२३ कार्तिक २०८२, आईतवार

भाषा/साहित्य

वनमाया मिसको कविता

वनमाया मिसको कविता

-डा. नवराज लम्साल- ..... वनमाया मिस कविता सुनाउन मञ्चमा आउनुभयो मिसको आगमन आफैँमा कविताजस्तो लाग्यो ! मिस एउटा कविता सुनाउनुस् न ! तपाईँको बिहे कति वर्षमा भयो कति वर्षदेखि बस्नुभयो छाउगोठ गोठमा सर्प आयो कि मान्छे एक्लै बस्दा डर लाग्यो पीर बाआमा बाआमाजस्तै लागे कि कुनै अज्ञात दुश्मनजस्ता कुमारी सपना र अजङ्गको पहाड कुन अग्लो ? मिस एउटा कविता सुनाउनुस् न ! तपाईँको मुहारको नीलो डाम के हो हातको कालो भाँडा माझेर हो कि घाँस काटेर कुर्कुच्चा फुटेको चप्पल नभएर कि ढुङ्गाले लागेर स्कुल आउँदा बोकेको झोलामा टिफिन छ कि सासूका लागि किनेको औषधी ? छोरी भएर पुल्पुलिने उमेर नसकिँदै श्रीमती हुँदा, बुहारी हुँदा, आमा हुँदाको अनुभव कस्तो हुनेरहेछ ? मिस एउटा कविता सुनाउनुस् न ! घाँस बिसाएर हतारिँदै आएकी छात्रालाई ढिलो आई भनेर गाली गर्नुहुन्छ कि कठै भन्नुहुन्छ क...
लघुकथाः निष्कर्ष

लघुकथाः निष्कर्ष

–रमेशचन्द्र घिमिरे– दाजुभाइको घरझगडा दिन प्रतिदिन चर्किंदै गयो । कुटाकुटको अवस्थासम्म आयो । ’अर्काको घरका दाजुभाइ लडेको पनि के हेर्नुरु’ भनेर जोरीपारीले खासै चासो दिएनन् । दाइको अन्याय सहन नसकेको बहाना अघि सार्दै न्यायको खोजीका लागि भाइले छिमेकी गुहार्‍यो । छिमेकीले मतलब राखेनन् । भाइको व्यवहारबाट आजित भएको बहाना बनाउँदै दाइले गाउँलेसमक्ष हारगुहार गर्‍यो । गाउँलेले वास्ता गरेनन् । दुवैको राजनैतिक पार्टी एउटै थियो । भाइले न्याय पाउने उपाय रच्दै बठ्याइँ खेल्यो र पार्टी परिवर्तनको घोषणा गर्‍यो । भोलिपल्ट दाजु र भाइका समर्थक पार्टीका नेताहरू झगडाबारे बुझ्न उनीहरूको घरमा प्रवेश गरे । दुवै पार्टीका नेताले आफ्नो समर्थकलाई पीडित र विपक्षीलाई पीडक ठहर्‍याउँदै दोषीमाथि कार्यवाही गरी पीडितले न्याय पाउनुपर्ने निष्कर्ष निकाले । -भोर्लेटार, लमजुङ ।...
सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ को विमोचन

सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ को विमोचन

नेपाल । साहित्यकार सरस्वती प्रतीक्षाको “स्व” उपन्यास विमोचन भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकार घनश्याम खड्का, लेखक सगुना शाह र सरस्वाती प्रतीक्षाले लोकार्पण गरेको थिए । सात बर्ष अघि प्रकाशित भएको उपन्यास नथिया प्रति पाठकहरुबाट राम्रो प्रतिक्रिया पाए पछि स्व उपन्यास लेखेको साहित्यकार प्रतिक्षाले बताइन । यस उपन्यासमा समाज, दर्शन र चिन्तन रहेको उनको भनाई छ । “स्व” उपन्यास लेख्नलाई साहित्यकार प्रतिक्षालाई सात बर्ष समयवधि लागेको थियो । मानिसका प्रयत्न खुशीको खोजी भएको र आफै भित्रको यात्राबाट मात्र पाउन सम्भव रहेको र उक्त यात्राको खोजका निम्ति स्व उपन्यास उपयुक्त रहेको वक्ता घनश्याम खडकाले बताए । लेखक सगुना शाहका अनुसार उपन्यासले बौद्ध दर्शन र त्यसको संवरणलाई उपन्यासको मुख्य पात्र सप्तम मार्फत उतारेको र यस उपन्यासले स्वयमको अस्तित्वलाई खोजेको बताइन् । साहित्यकार प्रतिक्षाको यो ‘न...
बालकविता लेखन कार्यशाला सम्पन्न

बालकविता लेखन कार्यशाला सम्पन्न

नेपाल । नवसर्जक साहित्य चौतारी नेपालको आयोजनमा बालकविता लेखन कार्यशाला सम्पन्न भएको छ । २ दिने लेखन कार्यशालाका क्रममा शुक्रबार लेखनशील्पका सैद्धान्तिक विषयवस्तु प्रस्तुत गरी कविता लेखन अभ्यास गराइएको थियो । बालसाहित्य लेखक रमेशचन्द्र घिमिरेमार्फत् लेखनसम्बन्धी प्रशिक्षणबाट सुरू भएको कार्यक्रम शनिबार रचना वाचनसहित समापन भएको हो । कविता लेखन सहजीकरणका क्रममा चराचुरूङ्गी किटपतङ्ग, मौसम, बालखेल, मातृभूमिसम्बन्धी प्रेम, चाडपर्व तथा सँस्कृति, नाता सम्बन्ध, बाल्यकालका अनुभव, बालजिज्ञासालगायतका १२ वटा विषयहरूलाई उदाहरणसहित प्रस्तुत गरी कविता लेखनमा सहजीकरण गर्नु भएको हो । दोस्रो दिनको कार्यक्रममा रोशन गड्तौलाले मौसम परिवर्तनमार्फत् पर्या कविता प्रस्तुत गर्दा आभाश्री सापकोटाले ‘मेरी आमा’, प्रेरक गौतमले ‘मेरा बाबा’, कुशल अधिकारीले ‘विद्यालय जान्छु म’ का साथै शुभेच्छा अर्याल, मनुश्री चापागाईँ, आय...
लघुकथाः पण्डितको साइत

लघुकथाः पण्डितको साइत

–रमेशचन्द्र घिमिरे– ‘गल्लीपारिका वृहस्पति ढकालले भेट्न खोज्दै थिए, हजुरलाई !’ मन्दिर पुगेर आउँदै गरेका पण्डित बाजेलाई पण्डितनी बज्यैले दैला ठेलामै सम्झाइन् । ‘घरपैंचो कि के जातिका लागि साइत हेर्दिनुपर्‍यो भन्दै थिए ।’ ‘आइतबार आइतकुमारको घरमा एकाहा, सोमबार सोमवीरको घरमा रुद्री, मङ्गलबार मङ्गली भाउजूकोमा वार्षिकी ...’ पण्डित बाजेले आसकोटको खल्तीबाट चस्मा निकाल्दै टिपोट हेरेर बोल्दै गए । त्यति नै बेला घरपैंचोको साइत हेर्ने कुरा सम्झाउँदै वृहस्पतिको फोन आयो । पण्डित बाजेले राशिको नाम सोधे जस्तो गरे । ‘राशि वृश्चिक, राशिको नाम यिश्वर...’ उताबाट आवाज आयो । ‘वृश्चिक राशि तो ना नि नु ने या यि यु ... भनेपछि मैले कुरा बुझें । पात्रो हेरेर एकछिनपछि फोन गर्छु भनेर फोन राखिहाले । पण्डित बाजेले अघिको क्रम फेरि अगाडि बढाए । ‘बुधबार बुद्धिप्रसादकी छोरीको बिहे, शुक्रबार शुकमाया भाउजूकोमा सरा...
गजल

गजल

–लक्ष्मण आचार्य– कहिलेकाहीँ जिन्दगी नि यति मिठास भइदिन्छ । भोकभोकै बाँच्दा पनि कुनै उपवास भइदिन्छ । दुःख पोख्न दुनियाँ सामु आशु झार्नु बेकार छ तिम्रो दिलको आर्तनाद यहाँ उपहास भइदिन्छ । मन पराई कसैलाई दिलभित्र राखेको थिएँ के थाहा उहीँ मान्छे अरूको नै खास भइदिन्छ । खोज्ने गर्छन् सबै यहाँ सुख अनि खुसियाली घेर्दा दुःखले सपनाको उठिवास भइदिन्छ । –चन्द्रपुर, रौतहट ।...
कविताः खोला तरेपछि टेकेको लौरो फाल्नेहरु

कविताः खोला तरेपछि टेकेको लौरो फाल्नेहरु

–लक्ष्मी ‘रेशमी’– खोला तरेपछि टेकेको लौरो फाल्नेहरु उचाईमा पुगेर धरातल फर्की नहेर्नेहरु झुकेकै छन् जराबाट फुलेर फलेकाले सर्वेसर्बा ठान्छन् टुप्पोबाट पलाएकाहरु नहटाउनु खोँचका टुइन, झोलुङ्गे पुलहरु बनाइराख्नु पहाडमा अझै अग्लो भ्युटावरहरु तैँ चुप मैँ चुप सबै चुप बसेकाले झरिरहनेछन् खच्चड र स्कुलजाने बचेराहरु खस्नुपर्ने तिमी थियौ खसे ती अबोधहरु बचाइराख अझै पनि तिम्रा ती सिंहासनहरु गाउँ गाउँ सहर सहर सिँहदरबार पसेकाले भोगिरहेछन् बिना अपराध प्राणै लिने सजायहरु । –चन्द्रपुर, रौतहट ।...
श्रीराम अधिकारीका तीन गजल

श्रीराम अधिकारीका तीन गजल

-श्रीराम अधिकारी- १. ओरालो झरेपछि उकालो आयो सायद मेरो अग्लिने पालो आयो । हातको ठेला अझै निको भाको छैन आज बिहानै भेट्न कोदालो आयो । यो मुटुको पाखो बेचिसके पछि गोड्मेल गर्छु भन्दै खेतालो आयो । नाम्लो त पुरानै हो फेरेको छैन आज नयाँ डोको आयो डालो आयो । हात छउन्जेल कोही आएनन् भेट्न जब हात काटियो अंगालो आयो । ब्यबस्था फेरियो भन्छ सरकार कालोको सट्टा सेतो बिरालो आयो । २. बुझ्न त बुझियो जिन्दगी अलि ढिलाबाट गुनासो छैन् किन बुझिनछु पहिलाबाट । ति उदास अनुहारहरु नै प्रिय लाग्छन् घरिघरी धोका पाएदेखि हँसिलाबाट । ए मूर्ख हो किताब भित्र संसार नखोज मैले मेहेनत सिकेको हुँ कमिलाबाट । स्टेफनको आत्मबिश्वास पढेपछी लाग्यो ब्रम्हाण्ड जोड्न सम्भब छैन दरिलाबाट । ३. त्यो ओठमा खुशी एकदिन जरुर मिल्छ यात्रा भरि यस्तै भनिदिने चतुर मिल्छ । सबै भन्छन् जिन्दगिको आफ्नै लय हुन...
उत्तर अमेरिकाव्यापी नेपाली कविता प्रतियोगिता हुने

उत्तर अमेरिकाव्यापी नेपाली कविता प्रतियोगिता हुने

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र एएनएको सहआयोजनामा उत्तर अमेरिकाव्यापी नेपाली कविता प्रतियोगिता हुने भएको छ । आगामी जूलाई १९–२१ सम्म अमेरिकाको क्यालिफोर्निया स्थित सन्फ्रान्सिस्को शहरमा हुन लागेको दि एशोसियशन अफ नेप्लिज इन अमेरिका (एएनए) को सम्मेलनका अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागी हुन इच्छुकहरुले जुलाई १० भित्र कविता पठाउन सक्ने छन् । कविता अधिकतम २०० शब्दको हुनु पर्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५००, ३०० र २०० डलर पुरस्कार पाउने छन् । ...
अनेसासको निर्वाचनका लागि पहिलो चरणको मतदाता नामावली सार्वजनिक

अनेसासको निर्वाचनका लागि पहिलो चरणको मतदाता नामावली सार्वजनिक

अमेरिका । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको सन् २०२४ जुलाई ६ र ७ गते हुन गइरहेको निर्वाचनका लागि पहिलो चरणको मतदाता नामावली सार्वजनिक गरिएको छ । अनेसासले उक्त नामावली inls.org मा सार्वजनिक गरेको हो । अनेसासका अध्यक्ष गोवर्द्धन पूजाका अनुसार यो पहिलो चरणको नामावली हो र पछि पुनः संशोधनसहित प्रकाशन हुनेछ । नामावलीमा छुटफुट भएका आजीवन सदस्यहरूको नाम केन्द्रीय कार्यसमितिले अद्यावधिक गरी जून १३, २०२४ सम्म पुनः प्रकाशन गर्ने योजना रहेको पनि बताइएको छ । मतदाता नामावली तलको लिंकमा क्लिक गरी हेर्न सकिने छ: http://inls.org/member/lifetime_members अनेसासको केन्द्रीय समिति चयन गर्न निर्वाचन समिति गठन अनेसासको निर्वाचन तालिका सार्वजनिकः उम्मेदवारी दर्ता र मतदान कहिले ?    ...