झसापको ३३औं वार्षिकोत्सव तथा सातौँ बकैया कला-साहित्य महोत्सव सम्पन्न
नेपाल (मकवानपुर) । झरना साहित्यिक परिवार मकवानपुरको ३३ औं वार्षिकोत्सव तथा ३२४ औँ साहित्य शृङ्खलाको अवसरमा आयोजित ७ औँ बकैया कला–साहित्य महोत्सव २०८२ फागुन ५ र ६ गते महेन्द्र मावि (प्राविधिक शिक्षालय) मा सम्पन्न भएको छ ।
झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षतामा सम्पन्न दुई दिवसीय उक्त कार्यक्रमको पहिलो दिन बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको थियो ।
महोत्सवको पहिलो दिन विभिन्न विद्यालयका विद्यार्थी शिक्षक र साहित्यनुरागीहरूसहित ३०० जनाको उपस्थितिमा अन्तर विद्यालय कविता र चित्रकला प्रतियोगिता भएको थियो । यसैगरी डा. अर्पण पराजुलीद्वारा सकारात्मक सोच अभिवृद्धि सन्दर्भमा सहजीकरण गरिएको थियो । यसै क्रममा विद्यार्थीहरूद्वारा जातिगत नृत्यहरू प्रस्तुत गरिएको थियो ।
कविता प्रतियोगितामा १९ जना सहभागी भएकोमा प्रभात माविकी रितु विक, महेन्द्र माव...









