इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सीबीचको खेल बराबरी
अमेरिका । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सिले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । चेल्सिलाई मोइसेस काइसेडोले हारबाट जोगाएका हुन् ।
ओल्ड ट्राफोर्डमा गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । अलेहान्द्रो गारान्चो र मार्कस र्यासर्फड गोल नजिक पुगेका थिए । तर सफल भएनन् ।
७० औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले डेडलक तोडे । चेल्सिका गोलकिपर रोबर्ट सान्चेजले, रास्मस होइलुन्डलाइ फाउल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ब्रुनोले गोलमा परिणत गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। तर युनाइटेडले आफ्नो अग्रता लामो समय जोगाउन भने सकेन् ।
७४ औं मिनेटमा काइसेडोले आकर्षक गोल गरेपछि चेल्सीले एक अंक लिन सफल भयो । बाँकी समयमा गारान्चो र फर्नान्डेजले पाएको मौकालाई सदुपोग गर्न सकेनन्। युनाइटेडको, प्रशिक्षक एरिक टेन हाखलाई बर्खास्त गरेपछिको यो पहिलो खेल हो ...









