२१ बैशाख २०८१, शुक्रबार

हिऊँले ढाकेको कोलोराडो (फोटो फिचर)

कोलोराडोखबर संवाददाता , March 15th, 2024

कोलोराडो । कोलोराडोमा सबभन्दा जाडो हुने महिना जनवरी हो । जनवरी महिनामा रातको औसत तापक्रम १५.२ डिग्री फरेन्हाइट अर्थात (९.३३ डिग्री सेल्सियस) पुग्ने गरेको तथ्याङ्क छ ।

तर कोलोराडोमा सबभन्दा धेरै हिउँ पर्ने महिना मार्च हो । मध्य मार्चमा यहाँ ठूलो हिउँ आँधीहरू आउने गर्छन् । यसपटक पनि हिउँ आँधी शुरु भएको छ ।

मार्चमा पर्ने हिउँ प्रायः गरेर बाक्लो र ओसिलो हुन्छ जसले गर्दा हिउँ गर्हुङो भएर रुखहरू भाँच्चिने संभावना बढी हुन्छ ।

बिहीबार कोलोराडोमा स्कूलहरू बन्द छन् । बाटोमा थोरै मात्र गाडीहरू चलेका छन् । (शब्द/तस्विरहरु राजु सिटौला)

(दुई तस्बिर आरसी पन्तको फेसबुकबाट ।)

प्रतिक्रिया दिनुहोस्