साहित्य सङ्गमद्वारा ८ व्यक्तित्व सम्मानित
नेपाल (हेटौंडा) । साहित्य सङ्गम मकवानपुरले ८ जना व्यक्तित्वलाई हेटौंडामा सम्मान गरेको छ । ३५५ औं नियमित साहित्य सन्ध्यासँगै सङ्गम साहित्य उत्सव– २०८२ को अवसरमा शनिबार विभिन्न सम्मानबाट ८ जनालाई सम्मानित गरेको हो ।
मकवानपुर साहित्य श्री सम्मान–२०८१ बाट मकवानपुरे साहित्य स्रष्टा राजकुमार लामिछाने सम्मान गरिएको छ । तत्कालीन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति संस्थापक रहेको उक्त सम्मानको राशि १५ हजार ५५५ रुपैयाँ रहेको छ ।
यसैगरी भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेय सम्मानित भएकी छिन् । विशाल अधिकारी आशुतोषले स्थापना गरेको उक्त सम्मानको राशि १५ हजार ५५५ रुपैयाँ रहेको छ ।
यस्तै समीर पाख्रिन दीपक मुडभरी स्मृति सम्मान २०८१ बाट सम्मानित भए । १० हजार रुपैयाँ राशिको उक्त सम्मान मुडभरी परिवारले स्थापना गरेका हुन् । यसैगरी विनोद सुनिता सुवेदी सम्मान २०८१ बाट पत्रकार रामकुमा...









