१९ फाल्गुन २०८२, मंगलवार

राजनीति/समाज

नेकपा एमालेको सचिवालय बैठक बस्दै, के के छन् एजेण्डा ?

नेकपा एमालेको सचिवालय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौं । नेपाल कम्युनिष्ट (एमाले) को सचिवालय बैठक शनिबार बस्दैछ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।
उपनिर्वाचनका लागि रास्वपाका सातै प्रदेशमा तोकिए ‘कमाण्डर’

उपनिर्वाचनका लागि रास्वपाका सातै प्रदेशमा तोकिए ‘कमाण्डर’

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा होमिएको छ । पार्टीले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी दिनुका साथै प्राइमरी इलेक्सनको कार्यतालिका पनि फाइनल गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा हिजो बसेको बैठकले उपनिर्वाचनका सम्वन्धमा विभिन्न निर्णयहरु लिएको हो । प्रदेशगत रुपमा नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ । जसअनुसार कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले कमान्ड सम्हाल्नेछिन् । मधेसमा डा. चन्दा कार्की, बाग्मतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार कमाण्डर तोकिएका छन् । यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदरपश्चिममा विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।...
सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन

सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन

नेपाल । सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् । संयन्त्रमा केन्द्रको हकमा एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी आठ सदस्यीय संयन्त्र गठन गरिएको छ । उक्त संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल छन् । त्यस्तै कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् । यसैगरी, प्रदेशमा तीन–तीन जना रहने गरी संयन्त्र विस्तार गर्ने र जिल्लामा दुई–दुई जना रहने गरी संयन्त्र बनाइने निर्णय गरेका छन् ।...
नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई दिए बधाई

नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई दिए बधाई

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई मेन्सन गर्दै राष्ट्रपति पौडेलले ऐतिहासिक जितका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन् । त्यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जालमार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित ट्रम्प बधाई तथा सफलताको शुभकामना दिएका हुन् । राष्ट्रपति ट्रम्पको नेतृत्वमा नेपाल र अमेरिकाको सम्बन्ध थप प्रगाढ बनाउन, पारस्परिक समृद्धि र सहयोगलाई बढावा दिन तत्पर रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।...
रवि लामिछानेलाई थप अनुसन्धानका लागि १० दिन म्याद थप

रवि लामिछानेलाई थप अनुसन्धानका लागि १० दिन म्याद थप

नेपाल । सहकारीको रकम अपचलन मुद्दामा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न २५ दिनको म्याद माग गरेको थियो । सहकारीको रकम गोरखा मिडियाबाट अपचलन गरेको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। ...
नेकपा एसका अध्यक्ष माधव नेपाल भेनेजुयला प्रस्थान

नेकपा एसका अध्यक्ष माधव नेपाल भेनेजुयला प्रस्थान

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार भेनेजुयला प्रस्थान गर्नुभएको छ । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो। फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ । अध्यक्ष नेपालसँगै पार्टी सचिव शेरबहादुर कुँवर पनि हुनुहुन्छ ।...
भाइटीकाकै दिन उपप्रधानमन्त्री सिंह इजिप्टको कायरो प्रस्थान

भाइटीकाकै दिन उपप्रधानमन्त्री सिंह इजिप्टको कायरो प्रस्थान

नेपाल । भाइटीकाकै दिन आइतबार उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गर्नुभएको छ । वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह आइतबार बिहान ८ बजे कायरो प्रस्थान गर्नुभएको हो । उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको छ ।...
कम्युनिस्ट पार्टीमा बढ्दै गएको भ्रष्टीकरण प्रमुख समस्याः नेपाल

कम्युनिस्ट पार्टीमा बढ्दै गएको भ्रष्टीकरण प्रमुख समस्याः नेपाल

नेपाल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीमा बढ्दै गएको भ्रष्टीकरण प्रमुख समस्या भएको बताउनु भएको छ। गत बुधबार काठमाडौँमा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रियामा बोल्दै नेपालले भ्रष्टीकरण अन्त्य नभएसम्म समस्याको समाधान नहुने औँलाउनु भएको हो । पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएकोतर्फ उहाँले चिन्ता व्यक्त गर्नु भयो । कार्यक्रममा उनले कम्युनिस्ट पार्टी अलगअलग हुनु राम्रो होइन भन्दै एक भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । अहिले नेपालको कम्युनिस्ट पार्टीमा जडसुत्रवादी चिन्तन र दक्षिणपन्थी चिन्तन हाबी भएकाले समस्या झन् जटिल भएको उहाँको भनाइ थियो । नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ, त्यसमा बहस गर्न आवश्यक रहेको नेपालले बताउनुभयो ।...
काँग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा तीन सदस्य मनोनयन

काँग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा तीन सदस्य मनोनयन

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा तीन सदस्य मनोनयन गरेका छन् । महामन्त्री गगन थापाको संयोजकत्वमा गठित समितिमा सभापतिले तीन सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेल बताए । समितिमा केन्द्रीय सदस्य सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही मनोनीत भएका हुन् ।...
काँग्रेस उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छः गृहमन्त्री लेखक

काँग्रेस उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छः गृहमन्त्री लेखक

नेपाल । गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टी नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए । ‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’...