२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

स्थानीय तह उपनिर्वाचनमा ४२ पदका लागि ४०७ जनाको मनोयनपत्र दर्ता

स्थानीय तह उपनिर्वाचनमा ४२ पदका लागि ४०७ जनाको मनोयनपत्र दर्ता

नेपाल । आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चारसय सात जनाको मनोयनपत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त जम्मा आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, दुईसय ९३ पुरूष र एक अन्य गरी जम्मा तीनसय २३ जनाको मनोयनपत्र दर्ता भएको हो । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।...
रविको पक्राउ बिरुद्ध मंसिर ८ देखि रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने

रविको पक्राउ बिरुद्ध मंसिर ८ देखि रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आइतवार वनस्थलीस्थित घण्टीघरमा पत्रकार सम्मेलन गरी रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने दबावसहितको दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । हिरासतभित्रै राखेर अनुसन्धान गर्ने कानुनी व्यवस्था हटाउनुपर्ने, विगत दुई दशकयताका उच्च ओहदाका भ्रष्टाचारीहरूको न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा न्यायिक छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्नुपर्ने सरकारसँग माग गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिएको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिए। यसैगरी बैठकले जोखिममा परेका सहकारी संस्थाहरूबाट बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अविलम्ब शुरु गर्न पनि माग गरेको छ। अधिकार सम्पन्...
स्थानीय तह उपनिर्वाचनको तयारीबारे माओवादी केन्द्र छलफल गर्दै

स्थानीय तह उपनिर्वाचनको तयारीबारे माओवादी केन्द्र छलफल गर्दै

नेपाल । स्थानीय तह उपनिर्वाचनको तयारी बारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ। विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो ।...
रविबिरुद्ध काठमाडौंमा पनि पक्राउ पूर्जी जारी

रविबिरुद्ध काठमाडौंमा पनि पक्राउ पूर्जी जारी

नेपाल । कात्तिक २ गतेदेखि पोखरामा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेबिरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी मुद्दामा लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंबाट पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पुर्जी जारी हुने २२ मध्ये रविसँगै पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि छन् । काठमाडौंमा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएपछि छानबिनका क्रममा लामिछाने, जोशी संलग्न गोर्खा मिडिया प्रालिमा रकम प्रवाह भएको पाइएको छ । काठमाडौं महानगरपालिकाको छानबिन प्रतिवेदनका आधारमा उक्त घोटाला प्रकरणमा रवि र छविको संलग्नता देखिएको हो । लामिछाने बिरुद्ध रुपन्देहीमा पनि यसअघि नै पक्राउ पूर्जी जारी भइसकेको छ ।...
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

नेपाल । आइतबार पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनी कलेजोसम्बन्धी समस्याबाट पीडित थिए । ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए । उनको सोमबार अन्त्यष्टी गरिंदैछ ।...
अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक छः प्रचण्ड

अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक छः प्रचण्ड

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारविरुद्ध नयाँ समाजवादी आन्दोलन सुरुआत गर्न आवश्यक रहेको बताउनुभयो। सोमत घिमिरेद्वारा लिखित ‘सामुदायिक समाजवाद’ पुस्तक सार्वजनिक गर्नुहुँदै अध्यक्ष दाहालले समाजवाद जबर्जस्ती थोपरेर आउने कुरा नभएको सुनाउनुभयो । कुनै पार्टीका दस्तावेजमा लेखेर या अरु देशको नक्कल गरेर वास्तविक समाजवादको मर्म पूरा नहुने उहाँको भनाइ थियो। ...
कम्युनिष्ट पार्टीहरुबीचको एकता र सहकार्यमा नेपालको जोड

कम्युनिष्ट पार्टीहरुबीचको एकता र सहकार्यमा नेपालको जोड

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन कम्युनिष्ट पार्टीहरुबीचको एकता र सहकार्यमा जोड दिनुभएको छ । अक्टोबर क्रान्ति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) को अन्तर्राष्ट्रिय विभागले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता र सहकार्यले मात्रै नयाँ समाज निर्माण गर्न र मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन सहज हुने बताउनु भएको हो । नेपाललाई कम्युनिष्टहरुको उर्वरभूमिका रुपमा लिनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष नेपालले विश्वभरका कम्युनिष्ट पार्टीसँग सम्बन्ध राख्दै नेकपा (एकीकृत समाजवादी) अघि बढिरहेको जानकारी दिनुभयो । नेपालमा कम्युनिष्ट आन्दोलनको लामो इतिहास रहेको भन्दै उनले यसलाई थप बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनाल, र...
आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न गगन थापाको आग्रह

आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न गगन थापाको आग्रह

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पार्टीभित्र थुप्रिएको फोहर सफा गर्ने बेला भएको बताएका छन् । जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालय बिपी अध्ययन केन्द्र भवनको उद्घाटन तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र सिन्धुपाल्चोकका पूर्वसभापतिद्वय स्व. रोहिणीराज सिग्देल र स्व. विकास लामाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त धारणा राखेका हुन् । थापाले सबै नेता तथा कार्यकर्ताहरूलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रहसमेत गरे । उनले हरेक गाउँ टोलसम्मै पार्टीभित्र चरम गुटबन्दी रहेको बताउँदै गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जाने निश्चित रहेको बताए । महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीले जीविकोपार्जन मात्रै भइरहेको बताउँदै कृषि क्ष...
मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता

मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता

नेपाल । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ। ...
रास्वपाका पदाधिकारी, सांसद र नेताहरु बिरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

रास्वपाका पदाधिकारी, सांसद र नेताहरु बिरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी, २० सांसद र नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । यो मुद्दाको पेसी मंसिर ३ गतेका लागि तोकिएको छ । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको अदालतको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मंसिर ३ गते प्रारम्भिक सुनुवाइका लागि पेसी तोकेको हो । साथै रिटमा रास्वपा सभापति रवि लामिछाने अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र आम जनतालाई उतारेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै हदसम्मको सजाय गर्न माग गरेका छन् ।...