१ चैत्र २०८२, आईतवार

खेलकुद

एनपिएलमा मंगलबार पहिलो क्वालिफायर खेल सुदूरपश्चिम र विराटनगरबीच हुँदै

एनपिएलमा मंगलबार पहिलो क्वालिफायर खेल सुदूरपश्चिम र विराटनगरबीच हुँदै

नेपाल । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबार पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो । मंगलबार जित्ने टोली सिधैँ फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।...
लिग चरणको अन्तिम खेलमा कर्णालीले साविक विजेता जनकपुरलाई तीन रनले हरायो

लिग चरणको अन्तिम खेलमा कर्णालीले साविक विजेता जनकपुरलाई तीन रनले हरायो

नेपाल । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुखद अन्त्य गरेको छ । लिग चरणको अन्तिम खेलमा आइतबार कर्णालीले साविक विजेता जनकपुर बोल्ट्सलाई तीन रनले हरायो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितका लागि एक सय ३० रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा सात विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो । जनकपुरका लागि सन्जय कृष्णमूर्तिले सर्वाधिक ५१ रन बनाउनुभयो । यस्तै संगीत कोरेले २५, कप्तान जोन निकोल लफ्टी इटोनले १३ र माज सदाकतले १२ रन बनाउनुभयो । बलिङमा कर्णालीका विलियम वसिस्टोले दुई तथा मार्क वाट, पवन सरार्फ, सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिनुभयो । वसिस्टो प्लेयर अफ दि म्याच बन्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो । कर्णालीका लागि इमरन शेखले ३३ रन ब...
फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक

फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक

अमेरिका । फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक भएको छ । अमेरिकाको वाशिंगटन डीसीमा आयोजित कार्यक्रममा फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका घोषणा गरिएको हो । आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा प्रतियोगिता हुँदैछ । यसपालि पहिलो पटक प्रतियोगितामा ४८ टिमहरू सहभागी हुँदैछन् । जसलाई १२ अलग–अलग समूहमा विभाजन गरिएको छ । खेल तालिका समूह ‘ए’ : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, प्लेअफ ‘डी’ को विजेता ग्रुप ‘बी’ : क्यानडा, प्लेअफ ‘ए’ को विजेता, कतार, स्विट्जरल्यान्ड ग्रुप ‘सी’ : ब्राजिल, मोरक्को, हाइटी, स्कटल्यान्ड ग्रुप ‘डी’ : अमेरिका, पैराग्वे, अस्ट्रेलिया, प्लेअफ ‘सी’ को विजेता ग्रुप ‘ई’ : जर्मनी, कुराकाओ, आइभरी कोस्ट, इक्वाडोर ग्रुप ‘एफ’ : नेदरल्यान्ड, जापान, प्लेअफ ‘बी’ को विजेता, ट्युनिशिया ग्रुप ‘जी’ : बेल्जियम, मिस्र, इरान, न्युजिल्य...
एनपिएल अन्तर्गत आइतबार लिग चरणको अन्तिम खेल हुँदै

एनपिएल अन्तर्गत आइतबार लिग चरणको अन्तिम खेल हुँदै

नेपाल । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार लिग चरणको अन्तिम खेल हुँदैछ । अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।...
एनपिएलको प्लेअफ समीकरण पूरा, शनिबार २ खेल हुँदै

एनपिएलको प्लेअफ समीकरण पूरा, शनिबार २ खेल हुँदै

नेपाल । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबारको खेलमा जनकपुरलाई चार विकटले हराएसँगै लुम्बिनी अन्तिम टिमको रुपमा प्लेअफ प्रवेश गरेको हो । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स प्लेअफ प्रवेश गरिसकेका छन् । कीर्तिपुरस्थित मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३२ रन बनाएको बनाएको थियो। १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले चार विकेटको महत्त्वपूर्ण जित निकालेको हो । १९ ओभर एक बल खेल्दै लुम्बिनीले ६ विकेटको क्षतिमा १३६ रन बनाएको हो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाउनुभयो । डार्सी सटले ३० रन बनाउँदा जेजे स्मितले २१ रन थप्नुभयो भने निरोशन डिकवेलाले १७ रन जोड्नुभयो। जनकपुरका लागि संगीत कुरेले तीन विकेट लिँदा मयन यादवले दुई विकेट हात पार्नुभयो । सुरुमा ब्याटिङ गर...
सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश, शुक्रबार लुम्बिनी र जनकपुर खेल्दै

सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश, शुक्रबार लुम्बिनी र जनकपुर खेल्दै

नेपाल । नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गरेको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हराएको हो । छ खेलमा अपराजित सुदूरपश्चिम १२ अंकसहित क्विालिफायर प्रवेश गरेको हो । चितवनको भने प्लेअफको सम्भावना कठिन बनेको छ । ६ खेल खेल्दा चितवनले चार अंक मात्र जोडेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि क्रिस लिनले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ७५ रनमा रिटायर्ड हर्ट हुनुभयो । उहाँले ५६ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । उहाँ प्लेयर अफ द म्याच बन्नुभयो । यस्तै ओपनर विनोद भण्डारीले २३ र पुनित मेहराले १३ रन बनाउनुभ...
विराटनगर किंग्समाथि लुम्बिनीको शानदार जित, बिहीबार २ खेल हुँदै

विराटनगर किंग्समाथि लुम्बिनीको शानदार जित, बिहीबार २ खेल हुँदै

नेपाल । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार भएको खेलमा विराटनगर किंग्समाथि लुम्बिनीले शानदार जित निकालेको छ । टस जितेर सुरुमा बलिङ गरेको लुम्बिनी लायन्सले विराटनगर किङ्सले जितका लागि दिएको एक सय ४५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा १७ ओभर चार बलमा भेट्टाएको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो विराटनगरका लागि लोकेश बमले ३५ रन बनाउनुभयो । उहाँले ४२ बलमा दुई चौका र दुई छक्का हान्नुभयो । यस्तै बसिर अहमदले २८, साम हिजलेटले २७, प्रतिश जिसीले ११ र मर्सेन्ट डे लन्जले १० रन बनाउनुभयो । अन्तिममा एक बल खेल्नुभएका सन्दीप लामिछानेले एउटा छक्का हान्नुभयो । आजै पहिलो खेल खेल्नुभएका फाफ डुप्लेसी १२ रनमा आउट हुनुभयो । ओपनिङमा खेल्नुभएका डुप्लेसी खासै चल्न सक्नु...
बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुँदै

बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुँदै

नेपाल । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । खेल अपराह्न ४ः०० बजे शुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट ८ अङ्क जोडेको छ। रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा २ अंकमात्र बनाएको छ। प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई बुधबारको खेल जित्नुपर्ने दबाब छ।...
एनपीएलमा मंगलबार पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सको जित

एनपीएलमा मंगलबार पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सको जित

नेपाल । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरको समाप्तिमा १६७ रन बनाउँदा अलआउट भएको हो। कर्णालीका लागि मार्क वाटले अर्धशतक बनाउनुभयो। ३४ बलको सामना गर्दा पाँच छक्का र चार चौका प्रहार गर्नुहुँदै ५९ रन बनाउनुभयो। नजिबुल्लाह जद्रान २४, पवन सरार्फ १९, प्रियाङ्क पञ्चाल १६, कप्तान सोमपाल कामी १३ र गुल्सन झा १० रनमा आउट हुनुभयो। अन्य कुनै पनि ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। कर्णालीलाई सस्तैमा समेट्न पोखराका लागि धनन्जय लक्षन र ऋषि धवनले तीनतीन विकेट हात पार्दा किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले एकएक विकेट हात पार्नुभयो। टस जितेर कर्णालीले सुरुमा फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा २०१ रन बनाएको थिय...
एनपीएलमा मंगलबार दुई खेल हुँदै

एनपीएलमा मंगलबार दुई खेल हुँदै

नेपाल । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मङ्गलबार दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । चार खेलबाट दुई खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ ।...