सूत्रकथाः प्रलय
–श्यामकृष्ण ज्ञवाली–
- सरकार !
बाढी र पहिरोले घर भत्कियो । बासको ब्यवस्था गर्नु पर्यो ।
- क्यार्नु ? भुमी ब्यवस्था तथा गरिबी निवारण कार्यलय पनि भत्किएको छ ।
- तीन दिन अघि कठ्याङ्ग्रीएर आमा मरिन ,सुत्केरी बुढी र बच्चाको बिजोग भयो ।लौन ओतको ब्यवस्था होस।
- चुनाव ताका जस्तो मगन्ते पारा नदेखाउनुस ।मर्यादित हुनुस।आमा स्वर्गे भएको भर्खरै तीन दिन भएछ। मिर्त्यु संस्कार नसकी घर बाहिर निस्किएर परम्पराको अपमान गर्नु धार्मिक पाप हो। सामाजिक मर्यादामा बस्नुस।
- सरकार ! बिपत्तिमा केही त गर्नुस।
- मन्त्रीपरिषदले निशुल्क मिर्त्यु दर्ताको लागि बजेट ब्यवस्थापन गर्दै छ।
- कता कता स्वास्थ बिमा भन्या सुन्थे ,भोकले सुत्केरी र छोराछोरी मर्न थाले । २/४ किलो अन्न त दिनुस ।
-WHO ले भोकलाई रोग मान्दैन ।नेपाल who को स्थायी सदस्य हो। सामन्य ज्ञानको ख्याल गर्नुस ।
- कालिबाबाल...








