२० फाल्गुन २०८२, बुधबार

राजनीति/समाज

कांग्रेस नेता शेखर कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच बेलायतमा भेटवार्ता

कांग्रेस नेता शेखर कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच बेलायतमा भेटवार्ता

अमेरिका । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका अनमिनका नेपाल प्रमुख इयान मार्टिनबीच भेटवार्ता भएको छ । बेलायतको भ्रमणमा रहनुभएका डा कोइराला र मार्टिनबीच नेपालको शान्ति प्रक्रियाका विविध विषयमा छलफल भएको थियो । भेटमा मार्टिनले अहिलेसम्म पनि नेपालको शान्ति प्रक्रिया नटुङ्गिएकाले यसलाई चाँडोभन्दा चाँडो टङु्गोमा पुर्याउन सुझाव दिनुभएको थियो । नेता कोइरालाको निजी सचिवालयका अनुसार उहाँले शान्ति प्रक्रियाका कुरालाई लामो समयसम्म राख्न नहुने बताउनुभएको थियो । तत्कालीन समयमा विद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकाले सङ्क्रमणकालीन न्यायलाई चाँडो टुङ्ग्याउन मार्टिनले डा कोइरालालाई आग्रह गर्नुभएको थियो ।...
हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारको पहल तीब्र

हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारको पहल तीब्र

नेपाल । इजरायल र प्यालेस्टाइनबिच युद्धविराम तथा बन्धकमुक्त गर्ने सम्झौताको अन्तिम तयारी चल्दै गर्दा हमास समूहले नियन्त्रणमा लिएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले पहल तीव्र पारेको छ । सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल तीव्र पारेको हो । अबको केही दिनभित्रै युद्धविराम सम्झौता हुने कार्य अन्तिम चरणमा पुगेको शक्ति राष्ट्र अमेरिका र मध्यस्थकर्ता मुलुकले जनाएका छन् । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये करिब ३४ जनालाई मुक्त गर्ने पुष्टि भएसँगै परराष्ट्रमन्त्री डा. आरजु राणाले कूटनीतिक पहललाई थप तीव्रता दिनुभएको छ । परराष्ट्रमन्त्री राणाले हमाससँग सम्पर्कमा रहेका तथा युद्धविरामका लागि मध्यस्थता गरिरहेका मुलुकका उच्च अधिकारी तथा कूटनीतिज्ञहरूलाई जोशीको रिहाइका लागि थप पहल गरिदिन अपिल गरिरहनुभएको छ ।...
नेपालको राजनीतिमा थुप्रै विकृति र विसङ्गति देखा परेः माधव नेपाल

नेपालको राजनीतिमा थुप्रै विकृति र विसङ्गति देखा परेः माधव नेपाल

नेपाल । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको नेपालको राजनीतिमा थुप्रै विकृति र विसङ्गति देखा परेको बताउनु भएको छ। ४१औँ पिस्कर स्मृति दिवसका अवसरमा मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा विकृति विसङ्गतिहरू देखा परेको बताउनु भएको हो । गुर्भाचोभ र यत्सिन पनि कम्युनिस्ट भए पनि उनीहरूले कम्युनिस्टहरू सिध्याएको उदाहरण दिँदै उहाँले कम्युनिस्टका नाममा गैर कम्युनिस्ट काम भइरहेको बताउनुभयो । राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने नेपालको भनाइ छ । ...
तराई-मधेस केन्द्रित दलहरूको पनि मोर्चा गठन हुने

तराई-मधेस केन्द्रित दलहरूको पनि मोर्चा गठन हुने

नेपाल । तराई–मधेस केन्द्रित दलहरूबीच मोर्चा गठन गर्ने बारेमा प्रारम्भिक छलफल शुरू भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्नेदेखि संसद बाहिर रहेका तराई मधेस केन्द्रित दलले मोर्चा गठनका लागि प्रारम्भिक छलफल सुरू गरेका हुन् । मोर्चा गठनका बारेमा छलफल गर्नका लागि राजधानीमा बैठक बसेको छ । सो बैठकमा हृदयेश त्रिपाठी, शिवजीराय यादव, केशव झा, रेणु यादव, ईश्वरदयाल मिश्र, शरदसिंह यादव, भरत थापा, मोहम्मद साबिर हुसैन, अनिल महासेठ, बृजकिशोर सिंह, मनिष मिश्रलगायत उपस्थित भएका छन् । ...
ओली नेतृत्वको वर्तमान सरकारलाई ढाल्नै पर्दैन, आफैँ ढल्छः प्रचण्ड

ओली नेतृत्वको वर्तमान सरकारलाई ढाल्नै पर्दैन, आफैँ ढल्छः प्रचण्ड

नेपाल । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफैँ ढल्ने बताएका छन् । सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले ओली नेतृत्वको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक भनेर आफूले आलोचना गर्दै आएको दोहोर्याए । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासनको काममा लागिरहेका बेला भ्रष्टाचारीलाई बचाउन रातारात सदनका दुई ठुला दल मिलेर सरकार गठन गरिएको पनि आरोप लगाए ।...
सकिएन थुनछेक बहस, काठमाडौं प्रहरीको हिरासतमै रवि लामिछाने

सकिएन थुनछेक बहस, काठमाडौं प्रहरीको हिरासतमै रवि लामिछाने

नेपाल । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने कम्तिमा थप दुई दिन न्यायिक हिरासतमा रहेको भएका छन् । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि अब बुधबार हुनेगरी सकिएको छ । त्यसकारण लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् । मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदाका कारण थुनछेक बहस नहुने भएको हो । लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । ...
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेमा

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेमा

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । सोमवारका लागि तय भएको पदाधिकारी बैठक स्थगित गरी अध्यक्ष प्रचण्ड सुकुटे पुगेका हुन् । सो क्रममा सिन्धुपाल्चोक पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका थिए । साथै मंगलबार हुन गइरहेको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता उद्घाटन गर्ने उनको सचिवालयले जनाएको छ । प्रचण्ड बेलाबेलामा फ्रेस हुन पनि सुकुटे पुग्ने गरेका थिए । बिच भलिवल प्रतियोगिताको उद्घाटन गरेर मंगलबारनै काठमाडौँ फर्किने जनाइएको छ ।...
मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा अध्यादेश जारी

मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा अध्यादेश जारी

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’ जारी गर्नुभएको हो । यसैगरी, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ पनि राष्ट्रपति पौडेलले जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...
राजनीतिमा लोभ पलायो भने व्यक्तिसँगै पार्टीलाई कमजोर बनाउँछः डा. शंशाक

राजनीतिमा लोभ पलायो भने व्यक्तिसँगै पार्टीलाई कमजोर बनाउँछः डा. शंशाक

दाङ । नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा. शंशाक कोइरालाले राजनीति गर्नेले पदको लोभ गर्नु नहुने बताउनुभएको छ । नेपाल प्रजातन्त्र सेनानी संघको लुम्बिनी प्रदेशस्तरीय प्रथम अधिवेशनलाई दाङको घोराहीमा सम्बोधन गर्दै नेता कोइरालाले राजनीति जनताको सेवाका लागि भएकाले सत्ता र पदको लोभ गर्न नहुने बताउनुभएको हो । राजनीतिमा लोभ पलायो भने जनताको सेवाभन्दा पनि सुविधा प्राप्तिमा ध्यान जाने भएकाले त्यसले स्वयम् व्यक्तिसँगै पार्टीलाई कमजोर बनाउने कोइरालाको धारणा थियो ।...
वाइल्ड लाइफ फोटोग्राफर ६४ वर्षीय चुङ्बा शेर्पाको निधन

वाइल्ड लाइफ फोटोग्राफर ६४ वर्षीय चुङ्बा शेर्पाको निधन

नेपाल । वाइल्ड लाइफ फोटोग्राफर ६४ वर्षीय चुङ्बा शेर्पाको निधन भएको छ । शेर्पाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार राति १२ः१५ बजे निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लाका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । केही वर्षदेखि वाइल्ड लाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए । उनका दुई छोरा र तीन छोरी छन् ।...