२२ फाल्गुन २०८२, शुक्रबार

राजनीति/समाज

एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै

एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै

नेपाल । माघ शुक्ल पूर्णिमाका दिन आइतबार एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एकमहिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामन...
पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको छः सभापति थापा

पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको छः सभापति थापा

नेपाल । कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग आफू निरन्तर संवादमा रहेको बताएका छन् । शुक्रबार धनुषा–४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । सभापति थापाले अहिले नेताहरूबीच मतभेद नभएको भन्दै पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका छन् । उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन देश चलाउने कार्यशैलीविरुद्ध भएको उल्लेख गर्दै अहिले कांग्रेस बद्लियर आएको पनि बताएका छन् ।...
रास्वपाले उम्मेदवार खगेन्द्र सुनारसँग सोध्यो स्पष्टीकरण

रास्वपाले उम्मेदवार खगेन्द्र सुनारसँग सोध्यो स्पष्टीकरण

नेपाल । विवादास्पद अभिव्यक्ति दिएका रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका खगेन्द्र सुनारसँग पार्टीले स्पष्टीकरण सोधेको छ । रास्वपाले उम्मेदवार सुनारलाई भविष्यमा अभिव्यक्ति र व्यवहारमा थप संयम र मर्यादा अपनाउन निर्देशन पनि दिएको छ । सुनारले पार्टीमा आबद्ध हुनुअघि दिएका केही अभिव्यक्तिका कारण समाजमा भ्रम र धार्मिक–सांस्कृतिक भावनामा ठेस पुगेको भन्दै उनले सार्वजनिक रूपमा क्षमायाचना गरिसकेको रास्वापाको भनाई छ । ...
निर्वाचन भाँड्न केही तत्त्व अझै सक्रियः प्रचण्ड

निर्वाचन भाँड्न केही तत्त्व अझै सक्रियः प्रचण्ड

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा हुने निर्वाचनमा आफूहरूको पार्टी पहिलो बन्ने दाबी गरेका छन् । शुक्रवार काठमाडौँमा आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले प्रत्यक्षतर्फ आफूहरू पहिलो पार्टी बन्ने दाबी गरेका हुन्। स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भएमा तथा सेना, प्रहरी र सशस्त्र प्रहरीले निष्ठापूर्वक काम गरेमा प्रत्यक्षतर्फ आफूहरू पहिलो हुने उनको दाबी छ । उनले समानुपातिकतर्फ भने नयाँ भनिनेहरूको हावा चलेकाले केही कमजोर हुने बताए । प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा नेपाली कम्युनिष्ट पार्टी पहिलो दल बन्ने सम्भावना रहेको उनले बताए । यद्यपि निर्वाचन भाँड्न केही तत्त्व अझै सक्रिय रहेको उनको भनाइ छ। प्रचण्डले निर्वाचनबारे जनमानसमा अझै केही आशंका रहेको बताए। उनले देश निर्वाचनमय भइसकेकाले संसद् पुनःस्थापना हुने सम्भाव...
मकवानपुरका दुबै क्षेत्रमा काँग्रेसका उम्मेदवारहरु उत्साहित, जित हासिल गर्नेमा ढुक्क

मकवानपुरका दुबै क्षेत्रमा काँग्रेसका उम्मेदवारहरु उत्साहित, जित हासिल गर्नेमा ढुक्क

नेपाल । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा चुनावको सरगर्मी बढ्दै गएको छ । अहिले विभिन्न दल र उम्मेदवारहरुको चुनावी अभियान चलिरहेको छ । यसैक्रममा मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार महालक्ष्मी डीना उपाध्याय र क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामा (ब्लोन) ले आफ्नो चुनावी अभियानलाई तीब्र बनाएका छन् । काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका दुबै क्षेत्रका उम्मेदवारको संयुक्त चुनाव अभियान सकेर अब दुबै उम्मेदवार आ–आफ्नो क्षेत्रमा केन्द्रित भएका छन् । हालका बागमति प्रदेशका मुख्यमन्त्री इन्द्रबदादुर बानियाँले विगतमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको चुनाव जितेका छन्, उनै बानियाँले २ पटक प्रदेशसभा सदस्यको चुनाव जितेर हाल मुख्यमन्त्री समेत रहेका छन् । प्रतिनिधि सभाको चुनावमा अरु काँग्रेसका उम्मेदवारले जीत हासिल गर्न नसकेको अवस्थामा अहिले पार्टीका नेता कार्य...
शहीद सप्ताहको अन्तिम दिन माघ १६ गते शहीद दिवस मनाईंदै

शहीद सप्ताहको अन्तिम दिन माघ १६ गते शहीद दिवस मनाईंदै

नेपाल । प्रजातन्त्रका लागि प्राण आहुित दिने शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै यो वर्ष पनि शुक्रबार शहीद दिवस मनाइँदैछ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन शहीद दिवस मनाइन्छ । कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार शहीदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन शुरु गरिएको हो। विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवती घोडेनागस्थित भचाखुसीमा मृत्युदण्ड दिइएको थियो। क्रान्तिमा नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाएको अभियोगमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडेर वन्दी बनाइएको थियो। यो घटनापछि कारागारमै शहीद द...
प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

नेपाल । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । त्यसैगरी, उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रष्ट पारेको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुनेछ । आयोगका अनुसार कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्...
मतदातासँग सिधै सम्पर्कमा रहेर विकास निर्माणका काममा सक्रिय हुने गगन थापाको प्रतिबद्धता

मतदातासँग सिधै सम्पर्कमा रहेर विकास निर्माणका काममा सक्रिय हुने गगन थापाको प्रतिबद्धता

नेपाल । नेपाली काँग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्ना मतदातासँग निर्वाचित सांसद प्रत्यक्षरुपमा जोडिनुपर्ने बताएका छन् । थापाले निर्वाचन क्षेत्रभित्र भएका छलफल र अन्तरक्रियाबाट प्राप्त सुझाव, अपेक्षा र मागलाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । सर्लाहीवासीको आग्रह र समर्थनका आधारमा यहाँ उम्मेदवारी दिएको उल्लेख गर्दै उनले जनताको विश्वास र साथ प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्। मधेस प्रदेश अन्तर्गत सर्लाही ४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेशसम्बन्धी कार्यक्रममा व्यस्त रहेका सभापति थापाले बुधबार धनकौलमा आयोजित कार्यक्रममा सांसद कार्यालय स्थापना गरी आफ्ना मतदातासँग सिधै सम्पर्कमा रहेर विकास निर्माणलगायतका काममा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा भएका भेटघाट तथा छलफलका क्रममा प्राप्त राय, स...
केपी ओलीले सामाजिक सञ्जालमा लेखे-‘गोली चलाउने आदेश दिएको होइन’

केपी ओलीले सामाजिक सञ्जालमा लेखे-‘गोली चलाउने आदेश दिएको होइन’

नेपाल । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते भएको दुःखद् घटनामा प्रधानमन्त्रीका हैसियतमा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पार्नुभएको छ । उहाँले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गर्दै आफूले त्यस्तो आदेश कहिल्यै नदिएको प्रष्ट पार्नुभएको हो । घटनाबारे सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले घटनापछि तत्काल पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको बताउनुभयो । घटनामा ज्यान गुमाएका १९ जना नानी–बाबुहरूप्रति अध्यक्ष ओलीले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। उहाँले उक्त घटना आफ्नो लागि गहिरो पीडाको विषय बनेको बताउनुभएको छ । प्रिय भाइबहिनीहरु ! केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ; मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्त...
मुटुको समस्या देखिएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

मुटुको समस्या देखिएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ । मुटुको समस्या देखिएपछि बिहीबार उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उहाँलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू अस्पताल पुग्नुभएको छ ।...