१५ कार्तिक २०८२, शनिबार

खेलकुद

कोलोराडो नेप्लिज युथ क्लब ‘क्रिकेट प्रतियोगिता’ मा सहभागी हुन क्यानडा प्रस्थान

कोलोराडो नेप्लिज युथ क्लब ‘क्रिकेट प्रतियोगिता’ मा सहभागी हुन क्यानडा प्रस्थान

कोलोराडो । नेप्लिज क्यानेडियन क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगितामा कोलोराडो नेप्लिज युथ क्लब (सीएनवाईसी) ले प्रतिष्पर्धा गर्ने भएको छ । यही अगस्ट ९ र १० (शनिबार र आइतबार) मा हुने उक्त प्रतियोगिताको लागि उक्त टोली क्यानडा प्रस्थान गरेको शुसिल दाहालले जानकारी दिनु भएको छ । कोलोराडो टिमको कम्तानमा सम्योग दाहाल र उपकप्तानमा निरोज दाहाल रहेका छन् भने टिमको कोचमा उत्सव पन्त रहनु भएको छ । । यसैबीच कोलोराडोमा आयोजित एक समारोहका बीच खेलाडीहरुको जर्सी लोकार्पण र सहगोगी दाताहरुलाई धन्यबाद ज्ञापन गरिएको छ । यस टिमलाई कोशेली कोलोराडो, लालीगुरास एशोसियशन, गुन्द्रुक रेष्टुरेन्ट, रोशन बोगटी, मोरगेज कन्सल्टेन्टका सन्देश पोखरेल, एसएएस होलसेल, स्टेट फार्मका कान्ती दाहाल, एनआरएनए कोलोराडो च्याप्टर र एनआरएनए एनसीसीका महासचिव आरसी पन्त रहेका छन् । उक्त अवसरमा कोशेली कोलोराडोका तर्फबाट शंकर गुरुङले खेल...
दोस्रो संस्करणको नेपाल प्रिमियर लिगका लागि खेलाडीको अक्सन सूची सार्वजनिक

दोस्रो संस्करणको नेपाल प्रिमियर लिगका लागि खेलाडीको अक्सन सूची सार्वजनिक

नेपाल । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि खेलाडीको अक्सन सूची सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार खेलाडीको सूची सार्वजनिक गरेको हो । अक्सनको अन्तिम सूचीमा एक सय ५० खेलाडी रहेका छन् । यसअघि अक्सनका लागि चार सय ५८ खेलाडीले नाम दर्ता गराएका थिए । जसबाट एनपिएलमा सहभागी आठ फेन्चाइजी टोलीले इच्छाएका र क्यानका प्राविधिक टोलीले बनाएको मापदण्डमा परेका एक सय ५० खेलाडीलाई अक्सनको अन्तिम सूचीमा समावेश गरिएको हो । क्यानले अक्सन शनिबार गर्ने जनाएको छ । अक्सनको श्रेणी ‘ए’ मा आठ जना खेलाडी छन् । श्रेणी ‘बी’ मा ३५ र श्रेणी ‘सी’ मा एक सय सात खेलाडी छन् । अक्सनमा रहेका खेलाडीबाट जम्मा ३७ खेलाडीका लागि बोली लाग्नेछ । श्रेणी ‘ए’ को सुचीमा रहने मोहम्मद आदिल आलमसहित सुनाम गौतम, सूर्य तामाङ, शरद भेषावाकर, पवन सर्राफ, देव खनाल, दीलिप नाथ र अर्जुन साउद हुनुहुन्छ । जसमा श्रे...
अस्ट्रेलियामा हुने टप एन्ड टी-२० सिरिजको लागि नेपाली क्रिकेट टोलीको घोषणा

अस्ट्रेलियामा हुने टप एन्ड टी-२० सिरिजको लागि नेपाली क्रिकेट टोलीको घोषणा

नेपाल । अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजको लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । टोलीमा यसअघि स्कटल्यान्डमा भएको त्रिदेशीय सिरिजमा रहनुभएका किरण ठगुन्ना पर्नुभएको छैन । कुशल मल्लले पुनरागमन गर्दा चाटका कारण स्कटल्यान्ड भ्रमण गुमाउनुभएका सोमपाल कामी र गुलशन झाले पनि स्थान बनाउनुभएको छ । यस सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । नेपालले स्ट्राइकसँग अगस्ट १५ तारिख खेल्दै सिरिजको सुरुवात गर्नेछ । को को परे टोलीमा ? रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र ललित राजवंशी ...
राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी रोट्रयाक वर्ष खेलाडीको रूपमा सम्मानित

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी रोट्रयाक वर्ष खेलाडीको रूपमा सम्मानित

नेपाल । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई रोट्रयाक वर्ष खेलाडीको रूपमा सम्मान गरिएको छ । रोट्रयाक क्लब अफ तिनाउ सिटी बुटवलले दशौँ पदस्थापन कार्यक्रमको अवसरमा शनिबार साँझ सोमपाललाई एक लाख रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो । सम्मानपछि क्रिकेट खेलाडी सोमपालले यस प्रकारको सम्मानले खेलाडीलाई अझ मिहिनेत गर्न प्रेरित गर्ने बताउनुभयो । क्लबले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान शक्ति गौचन, राष्ट्रिय खेलाडी कुशल मल्ल, सुशान्त भारी, कुशल भुर्तेल र करन केसीलाई सम्मान गरिसकेको छ । रोट्रयाक क्लब अफ तिनाउ सिटीका अध्यक्ष विमल ज्ञवालीले खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने खेलाडीलाई हौसला प्रदान गर्ने उद्देश्यले हरेक वर्ष एक जना खेलाडीलाई सम्मान गर्दै आएको बताउनुभयो । उहाँले खेलाडी सम्मान कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने बताउनुभयो ।...
‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । विश्व फुटबल महासंघ (फिफा) को सहयोगमा नेपालमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम बिहीबारदेखि औपचारिक रूपमा शुभारम्भ भएको हो । दशरथ रङ्गशालामा आयोजित विशेष कार्यक्रमबिच प्रधानमन्त्री ओलीले विश्व फुटबल महासङ्घ (फिफा)को सहयोगमा प्राप्त करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरण पनि गर्नुभयो । कार्यक्रमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो फुटबल रङ्गशाला निर्माण गरिने घोषणासमेत गर्नुभयो । ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमले फुटबललाई विद्यालय तहमा लैजान ठुलो भूमिका खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । फिफाले यस कार्यक्रमअन्तर्गत एन्फासँगको सहकार्यमा ७५ वटै जिल्लाका एक हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा बल उपलब्ध...
आइसीसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

आइसीसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने

नेपाल । आइसीसी टी–२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले बिहीबार छनोट खेल नेपालमा गर्ने निर्णय गरेको हो । आइसिसीले छनोटमा सहभागी टोली र समूह विभाजन पनि गरेको छ । ग्लोबल छनोट आगामी वर्ष जनवरी १२ देखि फेब्रुअरी २ तारिखसम्म नेपालमा हुनेछ । छनोट खेलमा १० टोलीबिच प्रतिस्पर्धा हुनेछ । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको शीर्ष चारमा रहने टोली विश्वकपमा छनोट हुनेछन् । आइसिसीले छनोटको खेल तालिका भने केही समयमा सार्वजनिक गर्ने जनाएको छ । टी–२० महिला विश्वकप आगामी वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुनेछ । नेपालले एसिया छनोटबाट ग्लोबल छनोटमा स्थान बनाएको हो । एसियाबाट नेपाल र थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन् । अमेरिका क्षेत्रीय छनोटबाट अमेरिकाले ग्लोबल छनोटमा स्थान बनाएको छ । बाँकी पाँच टोलीमा अफ्रिका...
महिला यु-२० एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

महिला यु-२० एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

नेपाल । भुटानमा भदौ २३ देखि २८ गतेसम्म आयोजना हुने एएफसी महिला यु–२० एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । बिदाइपछि नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले नेपालको एउटै लक्ष्य छनोट भएको बताउनुभयो । ‘‘हामीले राम्रो तयारी गरेका छौँ । हाम्रो खेलाडीमा जस्तो सुकै टोलीलाई हराउने क्षमता छ । हालै बङ्गलादेशमा भएको साफ च्याम्पियनसिपमा खेलाडीले त्यो क्षमता देखाइसकेका छन्,’’ गुरुङले भन्नुभयो । प्रशिक्षक गुरुङले भुटानमा खेल्ने खेलाडी टोलीको यसअघिनै घोषणा गर्नुभएको छ । नेपाली २३ सदस्यीय अन्तिम टोलीमा बङ्गलादेशमा सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपमा सहभागी खेलाडीलाई समावेश गरिएको छ । टोलीमा एक खेलाडीमात्र परिवर्तन गरिएको छ । यसअघि टोलीमा रहनुभएकी रक्षक झुमा विश्वकर्माको स्थानमा सजिना स्याङ्तानलाई मौका दिइएको छ । साफमा नेपाली महिला टोली उपविजेता बनेको थियो । एसियन कप छनोट खेलमा ...
ब्राजिल महिला कोपा अमेरिकाको फाइनलमा प्रवेश

ब्राजिल महिला कोपा अमेरिकाको फाइनलमा प्रवेश

अमेरिका । ब्राजिल महिला कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । इक्वेडरको रोड्रिगो पाज डेल्गाडोमा भएको दोस्रो सेमिफाइनलमा साविक विजेता ब्राजिलले उरुग्वेलाई ५–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनायो। नवौं संस्करणको महिला कोपामा ब्राजिलले ८ पटक उपाधि हात परेको छ । उसले सन् १९९१ देखि सुरु भएको कोपामा १९९८ बाहेक सबै प्रतियोगिताको विजेता हो । ब्राजिलको जितमा खेलको ११औँ मिनेटमा अमन्दा गुटरेले ११औँ मिनेटमा गोल गरिन् । त्यसको २ मिनेटपछि जियो गार्बेन्लीले गोल गर्दै अग्रता दोब्बर बनाइन् । २७औँ मिनेटमा मार्टाले पेनाल्टीबाट गोल गर्दै ब्राजिल पहिलो हाफमै ३–० ले अगाडि रह्यो । ब्राजिलकी इशा हासले ५१औँ मिनेटमा आफ्नै पोस्टमा गोल गर्दै उरुग्वेलाई एक गोल उपहार दिएकी थिइन् । खेलमा कमजोर देखिएको उरुग्वे ५८औँ मिनेटमा १० खेलाडीमा समेटियो । उरुग्वेकी यामिला मारियाना रातोकार्ड खाँदै बाहिरिन पुगिन् । ब्राजिलल...
प्रीति राई जोर्डनमा व्यावसायिक फुटबल खेल्दै

प्रीति राई जोर्डनमा व्यावसायिक फुटबल खेल्दै

नेपाल । नेपाली राष्ट्रिय महिला टोलीकी चर्चित मिडफिल्डर प्रीति राईले जोर्डनमा व्यावसायिक फुटबल खेल्ने मौका पाउनुभएको छ । प्रीतिलाई जोर्डनको अल इत्तिहाद क्लबले एएफसी च्याम्पियनसिप लिग २०२५–२०२६ को प्रारम्भिक चरणका खेल खेल्न अनुबन्ध गरेको हो । अल इत्तिहादबाट खेल्नका लागि प्रीति जोर्डन गई सक्नुभएको छ । घरेलु फुटबलमा विभागीय टोली एपिएफ क्लबाट खेल्दै आउनुभएकी प्रीतिले विदेशमा व्यावसायिक फुटबल खेल्न लागेको यो दोस्रो क्लब हो । उहाँले यसअघि भारतको किक स्टार्स फुटबल क्लबबाट इन्डियन वुमेन्स लिग खेलिसक्नुभएको छ । इत्तिहात क्लब जोर्डनको प्रो लिग खेल्ने टोली हो । यस क्लबले सन् २०२३ र २०२४ मा लगातार जोर्डनको लिग जितेको थियो ।...
अन्डर-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा

अन्डर-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा

नेपाल । भुटानको थिम्पुमा आयोजना हुने एएफसी अन्डर–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा भएको छ । एन्फाले बिर्सना चौधरीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो । छनोट प्रतियोगितामा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा छ । यस समूहमा उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन्। समूह ‘ए’का खेलहरू साउन २१ देखि २६ गतेसम्म थिम्पुमा आयोजना हुने छन् । मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हालै बंगलादेशमा सम्पन्न साफ अन्डर–२० महिला च्याम्पियनसिप खेल्ने टिममा समावेश लेफ्ट ब्याक झुमा विश्वकर्मालाई बाहिर राख्दै सजिना स्याङतानलाई टिममा सामेल गरेका छन् । सिंगल राउन्ड रोबिन फर्म्याटको यस प्रतियोगिताका ८ समूह विजेताले २०२६ मा थाइल्यान्डमा हुने एएफसी अन्डर–२० महिला एसियन कपमा स्थान बनाउने छन् । साथै तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको यात्रा तय गर्नेछन् । नेपालले छनो...