अनेसासद्वारा सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्न आह्वान
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट विगतका वर्षहरूजस्तै सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्न आह्वान गरिएको छ ।
गत वर्ष जस्तै यस वर्ष पनि संसारभरि छरिएर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गरी २००० अमेरिकी डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकासाथ कविता, कथा, उपन्यास, निबन्ध/नियात्रा/संस्मरण, गीत/गजल/मुक्तक/हाइकु, समालोचना, लोक साहित्य, संस्कृति, बालकृत साहित्यको सर्वोत्कृष्ट कृतिलगायतका विभिन्न १० विधामा पुरस्कार प्रदान गरिने भएको छ ।
पुरस्कारका लागि पुस्तकहरू दर्ता गर्न नेपाली भाषामा लेखिएको, पुस्तकको विधा प्रस्ट रूपमा छुट्टिएको, पुस्तक आवरणसहित कम्तीमा ६४ पृष्ठको हुनुपर्ने, पुस्तक सन् २०२३ जनवरी १ देखि सन् २०२४ डिसेम्बर ३१ भित्रको मितिमा मुद्रण भएको पुस्तकहरू ४ प्रति फरवरी २८, २०२५ सम्ममा प्रा...









