लेभ २०२५’ मा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको विशेष उपस्थिति रहने बताइएको छ ।
कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।
आइतबार अध्यक्ष डा. बद्री केसीले आइतवार परराष्ट्र मन्त्रालयमा भेट गरी मन्त्री देउवालाई कन्क्लेभमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएका थिए । मन्त्री देउवाले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा आफू पनि सहभागी हुने प्रयास गर्ने जानकारी दिएकी छन् ।
गैरआवासीय नेपाली संघले गृहमन्त्री रमेश लेखक, उर्जामन्त्री, पर्यटन र उद्योगमन्त्री सहितका सहकारी उच्च पदस्थहरुलाई निमन्त्रणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्