
कविता: एउटा झोले कार्यकर्ताको स्पष्टीकरण
-आर. आर. चौलागाईं-
म त एउटा बफादार झोले कार्यकता हुँ पार्टीको
कहिले कसको कहिले कसको
नेताका झोलाहरू बोकेर हिँड्ने गर्छु ।
पहिला पहिला झोलामा
कम्युनिस्ट पार्टीको घोषणापत्र हुन्थ्यो
रेडबुक हुन्थ्यो
मार्क्सवाद र लेनिनवादका ठेलीहरू हुन्थे
माओ त्से तुङ, चाउ एन लाई र तेङ स्याओ पिङका जीवनीहरू हुन्थे
किम इल सुङका लेखहरू हुन्थे
हो चि मिन्हका संस्मरणहरू हुन्थे
गोन्जालोका गाथाले भरिएका पुस्तिकाहरू हुन्थे
चे ग्वेभाराका तिलस्मी कथाहरू हुन्थे
म्याक्सिम गोर्कीको `आमा´
याङ मोको `युवाहरूको गीत´ भन्ने उपन्यासहरू
र लु सुनका कालजयी रचनाहरू हुन्थे
अनि वर्ग विश्लेषण र संसार परिवर्तन गर्ने किताबहरू हुन्थे
त्यतिबेला झोला बोक्ने मेरा हजुरबा हुनुहुन्थ्यो ।
पहिला पहिला झोलामा
रामेश, मञ्जुल, जेबी टुहुरे, अरिम, रामकृष्ण दुवाल, रायन, माधव प्रधान, ओम श्रेष्ठ, विजय सुब्बा, शम्भु राई, उ...