२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति भएको छः देउवा

राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति भएको छः देउवा

नेपाल । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र हितका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् । गत सोमबारदेखि डडेल्धुरा जिल्ला भ्रमणमा रहेका उनले शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति भएको खुलासा गरे । उनले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्न दुई दल तयार रहेको र अरू दलहरूलाई पनि समेटिने बताए ।...
तीन दिन रुपन्देहीमा राखेर रविलाई पुनः पोखरा फर्काइयो

तीन दिन रुपन्देहीमा राखेर रविलाई पुनः पोखरा फर्काइयो

नेपाल । रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति रवि लामिछानेलाई पुनः पोखरा लगिएको छ । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको उनीमाथि आरोप थियो । विभिन्न सहकारी ठगी प्रकरणमा जोडिएको आरोपमा रविलाई कात्तिक २ गते पक्राउ गरी पोखरा लगिएको छ । उनी एक महिनादेखि प्रहरी हिरासतमा छन् ।...
अजरबैजानबाट राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

अजरबैजानबाट राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

नेपाल । अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२९ मा सहभागी भएर राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार नेपाल आइपुगेका छन् । अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही कात्तिक २५ गते बाकु प्रस्थान गरेको थियो । राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ एवं सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए । यही कात्तिक २६ गते शुरु भएको कोप–२९ आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ ।...
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने रास्वपाको तयारी

प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने रास्वपाको तयारी

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । प्रधानमन्त्रीले समय दिएलगत्तै सांसदहरुले भेटेर ज्ञापनपत्र बुझाउने पार्टीको तयारी छ । प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रमा सभापति लामिछानेको विषयमा केन्द्रित हुने एक सांसदले बताए । रास्वपाले सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रतिशोध राखेर पक्राउ गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्दै आइरहेको छ ।...
१०औँ महाधिवेशनपछि पार्टीको गति बढेको छः अध्यक्ष नेपाल

१०औँ महाधिवेशनपछि पार्टीको गति बढेको छः अध्यक्ष नेपाल

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको दसौँ महाधिवेशनपछि पार्टीको गति बढेको बताउनु भएको छ । बिहीबार काठमाडौँमा नेपाल नेवाः राष्ट्रिय सङ्घ (समाजवादी) ले प्रकाशित गरेको नेपाल संवत ११४५ को क्यालेन्डर विमोचन कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिक पार्टीहरूले जनतामा आशा जगाउनुपर्ने भन्दै त्यो काम आफ्नो पार्टीले गरिरहेको दाबी गर्नुभयो । अध्यक्ष नेपालले पार्टीको दशौँ महाधिवेशनपछि कोशी प्रदेशले उदयपुरमा, रौतहतमा, धनुसामा वृहत कार्यक्रम गरेको स्मरण गर्दै पार्टीको गती थप बढेको बताउनुभयो । उहाँले नेपालको परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अध्यक्ष नेपालले ओलीले गणतन्त्र ल्याउने र राजतन्त्र हटाउने सवालमा उत्साह बढाउने नभई घटाउने काम गरेको बताउनुभयो । ...
आफू सामाजिक न्यायसहितको लोकतन्त्रको पक्षमाः झाँक्री

आफू सामाजिक न्यायसहितको लोकतन्त्रको पक्षमाः झाँक्री

नेपाल । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफू सामाजिक न्यायसहितको लोकतन्त्रको पक्षमा रहेको बताउनु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले उक्त कुरा बताउनु भएको हो । नेता झाँक्रीले अगाडि भन्नुभयो, ‘हामीले भन्न खोजेको लोकतन्त्र समाजवादसँग जोडिएको छ । लोकतन्त्रलाई हाम्रो अवस्थासँग जोडेर हेर्नुपर्छ । विश्व परिस्थितिसँग जोडेर हेर्नुपर्छ । लोकतन्त्रले जनताको जीवनसँग आर्थिक अवस्थासँग जोडिनुपर्छ। जनताको जीवन र आर्थिक अवस्थासँग जोडेर हेर्न सकिएन भने त्यो लोकतन्त्र नहुनसक्छ। लोकतन्त्रवादी भन्न सकिएला । तर, कस्तो खालको लोकतन्त्र भन्ने कुराले अर्थ राख्छ ।’...
रास्वपाका उम्मेदवारलाई औपचारिक पत्र दिने अधिकार बुर्लाकोटीलाई

रास्वपाका उम्मेदवारलाई औपचारिक पत्र दिने अधिकार बुर्लाकोटीलाई

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरेको छ । यसअघि पार्टी सचिवालयको बैठकले पार्टीको तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको थियो।...
बागमती प्रदेश सरकारद्वारा १०० दिनको उपलब्धी सार्वजनिक

बागमती प्रदेश सरकारद्वारा १०० दिनको उपलब्धी सार्वजनिक

नेपाल (हेटौंडा) । बागमती प्रदेश सरकारले बुधबार एक सय दिनका गतिबिधि सार्वजनिक गरेको छ । एक सय दिनको अवधिमा केही महत्वपूर्ण काम गरेको भनियपनि त्यस्ता कामहरु भएको खासै देखिएको छैन । प्रदेश सरकारले नियमित कामलाई उपलब्धीका रुपमा ग्रहण गरेको छ । प्रदेश सरकारले गत असोज महिनामा आएको बाढी पहिरोका कारण भएको क्षति न्यूनिकरणमा काम गरेपनि अरु भने नियुक्ती लगायतका कामलाई आफ्नो उपलब्धीका रुपमा सार्वजनिक गरेको छ । मुख्यमन्त्री बहादुर सिंह लामा सहित प्रदेश सरकारका मन्त्रीहरु र सचिबहरु सहितको पत्रकार सम्मेलनमा प्रदेश सरकारले एक सय दिन सम्म भएका कामको विवरण आज सार्वजनिक गरेको हो । यो अवधिमा प्रदेश सरकारलाई संस्थागत रुपमा सुदृढ गर्न तीन वटा ऐन जारीभएको, बागमती प्रदेश सरकारको दोस्रो आवधिक योजना कार्यान्वयनमा ल्याइएको, भौतिक पूर्वाधार विकास कार्यलाई प्रभावकारी बनाइएकोलगायतका प्रगति सार्वजनिक गरिएको छ । प्र...
सत्तारुढ एमालले मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

सत्तारुढ एमालले मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

नेपाल । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टीले काठमाडौंमा हुने उक्त जागरण सभाको तयारी थालेको छ । हालै बसेको सचिवालयको बैठकको निर्णय अनुसार एमालेले शक्ति प्रदर्शन गर्न लागेको हो । मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानूनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ गर्न लागिएको जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुर्याउने उद्देश्य लिएको छ ।...
प्रदेश सांसद गौचनको हृदयघातका कारण निधन

प्रदेश सांसद गौचनको हृदयघातका कारण निधन

नेपाल । गण्डकी प्रदेशकी सांसद विमला गौचनको हृदयघातका कारण निधन भएको छ । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन्। डेंगु संक्रम भएपछि काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी उनलाई गएराति १२ बजे हृदयाघात भएको थियो । उनको केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो ।...