राष्ट्रिय कविता प्रतियोगितामा अविनाश भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र’ प्रथम
नेपाल । सुनसरीको इटहरी २० तरहरामा भएको राष्ट्रिय कविता प्रतियोगितामा कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्रथम पुरस्कार प्राप्त गरेको छ।
‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता–२०८२’ का लागि प्राप्त भएका ४०६ कवितामध्ये १० वटा कविता छनोट गरी वाचनसहित अन्तिम प्रतिस्पर्धामा गरिएको थियो।
निर्णायक मनु मञ्जिल, ठाकुर बेलवासे, बद्री भिखारी सहितको टोलीले भट्टराईको कवितालाई प्रथम स्थानको ताज दिएका हुन्।
प्रतियोगितामा खोटाङका कवि शुभचन्द्र राईको ‘आशा’ शीर्षकको कविता द्धितीय भयो। यस्तै, रसुवाकी कवि एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ शीर्षकको कविताले तृतीय स्थान प्राप्त गर्यो।
यसैगरी, सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न’ र दैलेखका दीपिन सिजापतीको ‘सङ्घर्ष र सङ्कल्प’ सान्त्वना भयो ।
श्री जनसहयोग २०५० समूह तरहराले आयोजना गरेको प्...









