साहित्यकार तुल्सी घिमिरेको ‘माटोको मोह’ कविता संग्रह लोकार्पण
नेपाल (हेटौंडा) । गत शनिबार साहित्य सङ्गम मकवानपुरको आयोजनामा ३४० औँ नियमित साहित्य सन्ध्यामा साहित्यकार तुल्सी घिमिरेको ‘माटोको मोह’ कविता पुस्तक लोकार्पण भएको छ ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवि बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा घिमिरेको माटोको मोह पुस्तक लोकार्पण गरिएको हो ।
साहित्यकार घिमिरेद्वारा लिखित माटोको मोह कृतिमाथि साहित्य सङ्गम मकवानपुरका पूर्वअध्यक्ष तथा सल्लाहकार सुवास खनाल र समालोचक घनश्याम घिमिरेले समीक्षा गरेका थिए । ४२ वटा कविता समावेश भएको पुस्तकमा ग्रामिण भेगको परिवेश र देशप्रतिको मोह झल्किने कविताहरु समावेश भएको समीक्षकद्वय खनाल र घिमिरेले बताए ।
कार्यक्रममा ‘शेषजंग स्मृति कथा पुरस्कार–२०८०’ ज्ञानदीप शिक्षा निकेतन माविका छात्र समर्पण न्यौपानेलाई र ‘अणकुमारी स्मृति साहित्य पुरस्कार–...









