ललितकला क्षेत्रका १५ जना कलाकार सम्मानित
नेपाल । नेपाल व्यावसायिक कलाकार संघको ३१औँ स्थापना दिवस र राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवसका अवसरमा ललितकला क्षेत्रका १५ जना कलाकार सम्मानित एवं पुरस्कृत हुनुभएको छ ।
नेपाल व्यावसायिक कलाकार सङ्घद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार शशिविक्रम शाह र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायतले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।
कार्यक्रममा हेम–गङ्गा युवा कला प्रतिभा पुरस्कार सुदीप बस्याल, हेम–गङ्गा महिला कला प्रतिभा पुस्कार सम्झना राजभण्डारी र क्यान आइडियल कला पुरस्कार अजय देसारलाई प्रदान गरियो भने मुल्मी ग्राफिक डिजाइन पुरस्कार अशोकमान सिं अमात्य, कला पुरस्कार रत्नकाजी शाक्य, निर्वाणकला सम्मान मुकुन्द प्रयास, सुरेन्द्र प्रधान दीर्घकला साधक सम्मान वरिष्ठ कलाकार मदन चित्रकार, क्यान सिग्देल आर्ट मानकाजी श्रेष्ठ, क्रोधकला शिरोमणि हरिप्रस...









