१९ बैशाख २०८३, शनिबार

भाषा/साहित्य

कविताः बा ! तपाईँ किन कुरा फेर्नुहुन्छ ?

कविताः बा ! तपाईँ किन कुरा फेर्नुहुन्छ ?

-आर. आर. चौलागाईं- हिजो प्रतिपक्षमा हुँदा जुन मान्छेलाई सज्जन भन्नुहुन्थ्यो आज सत्तामा गएपछि त्यही मान्छेलाई ठग भन्नुहुन्छ म अदनालाई यो कुरा बुझ्न साह्रै गाह्रो परो बा ! तपाईँ किन कुरा फेर्नुहुन्छ ? हिजो प्रतिपक्षमा हुँदा मनमा लागेको कुरा बोल्न पाउनुपर्छ दमन गर्न पाइँदैन भन्नुहुन्थ्यो आज सत्तामा हुनुहुन्छ कसैले मनमा लागेको कुरा बोल्यो भने लाठी बर्साउनुहुन्छ पानीको फोहराले हान्नुहुन्छ र खोरमा जाक्नुहुन्छ आँखा चिम्लेर दमन गर्नुहुन्छ म मुर्खलाई यो कुरा बुझ्न साह्रै गाह्रो परो बा ! तपाईँ किन कुरा फेर्नुहुन्छ ? बा ! मलाई एउटा कुरा भनिदिनोस् न ! प्रतिपक्षमा हुँदा आँखा देख्ने मान्छे सत्तामा गएपछि आँखा टालिन्छ हो ? प्रतिपक्षमा हुँदा कान सुन्ने मान्छे सत्तामा गएपछि कान थुनिन्छ हो ? प्रतिपक्षमा हुँदा नायक हुने मान्छे सत्तामा गएपछि खलनायक हुन्छ हो ? म लाटा...
लघुकथाः पैसा व्यापार

लघुकथाः पैसा व्यापार

–रमेशचन्द्र घिमिरे– उसका सन्तानले केही काम गरेनन् । धान चामल बेचेको पैसाले सहरमा पढ्न थालेपछि उनीहरू उतै हराए । “पैसा बेचेर पैसा कमाउन सकिन्छ ।” ऊ बारम्बार यही भन्ने गर्थ्यो । सुन्नेले आश्चर्य मान्थे । आफ्नै खेत गर्ने हली आइतेले “अरब गएर कमाउनासाथ ब्याज सहित पैसा बुझाउँछु” भनेपछि सयकडा पाँच मोहरको सर्तमा पैसा बेच्यो । बेलाबेलामा घरको काम र काठका काममा टाकनटुकन सघाउने सोमेले “दुबई गएपछि पैसा भुक्तान गर्ने” सर्त राख्यो । पैसा फेरि बेचियो । बाउसे काममा पत्याउने गरेको मङ्गलेले पनि कतारको भिसा आएको कुरा झिक्यो । भनेबमोजिमको ब्याज पाउने सर्तमा त्यहाँ पनि पैसा बेच्यो । नभन्दै उसले पैसा बेच्यो र ग्राहक इमानदार पर्नाले पैसैपैसा कमायो । आखिर मुरीका मुरी धान फल्ने उसको खेत बाँझै रह्यो, भट्ट र मास उम्रिने आँठो बाँझै रह्यो, मास फल्ने बारी बाँझै रह्यो । साग उम्रिने करेसाबारी बाँझै रह्यो । पैसा बे...
गजल: ठूलो मान्छे हुने भए सानु हुन सिक

गजल: ठूलो मान्छे हुने भए सानु हुन सिक

–धनराज गिरी– मुरी हुने इच्छा भए मानु हुन सिक ठूलो मान्छे हुने भए सानु हुन सिक । महाग्रन्थ हुन्छ जीवन लेख्दै लेख्दै गए सर्त यही पैले यौटा पानु हुन सिक । वर पीपल हुनसक्छौं जीवन चौतारीमा इमानको योग्यताको दानु हुन सिक । गर हित गरिबको पुज मानवता देवकोटा सम अनि भानु हुन सिक । भीडमोह भएदेखि सुन सानो मन्त्र खारिएर सुकर्मले रानु हुन सिक । असल बन सरल बन अझ सीधासाधा शेला होइन पिंडालुको गानु हुन सिक । गान्धी बुद्ध तिमी नै हौ तिमी फरिस्ता हौ प्रेम सिक अति प्यारो नानु हुन सिक । –चितवन, नेपाल ।  ...
महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान माधव पोख्रेललाई

महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान माधव पोख्रेललाई

नेपाल (हेटौंडा) । साहित्यकार माधवबहादुर पोख्रेललाई महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ प्रदान गरिने भएको छ । साहित्य सङ्गम मकवानपुर र युगप्रकाश क्लब हेटौँडाले प्रत्येक वर्ष सो सम्मान प्रदान गर्दै आएको छ । सो सम्मानको राशि १० हजार रुपैयाँ रहेको छ । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाले नेपाली साहित्यको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत साहित्यकार पोख्रेललाई सम्मान गर्ने निर्णय भएको जानकारी दिनुभयो । साहित्य सङ्गम मकवानपुरले महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा मकवानपुर जिल्लास्तरीय कविता प्रतियोगिताका लागि कविता आह्वानसमेत गरेको छ । कविता बढीमा १५० शब्दसम्मको हुनुपर्ने र जुनसुकै विषय वा शीर्षकमा कविता रचना गरी पठाउन सकिने जनाइएको छ ।...
अनेसास कोलोराडो शाखाको नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम घोषणा

अनेसास कोलोराडो शाखाको नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम घोषणा

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अनेसास कोलोराडो शाखाको नयां कार्यसमितिको निर्वाचन आगामी नोभेम्बर १२ तारिकमा सम्पन्न हुने भएको छ । डा. भीमप्रकाश कट्टेल संयोजकत्वमा डा. संगीता श्रोत्रिय र सुदेश शर्मा रहेको तिन सदस्यीय निर्वाचन समितिले सामाजिक संजाल मार्फत निर्वाचन कार्यक्रम घोषणा गरेको हो । अनेसास कोलोराडो शाखाको २०२४ २०२६ कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ४ सदस्यका लागि निर्वाचन हुन लागेको समितिले जनाएको छ । अनेसास कोलोराडो शाखाको बिधानको परिच्छेद २ को दफाहरु ६ र ७ मा उल्लेख गरिए बमोजिमको निर्वाचन कार्यविधि अनुरुप निर्वाचन प्रक्रिया हुने समितिले जनाएको छ । जस अनुसार ईच्छुक आजीवन सदस्यहरुले तोकिएको ढाँचामा उम्मेदवारीकोलागि आवेदन दर्ता गर्नु पर्नेछ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको कार्यकारिणी समितिको निर्वाचनमा मत खसाल्न यो...
ललितकलाकर्मी राजन काफ्ले तथा नियात्राकार रञ्जु दाहाल सम्मानित हुने

ललितकलाकर्मी राजन काफ्ले तथा नियात्राकार रञ्जु दाहाल सम्मानित हुने

नेपाल । शिवसावित्री प्रतिष्ठान नेपालको २०८१ असोज २६ गते दसैँको टीकाकै दिन बसेको सचिवालयस्तरीय बैठकले शिवसावित्री अधिकारी स्मृति सम्मान-२०८१ ललितकलाकर्मी राजन काफ्ले तथा शकुन्तला ढुङ्गेल स्मृति नियात्रा सम्मान-२०८१ नियात्राकार रञ्जु दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ । विद्यालय तहदेखि नै ललितकला कर्ममा लागेका काठमाडौँका राजन काफ्लेलाई यस क्षेत्रमा चार दशक लामो साधना गरेवापत तथा ओखलढुङ्गाकी रञ्जु दाहाललाई नियात्रा विधामा समर्पित स्रष्टा हुनाले सम्मान गर्न लागिएको हो । राजन काफ्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट ठहरिएका ललितकलाकर्मी हुन् भने रञ्जु दाहाल ‘प्रियसँगको यात्रा’९२०७५० तथा ‘डोहोडोहो डोल्पो’(२०८०) नियात्रा कृतिहरूकी स्रष्टा हुन् । यी दुबै सम्मान शिवसावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज रौतहट—सर्लाहीको आयोजनामा चन्द्रपुर, रौतहट...
अनेसासमा सात जना सल्लाहकार चयन

अनेसासमा सात जना सल्लाहकार चयन

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समितिमा सात जना सल्लाहकार चयन भएका छन् । अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा बसेको विशेष वैठकले सल्लाहकारहरू मनोनयन गरेको हो । अनेसासका महासचिव राजु सिटौलाका अनुसार सल्लाहकारहरू चयन भएकाहरुमा डा. दुबसु क्षेत्री (राजदूत, जापान), साहित्यकारहरु जीवा लामिछाने ( जर्मन), सुमलकुमार गुरुङ (बेलायत), लीला लुइटेल (नेपाल), हिक्मत थापा (अफ्रिका),नीलम कार्की निहारिका (अमेरिका) र निवर्तमान अध्यक्ष गोवर्धन पूजा रहेका छन् । ...
लघुकथाः महङ्गो सम्मान

लघुकथाः महङ्गो सम्मान

–रमेशचन्द्र घिमिरे– राम्रो नतिजा ल्याएबापत ऊ जिल्लामा पुरस्कृत हुने भयो । आमासँग उसले बाटाखर्च माग्यो । आमाले जाने आउने भाडा दिइन् । भव्य सम्मान गरियो । उचालिनसक्नुको ठुलो फ्रेम थियो । चिल्लो र दरो कागजमा लेखिएको प्रमाणपत्र थियो । सयपत्रीको मालाको साथमा खादाको ओइरो लाग्यो । निधार रातै भयो । कार्यक्रम लामै भयो । कार्यक्रम सकेर सबै लाखापाखा लागे । फर्कँदा गाडी छुट्यो । धन्न चिनेको साथी भेटियो र पाँच सय रुपियाँ सापट माग्न भ्यायो । त्यही पैसा लिएर ऊ होटेलमा बास बस्न पुग्यो । सादा खाना खायो अनि कमन बेडमा सुत्यो । ऊ सुत्ने बेलामा मनमा कुरा खेलाउँदै थियो, “यो खादा र फ्रेम बिक्री हुने भए साथीसँग लिएको सापटी पैसा तिर्न पुग्थ्यो कि !” –भोर्लेटार, लमजुङ ।...
कविताः हाम्रो देश

कविताः हाम्रो देश

–आर.आर. चौलागाईं– हाम्रो देश फरक फरक छ । मेरो देश अर्कै छ तपाईँहरूको देश अर्कै छ र उनीहरूको देश अर्कै छ । म आफ्नो देशमा अक्षर रोप्छु शब्द उमार्छु र कविता फलाउँछु । तपाईँहरू आफ्नो देशमा राजनीति रोप्नुहुन्छ भ्रष्टाचार उमार्नुहुन्छ र कुशासन फलाउनुहुन्छ । उनीहरू आफ्नो देशमा आशा रोप्छन आँसु उमार्छन् र अभाव फलाउँछन् । म कवि तपाईँहरू नेता र उनीहरू जनता । हेटौंडा, मकवानपुर ।...
बालकविताः दसैँको पिङ

बालकविताः दसैँको पिङ

–रमेशचन्द्र घिमिरे– पोहोर सालका घुर्रा पिर्का अहिले कता छन् ? पिङ खेलौँला भनेको त खेल्न पाइनँ झन् केके चाहिन्छ पिङ हाल्न ल्याउनू सोधेर खाल्टो खन्न आउनु ठूल्दाइ खन्ती खोजेर पिर्का अट्ने नापो लिई ठाउँ छाडेर एक–एकवटा दुईतिर खाँबो गाडेर खाल्टो पुर्न बाबाले माटो खाँद्नु भो पिङ हालेको खुसीमा मिठाई बाँड्नु भो डाँडी राख्न खाँबामा चोके पारेर डाँडीभित्र घुसारी घुर्रा झारेर त्यै घुर्रामा भाइले पिर्का अड्यायो पोहोर सालको ठेडी खै कता हरायो ? चिलौनेको दाउरा ताछी ठेडी हालौँला खुट्टा फाल्दै मच्चिँदै खेल्न थालौँला बैनी तिमी खेल है पहिल्यै आएर पालो गरी खेल्छौँ हामी लाइन लाएर दसैँ बोलाई आँगनीमा पिङ हालियो साथीभाइ बटुलेर खेल्न थालियो । –भोर्लेटार, लमजुङ ।...