२२ मंसिर २०८१, शनिबार

नेकपा एसका अध्यक्ष माधव नेपाल भेनेजुयला प्रस्थान

कोलोराडोखबर संवाददाता , November 3rd, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार भेनेजुयला प्रस्थान गर्नुभएको छ ।

भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो।

फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

अध्यक्ष नेपालसँगै पार्टी सचिव शेरबहादुर कुँवर पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्