नेपाल । राष्ट्रियसभाको बिहीबारको बैठकले पाँचवटा अध्यादेश स्वीकृत गरेको छ।
प्रतिनिधिसभाबाट बुधवार पारित भएका सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ तथा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई राष्ट्रियसभाले बहुमतबाट स्वीकृत गरेको हो ।
राष्ट्रियसभाको अर्को बैठक यही फागुन २३ गते शुक्रवार दिउँसो १ः१५ बजे बस्दैछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्