कथाः मलामी
–आरसी रिजाल–
सावित्री बज्यैले पति चिरञ्जीवी बुढालाई बिहान चियापिउन उठ्नुस भनेर घचघच्याउदा सिताङ् भएको चालपाइन र आँगनमा आएर रुदै छिमेकीलाई गुहार्न लागिन् ।
...
चारपाँच जना बुढाबुढी जम्मा भए । एकजनाले नाडी छामेर–ल स्वर्गबास भएछ । लासलाई तुलसीको मोठमा लगेर राखौँ भने ।अर्कोले– जिउँदोमा भन्दा मरेको मान्छे गरुँगो हुन्छ । लास बाहिर निकाल्न हामी वृद्धले शक्त्तैनौँ ।गाउँमा लाठे भन्नू पुछारघरे ठुलो कान्छा र खोरण्डे माइलामात्र छ्न्। बोलाउन पर्यो भने । वल्लोपल्लो घरका बुहारी केटाकेटी पनि जम्मा भैसकेका थिए । एउटी बुहारिले– खोरण्डे दाइको मोबाइल नम्बर मलाई थाहा छ ।म दुबैजनालाई बोलाउछु भनिन् ।
...
यता बुढाहरु ढोबाडी खोलामा चिताको बन्दोबस्त गर्न २–३ जना अगाडि नै जानपर्छ भन्दै छ्न् । बुढीहरु सावित्रीलाई सम्झाउँदै छ्न् । यत्तिकैमा खोरण्डे र ठूलोकान्छा आएर लासलाई बाहिर तुलसीको मोठमा पुर्याउछ्न् । छिम...






