२३ फाल्गुन २०८२, शनिबार

राजनीति/समाज

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सभापति थापालाई प्रधानमन्त्री उम्मेदवार प्रस्ताव गरिने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सभापति थापालाई प्रधानमन्त्री उम्मेदवार प्रस्ताव गरिने

नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै छ । कांग्रेसका सचिव प्रकाश शर्माका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुग्नुहुने छ । उपसभापति पुष्पा भुसालले सभापति गगनकुमार थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि बैठक बस्ने बताउनुभयो । उहाँका अनुसार फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव बैठकमा प्रस्तुत हुने छ । उहाँले निर्वाचन अभियानसँग सम्बन्धित समिति गठन गर्ने र समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने बताउनुभयो । यता, नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिनुभएको छ । उहाँलाई पूर्वसभापति शेरबहादुर...
रेशमलाल चौधरीको उम्मेदवारी खारेज

रेशमलाल चौधरीको उम्मेदवारी खारेज

नेपाल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । चौधरी २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । सो घटनामा आठ सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो । सर्वोच्च अदालतको फैसला अनुसार उनी आजीवन कारावासको सजाय भोगिरहेका थिए । पछि राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी जेलमुक्त भएका थिए । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेस...
उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिंदै

उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिंदै

नेपाल । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको छ । सोही दिन दिउँसो ३ बजेदेखि बिहीबार बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्त...
विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरिंदै

विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरिंदै

नेपाल । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी शुक्रबार देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ। आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्। विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची ...
परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौंः सभापति गगन थापा

परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौंः सभापति गगन थापा

नेपाल । नेपाली कांग्रेसका सभापति गगन थापाले परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । फागुन २१ को निर्वाचनका लागि उम्मेदवारी दर्तापछि सभापति थापाले पार्टीपंक्तिलाई यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘हामी परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ ।’ सभापति थापा सर्लाही ४ बाट चुनाव लड्दै छन्। उनलाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिँदै छ।...
राष्ट्रिय सभाको १८ सदस्यका लागि माघ ११ गते मतदान हुँदै, तयारी अन्तिम चरणमा

राष्ट्रिय सभाको १८ सदस्यका लागि माघ ११ गते मतदान हुँदै, तयारी अन्तिम चरणमा

नेपाल । राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ । पदावधि सकिन लागेको १९ मध्ये १८ सदस्यका लागि माघ ११ गते मतदान हुँदै छ । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले मतदानमा प्रयोग हुने मतपत्र छापेर सम्बन्धित प्रदेशमा पठाइसकिएको र सात वटै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले मतदानका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो । सात वटै प्रदेशको राजधानीमा एकै दिन मतदान हुने छ ।...
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको नामावली बिहीबार प्रकाशन हुँदै

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको नामावली बिहीबार प्रकाशन हुँदै

नेपाल । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली बिहीबार प्रकाशन हुँदैछ । मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिने कार्यतालिका थियो। उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष तीन हजार ८९, महिला ३९६ र तेस्रोलिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको छ ।...
मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा आभार व्यक्त

मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा आभार व्यक्त

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा आभार व्यक्त गर्नुभएको छ । मंगलबार सन्देश जारी गर्दै आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि अर्को महत्त्वपूर्ण कोशेढुङ्गा मनोनयन दाखिला पार गर्न सफल भएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको यहाँहरूलाई पुनः स्मरण गराउँछु, सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन, हाम्राड सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन् ।” प्रतिनिधिसभाको १६५ पदका लागि ३ हजार ४०० भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता हुनु लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण भएको उल्लेख गर्दै उहाँले नेपाली जनता ल...
१६५ सीटका लागि ३४८४ जनाको उम्मेदवारी दर्ता

१६५ सीटका लागि ३४८४ जनाको उम्मेदवारी दर्ता

नेपाल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले मनोनयन पत्र दर्ताका लागि मंगलवार दिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट २२ सय ९७ र ११ सय ८७ स्वतन्त्रतर्फ उम्मेदवारी परेको हो। फागुन २१ मा १६५ सीटका लागि निर्वाचन हुँदैछ । बुधबार बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो।...
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता, सभापति थापा काठमाडौंबाट सर्लाही ४ मा

कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता, सभापति थापा काठमाडौंबाट सर्लाही ४ मा

नेपाल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बुधबार मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ६ गते कांग्रेसका उम्मेदवारले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको पदाधिकारी सम्मिलित संसदीय बोर्डले आजैमात्र सबै निर्वाचन क्षेत्रका लागि पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लगाएको थियो । कांग्रेसले सुदूरपश्चिमका १६, कर्णालीका १२, लुम्बिनीका २६, गण्डकीका १८, बागमतीका ३३, मधेसका ३२ र कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको हो । कांग्रेस पदाधिकारीमध्ये सभापति गगनकुमार थापाले सर्लाही–४, महामन्त्री प्रदीप पौडेल काठमाडौँ–४, गुरुराज घिमिरे मोरङ–४ निर्वाचन क्षेत्रमा उम्मे...