एनपीएलमा सुदूरपश्चिम र विराटनगरको लगातार तेस्रो जीत
नेपाल । कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै बलरहरु चम्किएपछि साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपिएल० मा लगातार तेस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार साँझ भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको रोमाञ्चक जित हात पार्यो । जितसँगै सुदूरपश्चिमले तीन खेलबाट ६ अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको सुदूरपश्चिम जारी लिगमा अपराजित रहने दोस्रो टोली हो ।
लगातार तीन खेल जित्दै समान ६ अङ्क बनाएको विराटनगर किङ्सले दोस्रो स्थानमा छ । तीन खेलमा दोस्रो हार खेपेको कर्णालीको दुई अङ्क छ ।
जितका लागि एक सय ४० रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाउनुभयो । यस्तै मार्क वार्टले १७, कप्तान सोमपाल कामीले १४, गुल्शन झा र अर्जुन घर...








