कोलोराडोमा पहिलो पटक इन्टर स्टेट पुरुष भलिबल प्रतियोगिता हुँदै, तयारी शुरु
कोलोराडो (अमेरिका) । अमेरिकाको कोलोराडोमा नेपाली समुदायका बीचमा पहिलो पटक अन्तरराज्य स्तरीय (इन्टर स्टेट) पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
तमु प्ये ल्हु अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब(सीएनवाईसी) को सहआयोजकमा जुन २९ र ३० तारिखका दिन उक्त प्रतियोगिता गर्न लागिएको हो ।
अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा ल्याएर ‘सहभागिता र एकताका लागि खेलकुद’ भन्ने नाराका साथ नेपाली डायस्पोरा भित्र नेपाली युवा सहभागितालाई खेलकुदको माध्यमबाट प्रवर्द्धन र संलग्न गराउनु कार्यक्रमको उद्देश्य गरेको तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष चक्रबहादुर गुरुङले बताउनु भयो ।
उक्त प्रतियोगिताको व्यवस्थापनका लागि तीब्र रुपमा तयारी भइरहेको छ । प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरु र क्यानडासमेतबाट २०–२५ टिमको सहभागिता रहने आयोजकहरुले आंकलन गरेको एनआरएनए ...



