२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

‘फोहरको दिगो व्यवस्थापन’, ‘सार्वजनिक यातायात’ र ‘साइकल लेन’ निर्माणमा मेयर फोरमको साझा मत

‘फोहरको दिगो व्यवस्थापन’, ‘सार्वजनिक यातायात’ र ‘साइकल लेन’ निर्माणमा मेयर फोरमको साझा मत

नेपाल । उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक एवं दिगो व्यवस्थापन अध्ययन तथा समन्वय समिति गठन गर्ने, सार्वजनिक यातायात सञ्चालनको दिगोपनाका लागि यस अघिका अध्ययन प्रतिवेदनहरुको तथ्य र शिफारिस विश्लेषण गरेर उपयुक्त ढाँचामा नेपाल सरकारसँग सहकार्य गर्ने उपत्यका मेयर्स फोरमको बैठकले निर्णय गरेको छ । फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समितिले फोहर व्यवस्थापनको विधि तथा प्रविधि अध्ययन गर्नुका अतिरिक्त सवै स्थानीय तहका बिचमा आवश्यकता अनुसार समन्वय, सहजीकरण र सामुहिक व्यवस्थापनका लागि आवश्यक काम गर्नेछ । बुधबार काठमाडौँमा फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको १३ औँ बैठकले, गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेन सम्बन्धी कानुन निर्माण गरी गुरु योजना बनाउने, पूर्वाधार निर्माण र सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ । उपत्यकाको एकी...
रास्वपाका नेता प्रणय राणा नेपाली कांग्रेसमा प्रवेश

रास्वपाका नेता प्रणय राणा नेपाली कांग्रेसमा प्रवेश

नेपाल । काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधि सभा सदस्य टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय समशेर राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी गरेका राणा यसअघिको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट रास्वपाका उम्मेदवार थिए । २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणाले ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए । रास्वपामा टिकट वितरणको पद्दतीमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्दती मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए । उनले रास्वपाले प्राइमरीका आधारमा उम्मेदवार चयन गर्ने भनेर शुल्क उठाए पनि पछि त्यसको बर्खिलाप गएर टिकट वितरण गरेको भन्दै उनले निरन्तर विरोध जनाउँदै आएका थिए । रास्वपाको स्थानीय संगठनमा बलियो पकड बनाएका राणाको रास्वप...
क्रान्तिको आधारभूमिलाई विकासको नमुना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता

क्रान्तिको आधारभूमिलाई विकासको नमुना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा जनतासँगको भेटघाट तथा अन्तरक्रियामा क्रान्तिको आधारभूमिलाई विकासको नमुना जिल्लामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उहाँले जनयुद्धकालीन स्मृतिहरू सम्झँदै रुकुम–रोल्पा आफ्नो राजनीतिक कर्मथलो रहेको बताए । संयोजक दाहालले रुकुमपूर्वलाई आफ्नो अर्को कर्मथलोका रूपमा उल्लेख गर्दै यहाँ आउँदा नयाँ ऊर्जा प्राप्त भएको बताए । जनतासँगको भेटघाटलाई उनले विजय उत्सवसँग तुलना गरे।...
रास्वपा भोट माग्न नभई काम माग्न आएको होः बालेन साह

रास्वपा भोट माग्न नभई काम माग्न आएको होः बालेन साह

नेपाल । रास्वपाका वरिष्ठ नेता बालेन साहले सुदूरपश्चिमलाई समृद्ध र आत्मनिर्भर बनाउने दाबी गरेका छन् । बुधबार धनगढीमा रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले देश बनाउने सपना पूरा गर्ने शक्ति आफ्नो पार्टीसँग मात्र रहेको बताएका हुन् । उनले आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए । रास्वपा सरकारमा गए कांग्रेस, एमाले, माओवादीलगायत सबै दलका कार्यकर्ता र सर्वसाधारण हिँड्ने बाटो बनाइने उनले दाबी गरे । नेपाललाई स्वीट्जरल्याण्ड बनाउने चर्चा चल्ने गरेको उल्लेख गर्दै उनले सुदूरपश्चिममै प्राकृतिक र पर्यटकीय सम्भावनाको खानी रहेको बताए । सुदूरपश्चिम र काठमाडौँबीच सांस्कृतिक तथा भावनात्मक एकता आवश्यक रहेको उल्लेख गर्दै उनले सुदूरपश्चिमको पहिचान राष्ट्रिय स्तरमा स्थापित हुनुपर्ने बताए । सभामा उनले रास्वपा भोट माग्न नभई काम माग्न...
नेता-कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन

नेता-कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन

नेपाल । केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित गर्दै पार्टीका उम्मेद्वार र नेता–कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नजिकिँदै जाँदा पार्टीका मूल एजेन्डा स्पष्ट रूपमा जनतासम्म पुर्याउन सक्रिय हुन आग्रह गरेका हुन् । अध्यक्ष ओलीले जनस्तरमा फैलिएका भ्रम चिर्न घर–घर पुगेर प्रत्यक्ष संवाद गर्नुपर्नेमा जोड दिए । सामाजिक सञ्जालमा देखिएजस्तो अन्य दलको पक्षमा जनमत नरहेको दाबी गर्दै प्रत्यक्ष भेटघाट र चुनावी कार्यक्रममा मतदाताबाट एमालेप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताए ।...
‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाईंदै

‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाईंदै

नेपाल । फागुन ७ गते बिहबिार ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो। २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थ...
नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा निर्वाचनको लागि प्रतिज्ञापत्र ‘भिजन टेन’ सार्वजनिक

नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा निर्वाचनको लागि प्रतिज्ञापत्र ‘भिजन टेन’ सार्वजनिक

नेपाल । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बुधबार धनुषाको जनकपुरधाममा वृहत आमसभा गर्दै कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो । कांग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ । कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गरे । नेपाली कांग्रेसको प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार–संक्षेपमा प्रस्तुत गरिएको छ । जसलाई अर्क...
निर्वाचन बिरोधी गतिविधि गर्ने ऋषि कट्टेल पक्राउ

निर्वाचन बिरोधी गतिविधि गर्ने ऋषि कट्टेल पक्राउ

नेपाल । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले बुधबार पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरिएको जानकारी दिएका छन् । हालसम्म कट्टेलसँगै निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा चार जनालाई पक्राउ गरिएको उनले बताएका छन् । नेकपा, नेकपा बहुमतलगायत केही साना दलले निर्वाचन बहिष्कार गर्दै निर्वाचन विरोधी गतिविधि गरिरहेकाले प्रहरीले उनीहरूलाई निगरानीमा राखेको छ ।...
प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्र शाहको संबोधन–सबै पक्षबीच सहमति गरेरमात्र आगामी निर्वाचन गरौं

प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्र शाहको संबोधन–सबै पक्षबीच सहमति गरेरमात्र आगामी निर्वाचन गरौं

नेपाल । पूर्वराजा ज्ञानेन्द्र शाहले पहिले सबै पक्षबीच सहमति गरेरमात्र आगामी निर्वाचन गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका छन् । राष्ट्रिय सहमति बेगर गरिएको आगामी निर्वाचनले नेपालका सबै समस्या समाधान गर्न नसक्ने उनको कथन छ। उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार जारी गरेको भिडियो सन्देशमा नेपाल अहिले इतिहासकै सबैभन्दा दर्दनाक स्थितिमा रहेको उल्लेख गरेका छन्। उनले सबै पक्षबीच सहमति गरेर चुनावमा जानु उपयुक्त हुने उल्लेख गर्दै फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सार्नुपर्ने आग्रह गरेका छन् । ८ मिनेट लामो भिडियो सन्देशमा पूर्वराजा शाहले प्रजातन्त्र स्थापनामा सघाउने राजा त्रिभुवन तथा सहिदहरूप्रति श्रद्धासुमन अर्पण गरेका थिए । सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रवर्धन गर्न उनले सबै पक्षसँग आग्रह पनि गरेका छन् ।...
निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक नगर्न सञ्चार माध्यमहरूलाई आग्रह

निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक नगर्न सञ्चार माध्यमहरूलाई आग्रह

नेपाल । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरूलाई आग्रह गरेका छन् । मंगलवार काठमाडौँमा आयोजित मतदाता शिक्षा एवं निर्वाचन प्रचार प्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय संघ, संस्था एवं कलाकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले त्यसतर्फ सञ्चार माध्यमहरूलाई सचेत गराएका हुन् । मतदातको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउने उम्मेदवारहरूलाई हतोत्साही बनाई प्रतिष्पर्धाको वातावरणलाई खलल पुर्‍याउने भएकाले निर्वाचन अघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम गर्न नहुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ । उनले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भिर बन्न पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराए । ...