लघुकथा: यस्तो पनि हुन्छ ?
-धनराज गिरी-
--- " यार सुखौरीकान्त अयोध्या,तिमी यहाँ ?" वीरेन्द्र कलेज भरतपुरमा सात बर्षअघि बिछोड भएको रुमपार्टनर देखेर, लाहानराज सिन्धुलीय,यी दुई अङ्ग्रेजी र नेपालीका उपप्राधापक, उही आयोगबाट सफल,यसपालि। " आहा,यार मज्जा आयो,तिमी पनि?" " हो त, म पनि,प्रेमसागर साथीले मिलाए,आइयो। " सुखौरी अतरियाको, सिन्धुलीय सिराहाको। क्वाटर पाए। छिमेकी बने। एक्लै,एक्लै। एक महिना बित्यो। दुई मित्र नै पहिला अति रमाइला,तर यतिखेर भित्र भित्र केहीले सताएजस्तो।
विदा आज,शनिवार। सौराहा गए। हल्का पिए। रापतीको किनारमा। " हामीले आपसमा केही लुकाएजस्तो लाग्यो यार!" सुखौरी। लागेछ। " केही छ र तिमीसित त्यस्तो ?" लाहानराज। " भनेर के हुन्छ? " उसको मनले सोच्यो। एक बोतल बियर थपे। " यार,बिहे भएन र?" सुखौरी। उदास ऊ पनि। अनि किस्सा सुनायो सिन्धुलीयले। " यार,मेरी एक प्रेमिका थिई,बाअमाले अर्कै खोजेका, मैले भन्न भ्याइन। जबर्जस्ती...









