२२ फाल्गुन २०८२, शुक्रबार

राजनीति/समाज

रविलाई कास्कीबाट काठमाडौं हुँदै वीरगञ्ज पुर्याइयो

रविलाई कास्कीबाट काठमाडौं हुँदै वीरगञ्ज पुर्याइयो

नेपाल । रास्वपा सभापति रवि लामिछानेलाई कास्कीबाट काठमाडौं हुँदै पर्साको वीरगञ्ज लगिएको छ । रविलाई काठमाडौंबाट विमानमा सिमरा पुर्याउँदा समर्थकहरुले चर्को नाराबाजी गरे ‌। वीरगञ्ज प्रहरी कार्यालयमै चिकित्सक बोलाएर रविको स्वास्थ्य परीक्षण गराइएको छ । चिकित्सकले रविको ब्लड प्रेसर उच्च देखिएको बताएका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई कात्तिक २ गते पक्राउ गरिएको थियो ।...
पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सर्वोच्चबाट सदर

पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सर्वोच्चबाट सदर

नेपाल । सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर गर्न आदेश दिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले कानुनबमोजिम गर्न आदेश जारी गरेको हो । १० मंसिरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो । अधिकारीलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने त्रिपाठीको माग थियो । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए । उनले असम्बन्धित व्यक्तिलाई आफूसँगै कार्यक्रममा लगेको आरोप लागेको थियो ।...
रवि लामिछाने थप ४ दिन हिरासतमा !

रवि लामिछाने थप ४ दिन हिरासतमा !

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपिएको छ। आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सरकारी गठी प्रकरणमा रवि कात्तिक २ गते पक्राउ परेका हुन् ।...
बीआरआई परियोजनामा सम्झौता गर्नु सुखद्ः झलनाथ

बीआरआई परियोजनामा सम्झौता गर्नु सुखद्ः झलनाथ

नेपाल । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेशफिर्ता हुनुभएको छ । नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बीआरआई) सम्झौता गर्नु नै थियो भने यति धेरै नाटक किन गरेको भन्दै सरकारलाई प्रश्नसमेत गर्नुभएको छ । खनालले नेपालको तयारी नपुगेपनि अन्तिममा बीआरआई परियोजनामा सम्झौता गर्नु सुखद् रहेको बताउनुभयो ।...
सार्वजनिक सम्पत्ति अपचलन गर्ने जुनसुकै पार्टीको भए पनि छुट हुँदैनः गगन

सार्वजनिक सम्पत्ति अपचलन गर्ने जुनसुकै पार्टीको भए पनि छुट हुँदैनः गगन

नेपाल । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी लगायतका सार्वजनिक सम्पत्ति अपचलन गर्ने जुनसुकै पार्टीको भए पनि छुट नहुने बताएका छन् । शनिवार विराटनगरमा नेपाली काँग्रेसको कोशी प्रदेश सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अर्को प्रसंगमा उनले पार्टीले गरेका काम जनतासँग लगेर समुदायसँग जोड्नुपर्नेमा जोड दिँदै उनले नागरिकको मन जित्न सके २०८४ को निर्वाचनमा आफ्नै पोल्टामा आउने दाबी गरे । पार्टीभित्र एकता अपरिहार्य रहेको बताउँदै उनले सबैलाई मिलाएर लानुपर्ने बताए । ...
चीन भ्रमणको उपलब्धीबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

चीन भ्रमणको उपलब्धीबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

नेपाल । मंगलबार सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । २५ गते पार्टी कार्यालय च्यासलमा अपराह्न ४ बजे बस्ने गरि बैठक बोलाइएको हो । बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, स्थानीय तहको उपनिर्वाचानको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक कार्यक्रमबारे छलफल गर्नको लागि बैठक बस्न लागेको बुझिएको छ ।...
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाल । नेपाली कांग्रेसले सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मंसिर २४ गते बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतको विषयमा छलफल हुने जनाइएको छ।...
नेकपा एसका सम्मानित नेता खनाल र चीनका उपप्रधानमन्त्री दिङबीच भेटवार्ता

नेकपा एसका सम्मानित नेता खनाल र चीनका उपप्रधानमन्त्री दिङबीच भेटवार्ता

नेपाल । चीन भ्रमणममा रहनुभएका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङसँग भेटवार्ता गर्नुभएको छ । बेइजिङ स्थित ग्रेट हल अफ द पिपलमा हिजो भएको उक्त छलफल तथा भेटवार्ता कार्यक्रममा व्यापक सुधार र खुला समाजवादी आधुनिकरणको सन्दर्भमा छलफल भएको सम्मानित नेता खनालको निजी सचिवालयले जानकारी दिएको छ । उक्त छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलियालगायत देशका पूर्व प्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका वरिष्ठ नेताहरू सहभागी हुनुहुन्थ्यो । छलफलमा पूर्व प्रधानमन्त्री खनालले उपप्रधानमन्त्री दिङ छुएश्याङसँग बेल्ट एन रोड इनिसिएटिभ (विआरआई) को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबीच रेलवे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल गर्नुभयो ।...
रविलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति रास्वपाको आपत्ति

रविलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति रास्वपाको आपत्ति

नेपाल। राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति जनाएको छ । प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको घटनाप्रति चर्को असन्तुष्टि जनाएका हुन् । यो घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएको रास्वपाको दाबी छ । ...
चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओलीद्वारा १४ बुँदे प्रेस नोट जारी

चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओलीद्वारा १४ बुँदे प्रेस नोट जारी

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे १४ बुँदे प्रेस नोट जारी गर्नुभएको छ । बिहीबार चीन भ्रमणबाट फर्किएपछि उनले १४ बुँदे प्रेस नोट जारी गर्नुभएको हो । चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा मंसिर १७ गते चीन प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली बिहीबार स्वदेश फर्किनुभएको हो । स्वदेश फर्किएपछि १४ बुँदे प्रेस नोट जारी गर्दै उहाँले भ्रमणको बारेमा जानकारी गराउनु भएको छ । सञ्चारकर्मी मित्रहरू, १. मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री (Premier of the State Council) महामहिम लि छियाङ (H.E. Li Qiang) को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी मैले २०८१ मङ्‌सिर १७ देखि २० (तदनुसार सन् २०२४ डिसेम्बर २-५) सम्म चीनको ४ दिने‍ औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएको छु। २. मेरो यस भ्रमण र प्राप्त उपलब्धिहरूका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास...