नेपालद्वारा कतार आठ विकेटले पराजित
नेपाल । हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाउनुभयो। भुर्तेलले १९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ३८ रन बनाउनुभएको हो । कप्तान रोहित पौडेलले ३७ रन जोड्नुभयो । उहाँले २९ बलमा दुई चौका र एक छक्का प्रहार गर्नुभयो । आसिफ शेखले ३३ रनको योगदान दिँदा बसिर अहमदले ३० रन बनाए । नेपालले अतिरिक्त १६ रन प्राप्त गर्यो । कतारका लागि मुजीब–उर–रहमानले दुई विकेट हात पार्नुभयो ।
त्यसअघि हङकङको टिन क्वाङ रोड रिक्रिएसन रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।
कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाउनुभयो ।...





