जनकपुरले जित्यो एनपीएलको उपाधि, सुदूरपश्चिमका कप्तान ऐरीले प्राप्त गरे कार
नेपाल । शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितको छ । जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जित हात पारेको हो ।
प्रतियोगिताको लिग चरण र क्वालिफायरमा दुई पटक सुदूरपश्चिमसँग हारेको जनकपुरले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै हारको बदला पनि लिन सफल भएको छ ।
जितका लागि १८५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरका लागि लाहिरू मिलान्थाले सर्वाधिक ८७ रन बनाए । कप्तान आशिफ शेख ३३,मोहम्मद मोहसिन ९, जेम्स निसम ४ रन र आकाश त्रिपाठी २ रनमा आउट भए। हर्ष थाकर ३० र मयन यादव २ रनमा अविजित रहे। जनकपुरले पावरप्लेमा विकेट नगुमाइ ७१ रन बनाएको थियो ।
सुदूरका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, सैफ जेव, स्कट कुग्गेलेइनले समान एक–एक विकेट लिए।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २०...




