पोर्चुगलमा अनेसासको अन्तर्राष्ट्रिय साहित्य सम्मेलनः विभिन्न व्यक्तित्वहरुलाई सम्मान
पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ ।
गत आइतबार सम्पन्न सम्मेलनले आठ बुँदे लिस्बन घोषणापत्रसमेत जारी गरेको छ । सम्मेलनले विश्वभर नेपाली भाषा र साहित्यको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै नेपाली भाषा र साहित्यको प्रचार–प्रसार तथा प्रवासमा नेपाली भाषा पाठशाला सञ्चालनका लागि पनि पहल गरिनेबारे सम्मेलनमा छलफल भएको छ ।
यस अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली भाषा, साहित्य र संस्कृतिका अध्येता, लेखक, भाषाविद्, कलाकर्मी, संस्कृतिविद्, सर्जक, स्रष्टा र साहित्यकर्मी भेला भएका थिए । यस सम्मेलनमा नेपाल, भारतसहित विश्वभरका ४० च्याप्टर गरी एक सय बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।
नेपालीसहित विभिन्न भाषा, कला, साहित्य र...









