३० फाल्गुन २०८२, शनिबार

भाषा/साहित्य

कविताः फूल र सर्प

कविताः फूल र सर्प

–लालगोपाल सुवेदी– जेलाई पनि डस्ने गर्छ सर्प गुराँसका हाँगा हाँगामा वेरिन्छ सर्प आकाशबेलीको लहरा लहरामा बेरिन्छ सर्प सर्प जहिल्यै पनि बिष ओकल्ने गर्छ तर फूल जहिल्यै सौन्दर्य बाँड्छ जहिल्यै सुवास छर्छ भर्खरै बिदा भयो वसन्त भुँ भुँ गर्दै माहुरी आए सायद सरल हृदयका कविहरू हुन् माहुरी तिनको अनुगुन्जन भुँ भुँ हो कि ओम् ओम् ती माहुरीहरूले आफ्ना पवित्र गीतहरूद्वारा जगत नै ओमकारमय बनाए फूलको रस पिएथे माहुरीहरूले फूलकै रस पियो सर्पले पनि सर्पले बनायो बिख माहुरीहरूले बनाए मह कैयन औसधीय गुण हुन्छ महमा माहुरीहरूले अमृत बनाए सर्प भन्नु विषको थैलो कर्मीहरूको सोचमा थिएन मैलो कसैको मनमा भगवान् कसैको मनमा श्राप कोही भन्छन् गोमन कोही भन्छन् काली नाग सर्पलाई भुँ भुँ को गुन्जन व्यर्थ सर्पलाई ओमकार सुनाउनुको के अर्थ फूलले बाड्छ सौन्दर्य फूलले सुवास छर्छ के हो फूल ? के हो सर्प ? ...
कविता: लुसी (छन्द: द्रुता)

कविता: लुसी (छन्द: द्रुता)

-सुदीपभद्र खनाल- जो हिँडिन् लुसी मुक्त भावले त्यो अरण्यको राप तापले आदि विश्वको चेतना लिई हो मनुष्यता बीज फैलिई जिन्दगी नयाँ खोज्न लम्किई दूर देशको मार्ग ताकिई हाँक लाख ती नाघ्न तम्सिई आदि मानवी पाइला लिई गर्त देखिए नाघिए कति दु:ख भेटिए काटिए कति जिन्दगी हिँड्यो अग्रगण्य भै फैलियो धराधाममा सँधै आँशुका नदी क्रूर त्रासदी शासकी कडा उग्र ताण्डवी नाघिई उठ्यो यो पला यहाँ यामिनी नगै भोर भो कहाँ ? भित्र यात्रु त्यो आजसम्म छ नाघ्न यो धरा अक्ष दक्ष छ यो खगोल नक्षत्र मण्डल घुम्न वर्षमै लक्ष्य राख्दछ आदि यात्रुको पाइला चली दिव्य दीपको त्यो शिखा बली हुर्कियो यहाँ सभ्यता नव व्यूँझियो उठी विश्व-मानव हे लुसी बढा पाइला अझै छन् खगोलमा तैँ सरी कतै नाघ जा उडी व्योम मण्डल खोजिदे तँ झै जीव चञ्चल लेखिदे नयाँ विश्वको गति द्वार दे नयाँ प्राञ्ज दे मति दृष्टि दे नयाँ लक्ष...
लघुकथा: त्यसो भए दुःख पायौ !

लघुकथा: त्यसो भए दुःख पायौ !

-धनराज गिरी- --- " तिमी चिट चोर हौ?" " होइन सर, गोल्ड मेडलिस्ट!एक कक्षादेखि मास्टरसम्म आफ्नो पालाको अर्को " हिसिलायमीकान्त" खेर गएको " अरुण तेस्रो" नेभर चीट सर,सारेर होइन,खारेर पढेको हो। हजुरको नाम सुनेको हो,अलि पछि परियो। हजुरसित पढ्ने इच्छा थियो। हजुर टाप!" " भित्री इमानदार हौ?" " सर,बेइमानी त हाम्रो सत्र पुस्तामा छैन, दुःख छ,तर इमान त्यागिन्न! इमानास्त्र नै मेरो परिवारको दिव्यास्त्र हो। हजुरको इमानको पनि चर्चा सुनेको छु! हजुर एक हक्की,बेखौफ साहित्यकार पनि,नमूनाको व्यक्तित्व! रे! भोग्न पाएको छैन।" " मेरो कुरा छोड,म असल मान्छे होइन। आफूलाई सज्जन मानिन्छ? " " सर,हजुर खराबहरूको लागि असल होइन,मेरो लागि त आदर्श,शोध गरेको छु हजुरको बारेमा! म हजुरजस्तै एक सचेत असल नागरिक बन्ने कोसिसमा छु सर,विदेश गएर पनि फर्किएको। खोई सर,यहाँ त ... फटाहा,खुराफाती,चीट चोर,खोस्टोधारीहरूकै रजगज पाइयो। " " स...
कविताः परिवर्तन

कविताः परिवर्तन

-आर.आर. चौलागाईं- हिजो वर्ग सफाया अभियानमा लागेका चट्टानजस्ता योद्धाहरू आज बाटो फेरेर वर्ग सम्झौतामा पुगेका छन् हिजो हतियार उठाएर जनयुद्धमा होमिएका फलामरूपी मान्छेहरू आज मैनजस्तै पग्लिएर झोलमा परिणत भएका छन् हिजो प्रजातान्त्रिक आन्दोलनमा जुटेका कर्मशील हातहरू आज धमाधम नोट बटुल्ने भएर करोडपति र अरबपतिमा रूपान्तरित भएका छन् यही त रहेछ नि परिवर्तन भनेको । –हेटौंडा, मकवानपुर ।...
लघुकथाः जिउँदो इतिहास

लघुकथाः जिउँदो इतिहास

-आरसी रिजाल- ए बाउ ! जाबो पानीको गिलास समाउन नसकी ओछ्यानमा पोख्यौ हैन? बाउ -- बुढा र बालक उस्तै हुन्छन् ।त्यसै नझर्कि न बाबू ! छोरा -- ऎले उस्तै भन्नूहुन्छ।म बालक छँदा अङ्खरा हातबाट खस्दा तपाईंले --ए घिच्नाको काल तेरो पाखुरामा मासी छैन कि क्याहो भन्दै गाला चट्काएको बिर्सनु भयो। बाउ -- ल सुन! बालक हुर्कदै युवा, प्रौढ अनि बूढो हुन्छ।बुढोपछि बढ्ने अर्को तह छैन् । मांसपेशी सिथिलभै,शरीर कमजोर हुँदै जान्छ अनि हलचल गराउन पर्ने मुढा झैँ होइन्छ ।केटाकेटी भने उमेरीदै जान्छन्।सोही अनुपातमा हड्डी र मांसपेशी दरिलो र कसिलो हुँदै जान्छ। सिक्ने उमेर भएकोले अग्रजको हकारबाट बच्न सजग हुँदै जान्छन्। छोरा --त्यसो भए तपाईंहरु हसुर्ने अनि ट्याउट्याउ कराएर थच्चिने मात्र। बाउ -- "हामीलाई काम छउन्जेल भाँडो, काम सकियो ठाँडो" जस्तो नआँक।हामी त ज्ञान,सीप र अनुभवले खारिएका " जिउँदो इतिहास " हौँ। हामीबाट कति धुत...
बालकविता: चरी जस्तै बन्न पाए

बालकविता: चरी जस्तै बन्न पाए

- रमेशचन्द्र घिमिरे- चरी जस्तै बन्न पाए कति जाती हुन्थ्यो जहिले पनि यात्रा मेरो आकाशमाथि हुन्थ्यो बादलसँग खेल्दै खेल्दै डुल्न घुम्न पाइने डाँडाकाँडा नाघ्न पाइने हिमाल चुम्न पाइने फर्की आउँथेँ आफ्नै बस्ती जब राति हुन्थ्यो चरी जस्तै बन्न पाए कति जाती हुन्थ्यो चारो खोज्न बेलाबेला जङ्गलमा चर्थेँ खोल्साखोल्सी खोज्थेँ अनि पानी खान झर्थेँ तारा साथी हुन्थ्यो मेरो जून साथी हुन्थ्यो चरी जस्तै बन्न पाए कति जाती हुन्थ्यो । -भोर्लेटार, लमजुङ ।...
शुकदेव उपाध्यायको दोस्रो उपन्यास ‘ऐँजेरु’ सार्वजनिक

शुकदेव उपाध्यायको दोस्रो उपन्यास ‘ऐँजेरु’ सार्वजनिक

नेपाल । सर्जक शुकदेव उपाध्यायको दोस्रो उपन्यास ‘ऐँजेरु’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । साहित्य सदनमा नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरू रोचक घिमिरे, श्रीओम श्रेष्ठ रोदन, निर्मोही व्यास, चन्द्रप्रसाद भट्टराई, माधवप्रसाद गौतम लगायतले उपन्यासको सार्वजनिक गरे । कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार घिमिरेले समाजको यथार्थ परिस्थितिलाई उपन्यासमा समेटिएको बताए । कृतिमाथि समीक्षा गर्दै साहित्यकार भट्टराईले उपन्यासको कथावस्तु सलल बगेको बताए । नियात्राकार निर्मोही व्यासले उपन्यासको कथानक यथार्थमा आधारित भएको उल्लेख गरे भने साहित्यकार रोदनले लेखकले आफ्नो जन्मदिनको अवसर पारेर पुस्तक सार्वजनिक गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा डा. शान्तिमाया गिरी, माधवप्रसाद गौतम, उपन्यासकार उपाध्याय लगायतले बोलेका थिए ।...
साहित्यकार डीआर उपाध्यायको नयाँ उपन्यास ‘आसक्ति’ सार्वजनिक

साहित्यकार डीआर उपाध्यायको नयाँ उपन्यास ‘आसक्ति’ सार्वजनिक

नेपाल । गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘आसक्ति’ एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । उपाध्यायको यो १७औँ उपन्यास हो । मंगलबार काठमाडौंमा साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहलगायतले कृति सार्वजनिक गरे । सिंहले राजनीतिज्ञले झुठो बोले पनि साहित्यकारले झुठो नबोल्ने भन्दै कलमको शक्तिको चर्चा गरे । कार्यक्रममा उपन्यासकार डा। उपाध्याय, आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीलगायतले बोलेका थिए ।...
वियोगी बुढाथोकीको नियात्राकृति ‘समयले जुटाएको चिटचिट’ लोकार्पण

वियोगी बुढाथोकीको नियात्राकृति ‘समयले जुटाएको चिटचिट’ लोकार्पण

नेपाल । साहित्यकार वियोगी बुढाथोकीको पाँचौँ नियात्राकृति ‘समयले जुटाएको चिटचिट’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । नेपाली लेखक संघका अध्यक्ष समेत रहेका उनका यसअघि १७ पुस्तक प्रकाशित छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नियात्रा समाजका अध्यक्ष मोहन चापागाईंलगायतले उक्त कृति सार्वजनिक गरे । चापागाईंले कृति सार्वनजनिक गर्दै वियोगीका नियात्राहरूमा मानवीकरण भेटिने उल्लेख गरे । साहित्यकारको व्यक्तित्व तिनका कृतिमा भेटिने बताउँदै उनले कृतिभित्रका विभिन्न रोचक प्रसंगहरूको चर्चा गरे । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. कपिल अज्ञातले यात्रामा आँखा, मन र गोडा, तीनैको सन्तुलन हुनुपर्ने भन्दै तिनकै सन्तुलनले नियात्रा जन्मिने बताए । उनले वियोगीका नियात्रामा अनुभूति र सन्देश पर्याप्त रहेको बताए । शिवपुरी साहित्य समाजद्वारा आयोजित कार्यक्रममा सर्जकहरू विष्णुबहादुर सिंह, श्री...
लघुकथाकार रमेन्द्र कोइरालाका कथामाथि बहस

लघुकथाकार रमेन्द्र कोइरालाका कथामाथि बहस

नेपाल । लघुकथाकार रमेन्द्र कोइरालाका कथामाथि बहस सम्पन्न भएको छ । ‘नारी स्रष्टा समाज’ले काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थियटरमा आयोजना गरेको ‘ममता मृदुलसँग लघु कथामा बहस’ कार्यक्रममा कोइरालाका कथाहरुमाथि बहस भएको हो । वरिष्ठ नाट्यगुरु अशेष मल्लको प्रमुख आतिथ्य तथा वरिष्ठ समालोचक प्रा।डा। लक्ष्मणप्रसाद गौतम, लघुकथा समाज नेपालका संस्थापक तथा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, लघुकथा समाजका उपाध्यक्ष तुलसीहरि कोइराला र सिर्जना अभियानका अध्यक्ष ध्रुव मधिकर्मीको विशिष्ट आतिथ्यमाकार्यक्रम सम्पन्न भएको हो । लघुकथा समाजका उपाध्यक्ष तुलसहरि कोइरालो रमेन्द्र कोइरालाको व्यक्तित्व र लघुकथाकारिताका सम्बन्धमा चर्चा गर्नुभयो । लघुकथाकार पिपि कोइरालाले जेठो दाइ रमेन्द्रको सङ्घर्ष, परिवारको कठोर जिम्मेवारी निर्वाह गर्दै पनि प्रगति गरेको आदि चर्चा गर्नुभएको थियो । कथाकार कोइराला र उ...