१९ बैशाख २०८३, शनिबार

भाषा/साहित्य

कविताः जिन्दगी-जित्नु र बाँच्नु

कविताः जिन्दगी-जित्नु र बाँच्नु

–आर. आर. चौलागाईं– सत्य कठिन बाटोमा हिँड्यो असत्य सुगम बाटोमा हिँड्यो । सत्य मरुभूमि भएर हिँड्यो चट्टान भएर हिँड्यो आगो भएर हिँड्यो बाढी भएर हिँड्यो घनघोर रातमा हिँड्यो काँडा भएर हिँड्यो सत्य फगत एक्लै हिँड्यो टुहुरो भएर हिँड्यो मैले सत्यलाई त्यो बाटो नहिँड गाह्रो हुन्छ भनेँ उसले मलाई त्यो बाटो नहिँडे जित्न सक्तिनँ भन्यो । असत्य कार्पेट भएर हिँड्यो हवाइजहाज भएर हिँड्यो सुरा धोकेर हिँड्यो सुन्दरी च्यापेर हिँड्यो नोटको खातमा हिँड्यो हिरा, मोती भएर हिँड्यो असत्य लावालस्कर बोकेर हिँड्यो फूल, माला र अबिर भएर हिँड्यो मैले असत्यलाई त्यो बाटो नहिँड बरबाद हुन्छौ भनेँ उसले मलाई त्यो बाटो नहिँडे बाँच्न सक्तिनँ भन्यो । सत्य जिन्दगी जित्न हिँड्यो असत्य जिन्दगी बाँच्न हिँड्यो जिन्दगी जित्नु र जिन्दगी बाँच्नुमा के फरक होला ? –हेटौँडा, मकवानपुर ।...
‘धेरै दिन भो तिम्रो झझल्को’ का गीतकार विश्व बल्लभको निधन

‘धेरै दिन भो तिम्रो झझल्को’ का गीतकार विश्व बल्लभको निधन

नेपाल । वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचारको क्रममा उनको बुधबार निधन भएको हो । लामो समय रेडियो नेपालका जागिरे बल्लभका दुई छोरी छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरले निधन भएको थियो । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर बल्लभका सहोदर भाइ हुन् । विश्व बल्लभले तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ नारायण गोपालले गाएको ‘पर्खी बसे आउला भनी, मेरो उठ्ने पालो’ जस्ता चर्चित गीत लेखेका थिए ।...
दक्षिण कोरियाली लेखक हान काङले जिते साहित्यतर्फको नोबेल पुरस्कार

दक्षिण कोरियाली लेखक हान काङले जिते साहित्यतर्फको नोबेल पुरस्कार

अमेरिका । मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका लागि लेखक हान काङ बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बन्नुभएको छ । स्विडिश एकेडेमीले भनेको छ, “५३ वर्षीया हानलाई ऐतिहासिक आघातहरूको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने उहाँको तीव्र काव्यात्मक गद्यका लागि उहाँलाई नोबेलबाट सम्मानित गरिएको हो ।” लघुकथा लेखक एवं उपन्यासकार हान उहाँको पुस्तक ‘द भेजिटेरियन’ का लागि सबैभन्दा बढी परिचित हुनुहुन्छ । सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको उक्त पुस्तक अङ्ग्रेजीमा अनुवाद गरिएको उहाँको पहिलो उपन्यास हो । तीन भागमा लेखिएको यो पुस्तकले एउटी महिलाको मासु खान छाड्ने निर्णय र त्यसले उनको व्यक्तिगत जीवनमा पार्ने विनाशकारी परिणामहरूको विवरण दिन्छ । “धेरै विधालाई समेटेको यो धेरै समृद्ध र जटिल रचना हो”, एकेडेमी सदस्य अन्ना–कारिन पाल्मले पत्रकारहरू...
झरनाको चाडवाड बिशेष  रचना वाचन कार्यक्रम सम्पन्न 

झरनाको चाडवाड बिशेष  रचना वाचन कार्यक्रम सम्पन्न 

-मसान उपासक (नेपाल, हेटौंडा) । झरना साहित्यिक परिवार मकवानपुरको ३०८ औँ साहित्य शृङ्खलाका अवसरमा बडा दशैं, तिहार, छठ पर्व तथा नेपाल सम्बतको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान एवं रचना वाचन कार्यक्रम बुधबार महेन्द्र मावि छतिवनमा सम्पन्न भएको छ । बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा झरनाका संरक्षक तथा पूर्व अध्यक्ष उद्धप्रसाद सापकोटाको विशिष्ट अतिथ्यता रहेको थियो । महेन्द्र माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं झरनाका संरक्षक परशुराम गौतम, सोही विद्यालयका प्रधानाध्यापक देवकी सिग्देल, सहायक प्रधानाध्यापक छविकुमार राई, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक हरिनारायण यादव, शिवप्रसाद बोलखे, श्रीबहादुर राई, राधेश्याम राई, हरिप्रसाद दाहाल, प्रकाश थापा मगर, हरिप्रसाद घिमिरे, राजकुमार तिमल्सिना, कृष्ण घतानीलगायतको आतिथ्यता रहेको थियो । क...
‘प्रवासका फूलहरू’ बेल्जियममा सार्वजनिक

‘प्रवासका फूलहरू’ बेल्जियममा सार्वजनिक

बेल्जियम । बेल्जियममा आइतबार नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरू’ सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा नेपाली राजदूत गेहेन्द्र राजभण्डारी र एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतले पुस्तक विमोचन गरे । लेखक गौतमले मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीका जीवन्त कथा लेखेकोको बताए । उनले पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीको बाल्यकाल, परिवारिक अवस्था र विदेशमा गरेको संघर्षको कथा समावेश गरेको बताए । डेढ वर्षको अन्तरालमा पुस्तक तयार भएको उनले सुनाए ।...
लक्ष्मण गाम्नागे र चूडामणि गौतमलाई भैरव पुरस्कार प्रदान

लक्ष्मण गाम्नागे र चूडामणि गौतमलाई भैरव पुरस्कार प्रदान

नेपाल । भैरव पुरस्कार गुठीले तीन स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । गुठीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सो पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । कार्यक्रममा २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिएको छ । कोषकार चूडामणि गौतमलाई भैरव वाङ्मय पुरस्कार प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही एक लाख ११ हजार १११ रुपियाँ रहेको छ । त्यस्तै लक्ष्मी गिरीलाई भैरव प्रतिभा पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशि ५१ हजार १११ रुपियाँ रहेको छ । गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहेको पुरस्कार चयन समिति गठन गरेको थियो ।...
रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ सार्वजनिक

रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ सार्वजनिक

नेपाल । कवि तथा गीतकार रमेश क्षितिजको पहिलो आख्यान कृति ‘एउटा मायी नगरमा’ शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । सो पुस्तक लेखक क्षितिजका पिता रविन्द्रराज न्यौपानेले सार्वजनिक गर्नुभएको हो । आख्यानकार कुमार नगरकोटीले उम्दा कविका रूपमा परिचित क्षितिजले आख्यानमा समेत आफूलाई अब्बल रूपमा प्रस्तुत गरेको चर्चा गर्नुभयो । उहाँले शैली, शिल्प र कथा बुन्ने ढङ्गका हिसाबले समेत आख्यान कृति फरक रूपमा पाएको बताउनुभयो । सरकारी सेवाका क्रममा भेटिएका पात्र, प्रवृत्ति, घटनालाई आख्यानको मूल विषयवस्तु बनाइएका छन् । आख्यान शैली, शिल्प र संरचनाका हिसाबले समेत पृथक् स्वाद पाठकले पाउन सक्ने लेखक क्षितिजको धारणा छ । कवि क्षितिजका अर्को साँझ पर्खेर साँझमा (२०५७), आफैँ आफ्नो साथी भएँ (गीतिकविता २०६३), क्षितिज (गीतिएल्बम २०६८), घर फर्किएको मानिस (२०६९), पर्वत पर्वतमा बटुवा घाम (२०७९) प्रकाशित छन् । सो कृतिलाई ब...
रेलमै डीबी बर्तौलाको ‘उज्यालोका बाछिटा’ विमोचन

रेलमै डीबी बर्तौलाको ‘उज्यालोका बाछिटा’ विमोचन

नेपाल(हेटौंडा) । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष तथा मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष डीबी बर्तौलाको नवीन तेस्रो मुक्तक सङ्ग्रह ‘उज्यालोका बाछिटा’ सत्याग्रह एक्सप्रेसमा विमोचन भएको छ । विमोचन कार्यक्रममा सभाध्यक्ष साहित्यकार रमेशमोहन अधिकारी तथा प्रमुख अतिथि हयगृव आचार्य रहनु भएको थियो । मुक्तककारका मुक्तक सङ्ग्रह ‘उज्यालोका बाछिटा’ विमोचन तथा वाचनका क्रममा मकवानपुर, बारा, कपिलवस्तु तथा भारतका साहित्यकार, साहित्य अनुरागीहरूको उपस्थितिमा सो कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यकारहरू मिथिला अधिकारी, अप्सरा पुडासैनी, विष्णुप्रसाद गौतम, माधव पोखरेल र राजबाबु पहाडीले ‘उज्यालोका बाछिटा’ मुक्तक सङ्ग्रहबाट केही मुक्तकहरू वाचन गर्नुभयो भने किशन पौडेलले आफ्ना मुक्तकहरू वाचन गर्नुभयो । प्रमुख अतिथि हयगृव आचार्यले मुक्तक सङ्ग्रह ‘उज्यालोका बाछिटा’ को सूक्ष्म समीक्षा गर्ने क्रममा यस प्रका...
कविताः किनकि तिमी नेता

कविताः किनकि तिमी नेता

–आर.आर. चौलागाईं– कुनै सपना छैन कुनै योजना छैन कुनै लक्ष्य छैन कुनै गन्तव्य छैन किनकि तिमी नेता । शहीदको रगत पिएर तिमी बाँचिरहेका छौ जनताको पसिना पिएर तिमी बाँचिरहेका छौ युवाहरूलाई खाडीमा बेचेर तिमी बाँचिरहेका छौ महिलाहरूलाई बम्बईमा बेचेर तिमी बाँचिरहेका छौ किनकि तिमी नेता । साम्राज्यवादीहरूले आँखा तर्दा तिमी सुरुवालमा मुत्छौ विस्तारवादीहरूले हाच्छिउँ गर्दा तिमी सुरुवालमा मुत्छौ प्रतिक्रियावादीहरूले ख्वाक्क खोक्दा तिमी सुरुवालमा मुत्छौ दलाल पूँजीपतिहरूले पाद्दा तिमी सुरुवालमा मुत्छौ किनकि तिमी नेता । तिमी मान्छे मारेर आजीवन जेल परेका हत्याराहरूलाई आममाफी दिन्छौ तिमी निर्मला पन्तका अपराधीहरूको प्रमाण नष्ट गर्छौ र उनीहरूलाई संरक्षण दिन्छौ तिमी देशद्रोही, जनविरोधी, भ्रष्टाचारी र बिचौलियाहरूको घेरामा बस्छौ र उनीहरूको सल्लाहमा चल्छौ किनकि तिमी नेता । ति...
मुक्तक

मुक्तक

–मिथिला अधिकारी– हरेक कहानीको आफ्नै महत्व हुन्छ, समय र जवानिको आफ्नै महत्व हुन्छ । नदी, खोला, खहरे या समुद्रको पानी होस, तर जरुवा पानीको आफनै महत्व हुन्छ । –हेटौंडा, मकवानुर ।