
कविताः डाइसका गोटीहरू
–राम उदित–
गुडुर गुडुर हल्लिरहेका छन्
डाइसका गोटीहरू
उनीहरूलाई केवल
हल्लिनु छ र
पटकपटक
उत्तानो पर्नु छ ।
सत्रन्जा फिँजाइएको छ भुँइमा
शिरमा बस्ने श्रीमुकुट
त्यही भुँइमा खसेको छ
हिमाल माथि लहराउने झण्डा
त्यही भुँइमा तेर्सिएको छ
सान, सौकत ,सुरत सबैमा
दाउ थापिएका छन्
पुर्ननिर्माण पर्खिरहेको इँटा दाउमा छ
सम्मानको सगुन बन्नु पर्ने पानमाथि
पनि दाउ थापिएको छ
दाउ जहाँ सुकै लागोस्
उनीहरूलाई केही मतलब छैन
बदलामा जेजे सोहोरियोस्
उनीहरूलाई बाल मतलब छैन
हल्लाउने अर्कै छ
हामीलाई सबैथोक दाउमा राखेर पनि
रमिते बन्नु छ
कतै दोब्बर चौब्बर हातलागि
हुन्छ कि भनि तिनैतिर फर्कनु छ ।
केवल हल्लिनु छ उनीहरूलाई
पैसा सोहोर्ने मामलामा कुनै भन्सार
कार्यालयभन्दा कम छैनन् उनीहरू
उत्तानो पर्ने मामलामा
कुनै संसद भन्दा कम छैनन् उनीहरू
उता अस्मिताको तिलहरी दाउमा छ
यता स्नेहको प्रतीक पान दाउ...