–मिथिला अधिकारी–
महोदय ! आँङ ढाक्नु कि,भोको पेट भर्नु, म दोधारमा छु
किताब किन्नु कि रोगको उपचार गर्नु, म दोधारमा छु
सरकार झुट बोल्छ, गाँस, बास, कपास दिन्छु भनेर सधैं
देशको यो हालत देखेर पनि बाच्नु कि मर्नु, म दोधारमा छु ।
–हेटौंडा, मकवानपुर ।
–तुलसी घिमिरे–
म के भन्दैछु प्यारी सुन्यौं तिमिले
कस्तो खराब बाटो चुन्यौ तिमिले
थिए कालाआँखा गहमा लुकेको
किन कारागारमा थुन्यौ तिमिले
बोलचाल नहुदा पनि लाग्छ पीर
कति धेरै जाल बुन्यौ तिमिले
सुम्पेर यो ज्यान दिएको हुँ मैले
नौनी जस्तो मनलाई उन्यौ तिमिले
राखेर मनलाई मन अर्को माथी
एउटै बनायौ अनि तुन्यौ तिमिले
–हेटौंडा, मकवानपुर ।...
–आर.आर. चौलागाईं–
न त वारि भयो न त पारि भयो
हाम्रो यात्रा अलपत्र भयो ।
न त बादल फाट्यो न त घाम उदायो
न त फूल फुल्यो न त कोइली कराएको सुनियो
बरु ग्रहण लाग्यो बरु आँधी चल्यो
हाम्रो यात्रा लथालिङ्ग भयो ।
न त हावा चल्यो न त नदी सुसायो
न त जून टल्क्यो न त टेक्ने ठाउँ भेटियो
बरु बाढी आयो बरु चट्याङ पर्यो
हाम्रो यात्रा अनिश्चित भयो ।
–हेटौंडा, मकवानपुर ।...
नेपाल । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण बुधबारबाट सुरु भएको छ ।
काठमाडौँको मण्डला थिएटरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले दमाहा बाजा बजाउँदै महोत्सवको सुरुवात गर्नुभयो ।
चैत १२ गतेसम्म चल्ने महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुँदै छन् । महोत्सवमा नाटकसँगै कविता, सङ्गीत, नृत्य प्रदर्शनीलगायत हुने छन् ।
महोत्सवको पहिलो दिन पशुपति राईद्वारा निर्देशित ‘उम्लिँदो खरानी र लेम्लेमा’ नाटक प्रदर्शन गरिएको थियो । त्यसपछि २३ कविले कविता प्रस्तुत गर्नुभएको थियो भने किरण नेपाली र दिप्सन पुतुवारले ‘फोकट्र्रोनिक्स’ शीर्षकमा साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।...
अमेरिका । अमेरिकामा रहँदै आएका विभिन्न क्षेत्रका ज्ञाता, प्रवुद्ध वर्ग तथा पत्रकारहरुले पछिल्ला वर्षहरुमा विकसित हुँदै गएको कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल ईन्टेलिजेन्स–एआई) ले भाषा, साहित्य र मिडियामा गम्भीर असर पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
एआईको प्रयोगबाटट सिर्जना हुने विभिन्न सामग्रीहरुले सृजनात्मकता र यथार्थतामा चुनौती सृजना गर्ने उनीहरुको भनाइ छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको आर्टिफिसियल ईन्टेलिजेन्सको युगमा भाषा, साहित्य र प्रेसको स्थान विषयक बौद्धिक छलफल कार्यक्रमलाई सम्बोधन गर्दे अनेसासका वोर्ड अफ ट्रष्टीका पूर्व अध्यक्ष डा श्याम कार्कीले एआईको प्रयोगले भाषा,साहित्य र मिडियाको क्षेत्रमा सहज बनाए पनि यसले साधन र तपस्या नगर्ने सर्जकहरुलाई समेत स्थापित गराउन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
मेरिल्याण्ड राज्यका विधायक डा हयारी भण्डारीले...
नेपाल । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा भएको तीनदिने ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ को प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार समापन गर्नुभएको छ ।
सम्मिलनको अन्तिम दिन समाजमा घटेका विभिन्न घटनाक्रमलाई सञ्चार गर्ने क्रममा मिडियाले प्रयोग गरिरहेको भाषाका विषयमा परिसंवाद भएको छ । ‘सञ्चार माध्यममा नेपाली भाषा’ विषयमा भएको परिसंवादमा पत्रकार अखण्ड भण्डारीले पछिल्लो समय नेपाली मिडियाले नेपाली भाषालाई बिगारेर लेखिरहेको र भाषामा दक्षता आवश्यक पर्ने उल्लेख गर्दै मिडियामा काम गर्नेका लागि समय समयमा तालिम आयोजना गर्न सुझाव दिनुभयो ।
सार्वजनिक सेवा प्रसारण संस्थाका बोर्ड अफ डाइरेक्टर्स फूलमान बलले भाषाले मनोविज्ञान र संस्कृति बनाउने भएकाले नेपाली समाजमा रहेका आदरार्थी शब्दलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । “मिडियामा अपराधीलाई तिमीकरण गर्ने र बाँकीलाई भाषाको गहनता अनुसार...
नेपाल । पाँचथरको तुम्बेवा गाउँपालिकामा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा अछामका कवि हिक्मत रावल प्रथम हुनुभएको छ ।
प्रतियोगितामा सहभागी विभिन्न जिल्लाका २० जनालाई पछि पार्दै रावलले ५० हजार राशि नगदसहित प्रतियोगितामा पहिलो स्थानको पुरस्कार पाउनुभएको हो ।
यस्तै उदयपुरका जीवन आरोहिले दोस्रो र तेह्रथुमका भगिश्वर तेयुङले तेस्रो स्थान सुरक्षित गर्नुभएको छ। प्रतियोगितामा दोस्रो हुनेलाई नगद २५ हजार र तेस्रोलाई १२ हजार पाँच सय रुपियाँ नगदसहित पुरस्कृत गरियो ।
प्रथम ऐतिहासिक तुम्बेवा महोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पहिलो चरणमा प्राप्त भएका एक सय ३१ मध्ये छनोटमा परेका २१ जना कवि कविता वाचनमा सहभागी थिए । प्रतियोगिता कोर्काली अध्ययन केन्द्रले आयोजना गरेको थियो ।
निर्णायकको भूमिका डा. रमेश शुभेच्छुक र स्रष्टाद्वय मुनाराज शेर्मा र सुमित्रा वाङ्देल (चेली) ले निर्वाह गर्नुभएको थियो ।...
नेपाल । नवसर्जक साहित्य चौतारी नेपालको मधेस प्रदेश समितिको आयोजनामा रौतहटमा पहिलो जिल्ला समिति गठन भएको छ । होली (फागु)को अवसरमा गरिएको यस कार्यक्रममा रचना वाचन तथा फागु गीतसमेत प्रस्तुत गरिएको थियो ।
राजन गुप्ताको अध्यक्षतामा गठित यस समितिको उपाध्यक्षमा रोशनी यादव र श्वेता यादव, सचिवमा नितेश साह, कोषाध्यक्षमा गुड्डी यादव, तथा सदस्यहरूमा मुस्कान सिंह, मनोरमा साह तथा अञ्जना यादव रहेका छन् ।
यस कार्यक्रममा शुभकामना मन्तव्य दिने तथा रचना वाचन गर्नेहरूमा वृजकिशोर यादव, सञ्जय साह मित्र, दीपक गौतम, बिन्दा साहनी, रमेशमोहन अधिकारी, रेनु गुप्ता, डीबी बर्तौला, राजकुमार लामिछाने, किसुनदयाल यादव, प्रभा पौडेल, रामशरण रिजाल, धनदेव जोशी, हरि जीसी, सरोजकुमार साह, पोनाहाङ्मा लोबा, स्वस्तिका दाहाल, रोशन गडतौला, प्रविना प्रयासी, प्रतिमा पौडेल, अम्बिका विश्वकर्मा, शिवशङ्कर झा, शिवचन्द्र साह, सोनालाल यादवलगा...