नेपाल । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।
यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री दीपक खड्काले पुनः २४ घण्टे स्पष्टीकरण सोध्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
यसअघि खड्काले गत पुस २२ मा ९ बुँदे स्पष्टीकरण सोध्नु भएको थियो । घिसिङलाई २४ घण्टाभित्र जवाफ पेस गर्न पुनः निर्देशन दिइएको छ ।
सचिवालयका अनुसार प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा पनि घिसिङलाई स्पष्टीकरण दिन भनिएको छ ।
घिसिङले पुस २८ मा बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै दोस्रो पटक स्पष्टीकरण सोधिएको हो । चित्त बुझ्दो स्पष्टीकरण नदिए सरकारले घिसिङलाई बर्खास्त गर्न सक्ने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्