२८ भाद्र २०८३, आईतवार

भाषा/साहित्य

साहित्यकार सरुभक्तलाई क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार प्रदान

साहित्यकार सरुभक्तलाई क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार प्रदान

नेपाल । कवि क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार सरुभक्तलाई प्रदान गरिएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले सरुभक्तलाई आइतबार पुरस्कार प्रदान गरेको हो । नेपाली साहित्यको उन्नयनमा पुर्‍याएको योगदानको कदर गर्दै प्राज्ञ सरुभक्तलाई पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो । पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ । क्षेत्रप्रताप अधिकारी स्मृति दिवस चैत ३० गते वितरण गर्ने भनिए पनि सरुभक्त विशेष कारणवश उपस्थित हुन नसक्नु भएकाले नेपाल प्राज्ञ–प्रतिष्ठान साहित्य काव्य विभाग विभागको आयोजना र मञ्चको सहआयोजनामा भएको दुईदिने गण्डकी प्रदेशस्तरीय प्रज्ञा नारी काव्य गोष्ठीका अवसरमा पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठान अध्यक्ष बालहरि अधिकारी, प्राज्ञ बाबा बस्नेतलगायतले संयुक्त रूपमा सम्मानपत्र र नगद प...
पद्मश्री साहित्य पुरस्कार-२०८१ को छनोट सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कार-२०८१ को छनोट सूची सार्वजनिक

नेपाल । पद्मश्री साहित्य पुरस्कार–२०८१ को छनोट सूची सार्वजनिक गरिएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । ०८१ मा २०३ साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएको थियो । तीमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ किताबको विस्तारित सूची उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए । काठमाडौं । पद्मश्री साहित्य पुरस्कार–२०८१ को छनोट सूची सार्वजनिक गरिएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । ०८१ मा २०३ साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएको थियो । तीमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ किताबको विस्तारित सूची उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए । सार्वजनिक विस्त...
‘राता मकै’ को जन्मोत्सवमा कलाकार, पत्रकार र समाजसेवी सम्मानित

‘राता मकै’ को जन्मोत्सवमा कलाकार, पत्रकार र समाजसेवी सम्मानित

नेपाल । लेखक, निर्देशक तथा हास्यव्यङ्ग्य कलाकार कमलकान्त मैनालीसहित कलाकार, पत्रकार र समाजसेवी सम्मानित हुनुभएको छ । वरिष्ठ हाँस्य कलाकार किरण केसी ‘राता मकै’ को ६८औँ जन्मोत्सवको अवसरमा आइतबार ललितपुरको इमाडोलमा आयोजित एक कार्यक्रममा उहाँहरू सम्मानित हुनुभएको छ । कलाकार केसीले आफ्नो जन्मदिन परिवारका सिमित व्यक्तिसँग मनाउन सकिने भए पनि कला क्षेत्रमा र समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका व्यक्तित्वलाई सम्मान गर्न चाहेको धारणा राख्नुभयो । वरिष्ठ हाँस्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले केसीको व्यक्तित्व कहिल्यै नथाक्ने, हसिलो, फुर्तिलो किसिमको रहेको भन्नुहुँदै शुभकामना व्यक्त गर्नुभयो । उहाँले हाँस्यव्यङ्ग्य क्षेत्रका कलाकारले घोचपेच गर्नुपर्ने हुँदा कसैले आफ्नो नसम्झिने भनाइ राख्नुभयो । कार्यक्रममा हाँस्यव्यङ्ग्य क्षेत्रका कलाकारहरू सबिता गुरुङ, सुशिला निरौला, निर्देशक तथा कलाका...
जीवन स्मृति प्रतिष्ठानद्वारा पाँच जना श्रष्टा सम्मानित

जीवन स्मृति प्रतिष्ठानद्वारा पाँच जना श्रष्टा सम्मानित

नेपाल । जीवन स्मृति प्रतिष्ठानले विभिन्न सर्जकलाई सम्मानित गरेको छ । साहित्यकार लीला उदासीलाई ‘जीवन स्मृति पुरस्कार २०७८,’ निबन्धकार युवराज नयाँघरेलाई ‘जीवन स्मृति पुरस्कार २०७९,’ कलाकार विक्रमश्रीलाई ‘जीवन स्मृति पुरस्कार २०८०’ तथा कथाकार रीता ताम्राकारलाई ‘जीवन स्मृति पुरस्कार २०८१’ बाट पुरस्कृत गरिएको हो । त्यस्तै ‘जीवन स्मृति युवा प्रोत्साहन पुरस्कार २०८१’ बाट सर्जक चोमु शेर्पा खुसी पुरस्कृत हुनुभयो । पुरस्कारको राशि १० हजार १११ रुपियाँ रहेको छ ।...
कवि मञ्जुललाई गोपालप्रसाद रिमाल पुरस्कार प्रदान गरिने

कवि मञ्जुललाई गोपालप्रसाद रिमाल पुरस्कार प्रदान गरिने

नेपाल । यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार कवि मञ्जुल (मेघराज शर्मा नेपाल) लाई प्रदान गरिने भएको छ । कविता, गीत, उपन्यास, यात्रा संस्मरण र अनुवादका माध्यमबाट दुई दर्जनभन्दा बढी कृति प्रकाशन गरेर नेपाली वाङ्मयलाई योगदान दिनुभएका मञ्जुललाई पुरस्कृत गर्ने निर्णय गरिएको साहित्य सदनले जनाएको छ । सदनका अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको थियो । साहित्य सदनका कोषाध्यक्ष साहित्यकार वसन्त रिजालको सौजन्यमा स्थापित ३० हजार राशिको पुरस्कार असार २१ मा रिमाल जयन्तीका अवसरमा प्रदान गरिने छ ।...
विश्वराज अधिकारीको ‘अनुभूतिका विविध प्रवाहमा’ भाग दुई लोकार्पण

विश्वराज अधिकारीको ‘अनुभूतिका विविध प्रवाहमा’ भाग दुई लोकार्पण

नेपाल । विश्वराज अधिकारीको ‘अनुभूतिका विविध प्रवाहमा’ भाग दुई लोकार्पण भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलले सम्पादन गर्नुभएको पुस्तक लोकर्पण भएको हो । समाजका अध्यक्ष ममता मृदुलले विदेशमा रहेर नेपाली भाषा, कला, साहित्यमा योगदान पुर्‍याउँदै आउनुभएको साहित्यकार अधिकारीको पुस्तक सम्पादन तथा लोकार्पण गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । अधिकारीले आफूलाई समेत लेखन क्षेत्रमा प्रोत्साहन गरेको भन्नुहुँदै साहित्य क्षेत्रमा योगदान पुर्‍याउनुभएको सर्जक तथा साहित्यका कृतिमाथि आगामी दिनमा समीक्षा गर्दै अघि बढ्ने धारणा राख्नुभयो । वरिष्ठ साहित्यकार एवम् गोरखापत्रका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठले लेखक साहित्यका नाममा विभिन्न नाटक मञ्चन भइरहेको अवस्थामा लेखक अधिकारीको सम्मानमा कार्यक्रम आयोजना गरेकोमा नारी स्रष्टा समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो...
लघुकथा: औषधि

लघुकथा: औषधि

-आर. आर. चौलागाईं- उसले पचहत्तर वर्षमा एउटी बीस वर्षकी केटीसँग विवाह गर्यो । अथाह सम्पत्ति । आँखाले नभ्याउने जमीन । बेहिसाब गरगहना । तर पनि केटी सधैँ चिन्तित । जहिले पनि झोक्राइरहने । उसले श्रीमतीको कति औषधि गर्यो । तर केही सीप लागेन । एक दिन उसको घरअगाडिको घरमा एउटा युवक डेरा लिएर बस्न थाल्यो । त्यस युवकसँग उनीहरूको आउनेजाने क्रम बढ्न थाल्यो । अचेल उसकी श्रीमती चिन्तित पनि छैन । झोक्राएकी पनि छैन । सधैँ प्रफुल्ल देखिन्छे । -हेटौंडा, मकवानपुर ।...
व्यंग्य : झोलेमय

व्यंग्य : झोलेमय

-आर.सी रिजाल- नाति-- अस्ति हजुरबाको सल्लाहनुसार भैंसीको निबन्ध लेखेर पुरस्कार पाएँ। भोलिको लागि सरले " झोले " को निबन्ध लेखेर ल्याउनु भन्नुभएको छ। हजुरबा-- झोले कहाँ पाइन्छ्न् ? कस्ता रंगका हुन्छन् ? ..... हजुरबा -- झोले आफ्नो तन्तु मालिकलाई चढाएको दुईखुट्टे जन्तु हो।यी यत्रतत्र सर्वत्र पाइन्छन्। झोलेका भालेपोथी सबै छेपारे रंगका हुन्छ्न्। नाति -- यसको न्वारान कसले गरेको र झोलामा के बोकेको हुन्छ्न् ?? हजुरबा -- झोले नामकरण खाँटी जनताले गरेका हुन्। यसलाई अङ्ग्रेजीमा एकलखे लगाएर " ब्यागे " भनिन्छ।यिनका झोलामा हावामा खेतीगर्ने मालिकले दिएको भ्रमका बिउले भरिएको हुन्छ्।झोलेले मालिकले दिएको चस्मा अनिवार्य पहिरनु पर्छ। जुन चस्माले गोबरलाई गुँदपाक र बड्कौंलोलाई पुस्टकारी देख्छन् र त्यसको उचित सदुपयोग गर्छन् पनि । नाति -- अन्तिममा मैले सोध्न बिर्सिएको तपाईंले भन्नुपर्ने केही कुरा छ्न् कि ? हजु...
बालकविता: असार महिना आयो

बालकविता: असार महिना आयो

- रमेशचन्द्र घिमिरे- मेरो मनमा किन किन खुसियाली छायो बर्खे झरी लाग्यो अनि असार महिना आयो पानी पर्न सुरु गर्ने चर्को घाम भाग्ने यै पानीमा रुझ्दै भिज्दै हिँड्न मन लाग्ने तिर्खाएको काकाकुलले पानी खान पायो रसिलो भो धर्ती जब असार महिना आयो बाउसे दाइले कोदाली र हली दाइले हलो बोकी हिँड्छन् खन्न, जोत्न आफ्नै खेतको थलो गोरु फर्काई हर्के दाइ उचाल्दै छन् सायो रमाउँदै हिलो खेल्न असार महिना आयो बिउ काढ्दै स्यानी आमा आफै मुठा पार्छिन् बिउको मुठा लिँदै दिदी फुकाएर सार्छिन् रोपारेले गाउने गीत भाइले पनि गायो छुपुछुपु धान रोप्ने असार महिना आयो बाको पछि लाग्दै भाइ खेतमा गएको छ स्कुल जान पर्दैन रे छुट्टी भएको छ आमासँग मागी भाइले दही-च्यूरा खायो बर्खे बिदा मनाउन असार महिना आयो । – भोर्लेटार, लमजुङ...
युवराज अधिकारीको कविता कृति ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक

युवराज अधिकारीको कविता कृति ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक

नेपाल । कवि युवराज अधिकारीको कविता कृति ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ । नेपाल वायुसेवा निगमका प्रमुख कार्यकारी अध्यक्ष अधिकारीको कविता कृति गैरीधारा स्थित एलिस रिसेप्सनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सार्वजनिक भएको हो। कार्यक्रममा कवि अधिकारीले आफ्नो साहित्यिक यात्राका बारेमा जानकारी गराउनुहुँदै दुई वटा कविता वाचन गर्नुभयो। कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी र साहित्यकार राजेन्द्र शलभले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा पाइलट विजय लामा र अभिनेता निखिल उप्रेतीले कविता वाचन गर्नुभयो। कार्यक्रममा सांसद डा. अमरेशकुमार सिंहसहितका पूर्वमन्त्री र सांसदको उपस्थिति थियो । कार्यक्रमको समापनमा लोकार्पित कविता कृतिको ‘‘आमा’ कविता रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा मन्चन भयो । एपेक नेपालका अध्यक्ष विश्वविमोहन ...