पत्रकार कौशल पाण्डेको स्मृतिमा प्रकाशित ग्रन्थ ‘स्मृतिका पानाहरू’ सार्वजनिक
नेपाल (हेटौंडा) । मकवानपुरे वरिष्ठ पत्रकार, साहित्यकार, शिक्षक तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल मकवानपुरका संस्थापक अध्यक्ष कौशल पाण्डेको स्मृतिमा प्रकाशित ग्रन्थ ‘स्मृतिका पानाहरू’ असोज ३ गते बिहीबार हेटौडामा सार्वजनिक भएको छ ।
प्रगतिवादी अध्येता एवं साहित्यकार डिआर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश निवर्तमान खानेपानी ऊर्जा तथा सिचाई मन्त्री एकलाल श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राजनैतिक, साहित्यिक, पत्रकारिता र शिक्षण क्षेत्रका व्यक्तित्वहरू भीमसेन महत, सीता बिष्ट, प्रमिला पुलामी श्रद्धा, राधा तिमल्सिना, सुर्यचन्द्र न्यौपान , नवीन सिग्देल, फुर्वा दोर्जे लामा, कृष्णप्रसाद घिमिरे, पुरणबहादुर जोशी, ध्रुव अधिकारी, निमेश निखिल, ह्यग्रीव...









