१३ कार्तिक २०८३, शुक्रबार

भाषा/साहित्य

सरस्वती ज्ञवालीको संस्मरण पुस्तक ‘क्षितिज: आमा र धरती’को लोकार्पण

सरस्वती ज्ञवालीको संस्मरण पुस्तक ‘क्षितिज: आमा र धरती’को लोकार्पण

नेपाल । सरस्वती ज्ञवालीको संस्मरण पुस्तक 'क्षितिज: आमा र धरती' को लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा सो पुस्तकको लोकार्पण गरिएको हो । पुस्तकको लोकार्पण राधिका शाक्य, विन्दु शर्मा, शिशिर खनाल, गिरी श्रीसमगर लगायतले संयुक्त रुपमा गर्नुभयो । पुस्तकमा एउटी आमाले सन्तानप्रति देखिने, गरिने माया, स्नेह, त्याग, तपस्या, समर्पण र प्रेम पस्किएको प्रथम महिला राधिका शाक्यले बताउनुभयो । पुस्तककी लेखिका सरस्वती ज्ञवालीले आफूले आफ्नो दुःख पीडा पुस्तकमा समेटेको बताउनुभयो । उहाँका अनुसार यो पुस्तक कसैलाई रुवाउनका लागि लेखिएको होइन, नितान्त व्यक्तिगत भोगाइ समेतिएको छ । यस्तै, किताबको समीक्षा गर्दै कवि गिरी श्रीस मगरले आमा साउने झरी रहेको बताउनुभयो । नेपाल नेत्र ज्योति संघका अध्यक्ष शिशिर खनालले यो किताब पढ्दा आफ्नो आमाको याद आएको बताउनुभयो ।...
झसापको ३१७औँ साहित्य शृङ्खलामा ओलीको ‘मन्जरी’ विमोचित

झसापको ३१७औँ साहित्य शृङ्खलामा ओलीको ‘मन्जरी’ विमोचित

-मसान उपासक (हेटौंडा, नेपाल । झरना साहित्यिक परिवार मकवानपुर (झसाप)को ३१७ औँ साहित्य शृङ्खलाका अवसरमा हेटौँडाका स्रस्टा एसआर मञ्जरी ओलीद्वारा लिखित ‘मञ्जरी’ मुक्तक संग्रह विमोचन भएको छ । ब्रह्मदिक एकेडेमी हेटौँडाको सभाहलमा आयोजित झसापको नियमित श्रृङ्खलाका अवसरमा शनिबार यस मुक्तक संग्रहको विमोचन गरिएको हो । महाकाव्यकार मुना अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा झसाप मकवानपुरका संरक्षक रमेशमोहन अधिकारी तथा जनार्दन खनाल, प्रगतिशील लेखक संघ बागमती प्रदेशका अध्यक्ष शान्ति प्रियवन्दना, राष्ट्रिय जनसांस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजुराम राउत, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, गजल मञ्च मकवानपुरका अध्यक्ष सन्जित श्रेष्ठ, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना, व्यङ्गयकार राजकुमार लामिछाने, साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाल तथा श्रष्टाहरू देवराज तिवारी, मिथ...
अल्पज्ञानीको ‘उज्यालो पर्खिरहेको मानिस’ लोकार्पण

अल्पज्ञानीको ‘उज्यालो पर्खिरहेको मानिस’ लोकार्पण

नेपाल । कवि अल्पज्ञानीको कविताकृति ‘उज्यालो पर्खिरहेको मानिस’ एक कार्यक्रमबीच लोकार्पण भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि साहित्यकार डा. नवराज लम्साल, डा. गीता त्रिपाठी, डा. अशोक थापालगायतले कृति सार्वजनिक गरे । कार्यक्रममा डा. थापा तथा डा. त्रिपाठीले कृतिको समीक्षात्मक टिप्पणी गरे । समीक्षकहरूले कवि अल्पज्ञानीको कवितामा जीवन, समय र समाजप्रतिको संवेदनशील दृष्टिकोण प्रकटीकरण भएको चर्चा गरे । कार्यक्रममा साहित्यकारहरू भुवनहरि सिग्देल, डा. राजेन्द्र चापागाईंलगायतले बोले । कविहरू सञ्जिव पौडेल, अमृत क्षेत्री, लक्ष्मीदेवी गौडेलले सार्वजनिक कृतिभित्रका कविता वाचन गरे । ...
कविताः रित्तो बोरामा च्यातिएको सपना

कविताः रित्तो बोरामा च्यातिएको सपना

-तुलसी घिमिरे- उसले बोकेर ल्यायो रित्तो बोरा भित्र च्यातिएको सपना सपना भित्र बग्रेल्ती दु:खद विगत थियो भोक थियो रोग थियो आँसु थियो यस्तो बोकेर हिड्ने उसको रहर थिएन थन्क्याउने कुनै त्यस्तो रंगिन सहर थिएन बाध्यताले थिचिएको थियो आफ्नै दुखले किचिएको थियो बिचरा!गरोस् पनि के? ओरालो लाग्दै गरेको उमेर रित्तिदै गएको वैश घुसारेर जिन्दगी बोरामा बोकेर सकि नसकि शिरमा लुखुर लुखुर हिडिरहेको छ उ झिलिमिली सहरमा । गाउँले मनग्ये खान दिएन एकआङ्ग लाउन दिएन अकालमा मरिने भयो भन्दै दगुरिरहेको छ उ पहाडमा कुदिरहेको छ मैदानमा टिपेर सिलोबालो खेत खलिहान समयको सजाय भोग्दै उसको जिन्दगीले बोकिरहेको छ खाली बोरा बोराले बोकेको छ उसको हजारौं हजार सपना यो पुष्ट भरिपुर्ण सहरमा किन?बिक्दैन जिन्दगी किन !हाँस्दैन जिन्दगी आखिर जिन्दगी भनेको हाडछाला मासु हो त्यसबाट चुहिने आँसु हो! रोएर हलुको ह...
लघुकथाः को खाइ ? को खाइ ?

लघुकथाः को खाइ ? को खाइ ?

-आरसी रिजाल- आमाले हिजो बिहान बेलुकी खाना नखाएको कुरा श्रीमतिले श्रवणलाई सुनाइन् । श्रवणले -- कहिलेकाहीँ तिमी झर्केर बोलेको सुन्छु।आमाको चित्त दुखेको हो कि? आमा किन नखानु भएको भनी सोधेनौ? ८० बर्षे बुढी आमा बिरामी पर्लिन् भन्ने डर। श्रीमती -- नरम भएर कति चोटि भनेकी हुँ।मुख फुलाएर बस्नु भा'छ। हजुरले हो आमालाई बढी पुलपुल्याएको भनिन्। भोलिपल्ट श्रवण आमाको कोठामा खाना लिएर प्रबेस गर्छ्न् -- आमा तपाईंले हिजो खाना खानु भएको छैन रे! बुहारीले हिजोराती मलाई सुनाइन् । ल खानुस्।तपाईंले नखाने हो भने म पनि खान्न भने। आमाले-- भात त्यही राख्दे ।भोक लागेपछि म आफैं खान्छु।तँलाई अफिस जान ढिलो हुन्छ।तँ खाएर जा भनिन् । अनेक तिगड्म लगाउदा पनि केही नलागेपछि श्रवणले चम्चामा भात लिएर आमाको अनुहारमा हेर्दै -- २/३ पटक " को खाई ?को खाई? आमाले खाई । " भन्दै फकाउन लाग्यो। यो भनाई सुन्दा आमाको आँखा छच्लक...
कविता: हाम्रो यात्रा अहिले कहाँ पुग्यो कमरेड ?

कविता: हाम्रो यात्रा अहिले कहाँ पुग्यो कमरेड ?

-आर. आर. चौलागाईं- पहिला नौलो जनवाद आउँछ त्यसपछि समाजवाद आउँछ र अन्तिममा साम्यवाद आउँछ भन्नुहुन्थ्यो छ सालदेखि हिँडेको हिँड्यै छौँ हामी न जनवाद आयो न समाजवाद आयो न साम्यवाद नै आयो पचहत्तर वर्ष बितिसकेछ हाम्रो यात्रा अहिले कहाँ पुग्यो कमरेड ? कहिले राजाको कदम ठीक हो भनेर दरबार पस्नु भो कहिले आफ्नै साथीलाई गद्दार भनेर आमाचकारी गाली गर्नु भो कहिले वर्गशत्रु खत्तम अभियान भनेर उद्योगपति र राष्ट्रिय पुँजीपतिहरूलाई गिँड्दै हिँड्नु भो कहिले टुक्राटुक्रामा विभाजित भएर थुप्रै नाङ्ले पसलहरू खोल्नु भो कहिले राजनैतिक स्वतन्त्रता भनेर हाम्रो दिमाग भुट्नु भो कहिले पार्टी स्वतन्त्रता भनेर हामीलाई अलमल्याउनु भो कहिले बुर्जुवा शिक्षा पढ्नु हुँदैन भनेर हाम्रो पढाइलाई छुटाउनु भो कहिले कम्युनिस्टले निजी सम्पत्ति राख्नु हुँदैन भनेर हाम्रो खल्तीलाई रित्याउनु भो कहिले पञ्चायती चुनावमा...
बालकविता: आऊ निदरी आऊ

बालकविता: आऊ निदरी आऊ

-रमेशचन्द्र घिमिरे - सुत्ने बेला भयो तर तिमी अझै आइनौ निदाउनु पर्छ भन्ने थाहा किन पाइनौ ? तिमी नआई त्यसै कहाँ निदाउन सक्छु ? अनिदोमा रात कहाँ बिताउन सक्छु ? आँखा पोल्यो, पिरो भयो, बिन्ती सुन्दिनौ र ? माया जालमा पारी मेरो आँखा थुन्दिनौ र ? भोलि बिहान चाँडै उठ्छु, पढ्छु अनि लेख्छु तिमी आयौ भने मात्र म सपना देख्छु यति विधि मलाई त्यसै अल्मल्याउँछ्यौ किन ? कोल्टो फेर्दा थाकिसकेँ छट्पट्याउँछ्यौ किन ? स्कुलबाट फर्केपछि गृहकार्य गर्छु खाना खाई पाठ पढ्छु अनि खाटमा लड्छु सबै जना सुतिसके दस बज्दा राति बेलै छँदा सुत्न पाए हुन्थ्यो कति जाती फकाउँदै मिठो स्वरमा गाना तिमी गाऊ आऊ निदरी आऊ आऊ, आऊ निदरी आऊ । -भोर्लेटार लमजुङ...
राष्ट्रिका साहित्य प्रतिष्ठानको अध्यक्षमा ऋषभदेव घिमिरे चयन

राष्ट्रिका साहित्य प्रतिष्ठानको अध्यक्षमा ऋषभदेव घिमिरे चयन

नेपाल । राष्ट्रिका साहित्य प्रतिष्ठानको साधारणसभाले कवि ऋषभदेव घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौंमा बिहीबार आयोजित सभाले उपाध्यक्षमा डा. शान्तिमाया गिरी, महासचिव मधु पाठक, सचिव सुमन घिमिरे र कोषाध्यक्षमा हरिबोल ढकाललाई चयन गरेको छ । सभाले सदस्यहरूमा सुष्मा आचार्य, छविरमण सिलवाल, डा. सृजना शर्मा र प्रदीप सापकोटालाई चयन गरेको छ ।...
‘पद्मश्री साहित्य पुरस्कार’का निम्ति उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

‘पद्मश्री साहित्य पुरस्कार’का निम्ति उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

नेपाल । खेमलोल हरिकला लामिछाने प्रतिष्ठानले बर्सेनि प्रदान गर्दै आएको ‘पद्मश्री साहित्य पुरस्कार’का निम्ति उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरिएको छ । संक्षिप्त सूचीमा छुदेन काविमोको आख्यान ‘उरमाल’, रमेश भुसालको गैरआख्यान ‘छालबाटो’, भवानी खतिवडाको नियात्रासंग्रह ‘प्रणाम सगरमाथा’, सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ परेका चितवनको रत्ननगरस्थित प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले उल्लेख गरेका छन् । ...
पूर्वराजदूत डा. लोकराज बरालको आत्मवृत्तान्त ‘रोमाञ्चित जीवन’ बजारमा

पूर्वराजदूत डा. लोकराज बरालको आत्मवृत्तान्त ‘रोमाञ्चित जीवन’ बजारमा

नेपाल । त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका भारतका लागि पूर्वनेपाली राजदूत डा. लोकराज बरालको आत्मवृत्तान्त ‘रोमाञ्चित जीवन’को दोस्रो संस्करण प्रकाशनमा आएको छ । २०७० सालमा पहिलोपटक प्रकाशित यो पुस्तक दोस्रो संस्करणमा परिमार्जित स्वरूपमा आएको छ । डा। बरालले लेखेका छन्, ‘...एक दशकको अन्तरालमा केही नयाँ घटना पनि थपिएका र अघि समावेश नभएका पुराना सम्झना र अनुभव पनि रोचक र मननीय भएकाले समावेश गरिएको छ । ...’ यस पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो ।...