२८ भाद्र २०८३, आईतवार

भाषा/साहित्य

सुकन्या वाइवा र भूपाल बस्नेतलाई योगमाया राष्ट्रिय स्रष्टा सम्मान

सुकन्या वाइवा र भूपाल बस्नेतलाई योगमाया राष्ट्रिय स्रष्टा सम्मान

नेपाल । नेपाल स्रष्टा समाजले ‘योगमाया राष्ट्रिय स्रष्टा सम्मान २०८२’ सुकन्या वाइवा र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान २०८२’ भूपाल बस्नेतलाई प्रदान गरेको छ । सम्मानका साथ वाइवालाई नगद राशि २५ हजार १११ तथा बस्नेतलाई ५१ हजार एक रुपैयाँ प्रदान गरियो । आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा सामाजिक अभियन्ता दुर्गा घिमिरेले सर्जकहरूलाई पुरस्कृत गर्दै योगमायाको व्यक्तित्व र उनको निष्ठा एवम् त्यागबारे चर्चा गरिन् । साहित्यकार श्रीओम रोदनले योगमायालाई राष्ट्रिय विभूतिको रूपमा घोषणा गर्नुपर्छ भनेर आफूहरूले भन्दै आएको बताए । सम्मानित व्यक्तित्व वाइवाले नेपालीको मनभरि योगमाया छाएको बताउँदै पारिजातले समेत योगमायालाई बहुआयामिक व्यक्तित्व मानेको चर्चा गरिन् । ...
गोपालप्रसाद रिमाल पुरस्कार वरिष्ठ साहित्यकार ‘मञ्जुल’ लाई प्रदान

गोपालप्रसाद रिमाल पुरस्कार वरिष्ठ साहित्यकार ‘मञ्जुल’ लाई प्रदान

नेपाल । यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार वरिष्ठ साहित्यकार मेघराज शर्मा नेपाल ‘मञ्जुल’ लाई प्रदान गरिएको छ । कवि तथा नाटककार गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालद्वारा शनिबार आयोजित पुरस्कार अर्पण समारोहमा साहित्यकार मञ्जुललाई पुरस्कार प्रदान गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीतसङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको बताउनुभयो । मन्त्री पन्तले गीत सुनरै आफूहरू प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा सहभागी भएको भन्दै गीतले दैनिक जीवनमा पारेको प्रभावबारे अध्ययन गरिनुपर्नेमो जोड दिनुभयो । प्रतिनिधि सभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले काठमाडौँको उत्तरपूर्वी भेग साहित्यिक रूपमा अग्रस्थानमा रहेको बताउनुभयो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, साहित्य सदनका अध्यक्ष हेमनाथ पौडेल, शान्त...
रञ्जु दाहाललाई चिरञ्जीवी नेपाली स्मृति सम्मान समर्पण

रञ्जु दाहाललाई चिरञ्जीवी नेपाली स्मृति सम्मान समर्पण

नेपाल । चिरञ्जीवी ‘नेपाली’ स्मृति प्रतिष्ठान चितवनको आयोजनामा मकवानपुरको दिव्य सेवा निकेतन, रातमाटे हेटौंडामा नियात्राकार रञ्जु दाहाललाई रु. १५,०००÷– सहित चिरञ्जीवी नेपाली स्मृति सम्मान समर्पण गरिएको छ । सो कार्यक्रममा रञ्जु दाहाल, रमेशमोहन अधिकारी, मञ्जु कोइराला, अप्सरा पुडासैनी, महेन्द्र कोइरालालगायतले रचना वाचन गर्नुभएको थियो भने निमेष निखिल, सुवास खनाल, भावना सापकोटा, विश्वनाथ सन्जेल, चिरञ्जीवी लामिछाने, उमेश तिमल्सिना, ॐभक्त भण्डारी, सन्जित श्रेष्ठ, वीणा पोखरेल, गौरी कँडेल, मदन विक, सुमनकिरण आदिले कविता, गजल तथा मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रममा जनार्दन खनाल, अरुण खतिवडा, डीबी बर्तौला, पूर्णकला घिमिरे, देवराज तिवारी, निरा पराजुलीलगायतका साहित्यकारको समेत उपस्थिति थियो । कार्यक्रमको सञ्चालन कपिल अज्ञातले, प्रमुख आतिथ्य प्रोल्लास सिन्धुलीयले तथा सभाध्यक्षता निर्मोही व्यासले गर...
कबिताः झोले

कबिताः झोले

-सुदीपभद्र खनाल- झोला बोक्नेलाई झोले भन्ने र मान्ने हो भने झोले म पनि हूँ फरक यत्ति हो मैले बोकेको झोलामा तिम्रो झोलामा जस्तो खोला छैन पहेँलो धातु किलोका किलो होइन एकतोला अझ एक लाल पनि छैन हुनत मेरो झोला घेरा फाटेको टोपी र नौ ठाउँमा च्यातिएको धोती लगाउने आम जनताको झोला हो बिसे नगर्ची र बिराज बखेतीहरूको झोला हो योगमाया र यज्ञबहादुर थापाहरूको झोला हो तिम्रो जस्तो टेबुलमुनिबाट बग्ने खोलामा भेटिने ठुला माछाहरू रमाउने झोला होइन देशकै विरूद्दमा आफ्नै स्वार्थ सिद्दीहेतु परायाको गोप्य विषय वस्तु बोक्ने झोला होइन देश डुबाएर आफू सप्रने घोटाला, ठेक्कापट्टा र गोप्य लेनदेनको फेहरिस्त लुकाउने कुनै बिचौलियाको झोला होइन हुनत मेरो झोला पनि झोलानै हो तर मेरो झोला ठुलठुला हाकिम र चियाबगान बेच्नेहरूले घुस खाएको पैसा ओसार्ने चिल्लो विदेशी सुट्केशजस्तो झोला होइन सरकारी जमीन हड...
लघुकथा: खाक !

लघुकथा: खाक !

-आर.सी रिजाल- सुकेको आँपको रुखलाई टोलाएर बसेको बुढा वृक्षकुमारको मनमा कुरा खेल्छ --" भोलि छोराले यो आँपको रुख कटाउदै छ। यो रुख रोपेको पचास बर्ष भयो होला।केही बर्ष मैले मलजल गरेँ। रोपेको ८/१० बर्षपछि फल दिन सुरु गर्‍यो ।कयौं घाम, पानी,हुरि,बतास सहेर हुर्क्यो।फल आफुले नखाई हामि लगायत अन्य जिवलाई खुवायो। केही बर्षपछि फल्न छोड्यो र हामिलाई छहारी दिने काममात्र गर्‍यो।परार सालबाट पालुवा फेर्न सकेन। खङग्रङ् भयो। चराचुरुङ्गीको बासस्थानसमेत हरायो। केहिबेरपछि उसलाई अर्कै तर्कनाले तान्छ र आफ्नो जिन्दगीलाई रुखसँग दाँज्न पुग्छ -- सानोमा मैले सन्तानलाई आँपको बिरुवालाई झैँ मलजल गरेर हुर्काएँ। रुखले आफू दुषित कारवण्डाइ अक्साइड तानेर जिवित प्राणीलाई सुध्द अक्सिजन दिए झैँ मैले सुकिलोमुकिलो, मिठोपिठो खाएर सन्तानलाई असल शिक्षा र स्वस्थ खानपानको प्रबन्ध गरेँ । उनिहरु हुर्किए आआफ्नो काम गर्न लागे। ऎले सन्तान ...
कविता: सडक

कविता: सडक

-आर. आर. चौलागाईं- सडकलाई कसैले पनि ख्यालख्याल नसम्झिनू सडकले जे पनि गर्छ । सडकले जिन्दावाद पनि भन्छ सडकले मूर्दावाद पनि भन्छ सडकले अबीर पनि दल्छ सडकले कालो पनि दल्छ सडकले फूलको माला पनि लगाउँछ सडकले जुत्ताको माला पनि लगाउँछ । सडकले मैनबत्ति पनि बाल्छ सडकले टायर पनि बाल्छ सडकले खुसियालीमा बाजा पनि बजाउँछ सडकले शौचालयमा पनि थुन्छ सडकले व्यवस्था पनि टिकाउँछ सडकले व्यवस्था पनि फाल्छ । सडकलाई कसैले पनि खेलाँची नसम्झिनू जो पनि सडकबाटै आएका हुन् । -हेटौंडा, मकवानपुर । ...
तीन हाइकु

तीन हाइकु

-लक्ष्मी श्रेष्ठ ‘रेशमी’- १। बर्खाको भेल उर्लेको छ खहरे नतर्नु खोलो २। भुलेको छैन रङ्गमन्चको कला खसेको पर्दा ३। कस्तो छु कुन्नी देख्दिन आफैंलाई ऐनामा जादु -चन्द्रपुर, रौतहट
बालकविता: वातावरण जोगाऔँ

बालकविता: वातावरण जोगाऔँ

-रमेशचन्द्र घिमिरे- हुल देख्दा चिर्बिर गर्ने चरा–बचेराको फेरि याद आउँछ मलाई आफ्नै पखेराको पिस्ती खोला जाँदा पनि जङ्गल काटी जान्थ्यौँ ऐँसेलु र बयरलाई खुसी बाँडी खान्थ्यौँ ऐँसेलु र बयरको झ्याङ छैन आज वन फाँड्ने मान्छेलाई केको रात–साँझ ? दिउसै पनि लाग्थ्यो मलाई चितुवाको डर लाग्छ अचेल मान्छेको नै जो छन् वरपर वन फाँड्ने मूर्खहरू बनेका छन् ठालू बाँदरले नै राज गर्छन् छैनन् बाघ–भालु डढेलाको कालो देख्दा रुन्छ मेरो मन डाँडाकाँडा छिचोल्दा’नि देखिँदैन वन गाई चर्ने जङ्गलमा कुखुराको बास घाँस पनि नपाए’सि के पो गर्ने आश ? जङ्गल फाँडी काठ काट्ने सुन दाजुभाइ एउटा रुख हुर्काइदेऊ छोरा–नातिलाई । -भोर्लेटार, लमजुङ ।...
प्रमोद नेपालको मुक्तककृति ‘हत्केलामा घाम’ सार्वजनिक

प्रमोद नेपालको मुक्तककृति ‘हत्केलामा घाम’ सार्वजनिक

काठमाडौं । साहित्यकार प्रमोद नेपालको मुक्तककृति ‘हत्केलामा घाम’ सार्वजनिक गरिएको छ । गत शनिबार (असार १४) काठमाडौंमा साहित्यिक संस्था कल्पतरु प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपालका केही गीत पनि सार्वजनिक गरिएको हो । कृति सार्वजनिक गर्दै साहित्यकार वियोगी बुढाथोकीले उनका मुक्तकको चर्चा गरे । सार्वजनिक मुक्तकको पुस्तकमाथि प्रा. कपिल अज्ञातले समीक्षात्मक मन्तव्य दिए । विजयध्वज थापाले गीतका विषयमा बोले । कार्यक्रममा गोविन्द घिमिरे ‘वेदमणि’, कृष्ण प्रधान, डा। कृष्णप्रसाद दाहाल, नवराज पुडासैनी ‘ज्योत्सना’, प्रमोद नेपाल, रामप्रसाद पन्तलगायत साहित्यकारले बोलेका थिए ।...
भानु जयन्ती चुँदीरम्घामा तीन दिनसम्म मनाइने

भानु जयन्ती चुँदीरम्घामा तीन दिनसम्म मनाइने

नेपाल । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती उनको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रम गरी तीन दिनसम्म मनाइने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम आयोजना हुनेछन् । विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । भानुभक्तका समकालीन साहित्यकार मोतीराम भट्टले उनलाई आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षालगायत कृति लेखेका थिए । उनका ती कृतिका पाण्डुलिपि संग्रह गरेर मोतीराम भट्टले पुस्तकका रूपमा प्रकाशन गरेपछि उनी नेपाली साह...