लघुकथा: को खाइ ? को खाइ ?
-आरसी रिजाल-
आमाले हिजो बिहान बेलुकी खाना नखाएको कुरा श्रीमतिले श्रवणलाई सुनाइन् ।
श्रवणले -- कहिलेकाहीँ तिमी झर्केर बोलेको सुन्छु।आमाको चित्त दुखेको हो कि? आमा किन नखानु भएको भनी सोधेनौ? ८० बर्षे बुढी आमा बिरामी पर्लिन् भन्ने डर।
श्रीमती -- नरम भएर कति चोटि भनेकी हुँ।मुख फुलाएर बस्नु भा'छ। हजुरले हो आमालाई बढी पुलपुल्याएको भनिन्।
भोलिपल्ट श्रवण आमाको कोठामा खाना लिएर प्रबेस गर्छ्न् -- आमा तपाईंले हिजो खाना खानु भएको छैन रे! बुहारीले हिजोराती मलाई सुनाइन् । ल खानुस्।तपाईंले नखाने हो भने म पनि खान्न भने।
आमाले-- भात त्यही राख्दे ।भोक लागेपछि म आफैं खान्छु।तँलाई अफिस जान ढिलो हुन्छ।तँ खाएर जा भनिन् ।
अनेक तिगड्म लगाउदा पनि केही नलागेपछि श्रवणले चम्चामा भात लिएर आमाको अनुहारमा हेर्दै -- २/३ पटक " को खाई ?को खाई? आमाले खाई । " भन्दै फकाउन लाग्यो। यो भनाई सुन्दा आमाको आँखा छच्लकिए । सायद ...









