८ कार्तिक २०८२, शनिबार

भाषा/साहित्य

कविता: घर

कविता: घर

-आर. आर. चौलागाईं- जुन घरमा मेरो पसिना बगेको छ जुन घरमा मेरो रगत बगेको छ त्यही घरमा तिमी मलाई नआउनु भन्छौ । त्यो घर तिम्रो मात्रै होइन त्यो घर मेरो मात्रै होइन त्यो घर हामी सबैको हो त्यही घरमा तिमी मलाई नआउनु भन्छौ । जुन घरको लागि मेरो जीवनसाथीको जीवन सिद्धिएको छ जुन घरको लागि मेरो सिउँदो पुछिएको छ जुन घरको लागि मेरा छोरीहरूको रहर खरानी भएको छ त्यही घरमा तिमी मलाई नआउनु भन्छौ । त्यो घर यो देशको भविष्य हो त्यो घर नेपाली जनताको सपना हो त्यो घर मेरो पनि आँसु पुछ्ने आधार हो त्यही घरमा तिमी मलाई नआउनु भन्छौ । -हेटौंडा, मकवानपुर ।...
लघुकथा: को खाइ ? को खाइ ?

लघुकथा: को खाइ ? को खाइ ?

-आरसी रिजाल- आमाले हिजो बिहान बेलुकी खाना नखाएको कुरा श्रीमतिले श्रवणलाई सुनाइन् । श्रवणले -- कहिलेकाहीँ तिमी झर्केर बोलेको सुन्छु।आमाको चित्त दुखेको हो कि? आमा किन नखानु भएको भनी सोधेनौ? ८० बर्षे बुढी आमा बिरामी पर्लिन् भन्ने डर। श्रीमती -- नरम भएर कति चोटि भनेकी हुँ।मुख फुलाएर बस्नु भा'छ। हजुरले हो आमालाई बढी पुलपुल्याएको भनिन्। भोलिपल्ट श्रवण आमाको कोठामा खाना लिएर प्रबेस गर्छ्न् -- आमा तपाईंले हिजो खाना खानु भएको छैन रे! बुहारीले हिजोराती मलाई सुनाइन् । ल खानुस्।तपाईंले नखाने हो भने म पनि खान्न भने। आमाले-- भात त्यही राख्दे ।भोक लागेपछि म आफैं खान्छु।तँलाई अफिस जान ढिलो हुन्छ।तँ खाएर जा भनिन् । अनेक तिगड्म लगाउदा पनि केही नलागेपछि श्रवणले चम्चामा भात लिएर आमाको अनुहारमा हेर्दै -- २/३ पटक " को खाई ?को खाई? आमाले खाई । " भन्दै फकाउन लाग्यो। यो भनाई सुन्दा आमाको आँखा छच्लकिए । सायद ...
छोटो कविता: छल

छोटो कविता: छल

-लालगोपाल सुवेदी- एउटा देशको बाढी हो त्यो अर्को देशको बादल आकाश गरिरहन्छ छल धर्ती बदल्छे आँचल यही त हो कृष्णलीला यिनको, तिनको , उनको जसको पनि हरक्षण हरपल रातो , कालो, सेतो , पहेंलो- तिम्रो मेरो वस्त्र वस्त्र नै त हो नि निर्वस्त्रहरूको पनि अस्त्र !!! -अमेरिका ।
कविता: रङ

कविता: रङ

-सुदीपभद्र खनाल- आ आ रात लिएर आ तिमिरको सारा अँध्यारो घना कालो कर्कश क्रूरता कहरको जालो निरालो पना त्यै कालोपनबाट झिक्न म सकूँ आभा नयाँ कञ्चन जस्तै भर्भर अग्निकुण्ड बिचमा बन्छन् तपी कुन्दन आ ए दु:ख तँ आ लिएर युगका बाहूबली शून्यता काला क्रन्दन यातना घनघटा आडम्बरी कूटका सारा दु:ख पिएर सिर्जन सकूँ आभा नयाँ प्राञ्जल जस्तै पङ्कज पङ्ककै रसपिई सौन्दर्यले युक्त छ आ आ भोक तँ आ समस्त म निलूँ संसारकै कल्मष यस्तो प्यास चढोस् कि प्यूँन मसकूँ तृष्णा र ईर्स्या रिस सारा वीष पिएर बाँच्न म सकूँ आनन्दले हर्षित जस्तो घूँट लिएर कालकुटको छन् शान्त श्री शंकर आ आ ताप तँ आ म सूर्य सम हूँ ठण्डा हिमानी सरि पानीझैँ म बगूँ लिई सरसता दौडूँ म हावासरि मान्छेभित्र पवित्र प्राण म फुकूँ आधार भै पावन जस्तो जीवनदायिनी सकलको धर्ती छ सर्वोत्तम आ हे स्तुत्य सुभावना प्रकृतिकी दे त्याग गर्ने कला जाओ दम्भ ...
बालकविता:चौताराको बाघ

बालकविता:चौताराको बाघ

- रमेशचन्द्र घिमिरे- भाइले थाहा पाएछ बाघले बाख्रा खाएछ देख्यौ तिम्ले वनमा ? पारि सिम्ले वनमा कताबाट आएछ ? कति बेला खाएछ ? हैन त्यसो हैन रे ! सिम्लेमा बाघ छैन रे ! चौतारामा आएछ छानी-छानी खाएछ चौतारामा के आउँथ्यो ? बाख्रा वनमै पाउँथ्यो मौका छोप्न भ्याएछ झ्याप्प-झुप्प खाएछ बाघ जम्मा चारोटा बाख्राभन्दा क्यै मोटा खबर यस्तो ल्याएछ दुब्ला बाख्रा खाएछ छपनीमा बसेर ढुक्कै पन्था कसेर आफूले जुन चाहेछ मिलाई-मिलाई खाएछ बाबासँग सोधियो ढुङ्गो रै´छ बुझियो त्यस्सै गफ लाएछ बाघले बाख्रा खाएछ । बाघ पनि ढुङ्गाकै बाख्रा पनि ढुङ्गाकै बल्ल ढुक्क भएँ म अब खेल्न गएँ म ! °°°°° -भोर्लेटार, लमजुङ ।...
साहित्यकार ममता मिश्रको उपन्यास ‘पहिचान’ सार्वजनिक

साहित्यकार ममता मिश्रको उपन्यास ‘पहिचान’ सार्वजनिक

नेपाल । साहित्यकार ममता मिश्रको उपन्यास ‘पहिचान’ सार्वजनिक गरिएको छ । ममताको यो दोस्रो कृति हो । हालै अस्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रममा लेखक ममता, वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, ब्ल्याकटाउन सिटीका सामुदायिक अगुवा एवं लेखक डा। ओम ढुंगेल, सौरभकिरण श्रेष्ठ र सानु घिमिरेले संयुक्त रूपमा पुस्तक विमोचन गरे । सिड्नीमा स्थायी रूपमा रही ममताले नेपाली साहित्यमा निरन्तर योगदान दिँदै आएकी छन् । आयोजकका अनुसार, कार्यक्रममा उपन्यासकार प्रज्ञा पनेरुले पुस्तकमा समेटिएका महिला पात्रहरूको मनोवैज्ञानिक र सामाजिक चित्रणमाथि विश्लेषण प्रस्तुत गरिन् । समालोचक सुरेन्द्र दवाडीले उपन्यासको साहित्यिक चेत, संरचना र कथानकको विवेचना गरे । उनले लेखकलाई आउँदो कृतिमा थप सशक्तता ल्याउन सुझाव पनि दिए । विमोचनसँगै उपन्यासकार ममता र लेखक सानु घिमिरेबीच करिब आधा घण्टा पुस्तक वार्ता समेत आयोजना गरिएको थियो ।...
ढुंगानाको कविताकृति ‘सौन्दर्यको भग्नावशेष’ लोकार्पित

ढुंगानाको कविताकृति ‘सौन्दर्यको भग्नावशेष’ लोकार्पित

काठमाडौं । कवि एलिसा ढुंगानाको पहिलो कविताकृति ‘सौन्दर्यको भग्नावशेष’ एक कार्यक्रमबीच लोकार्पित भएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि दिनेश अधिकारी, डा. नवराज लम्साल, एसपी कोइराला, डा. देवी नेपाललगायतले कृति लोकार्पित गरे । प्रमुख अतिथि कवि गीतकार अधिकारीले एलिसाको पहिलो कृति भए पनि यसभित्रका कवितामा जीवनका कटु यथार्थहरू समेटिएको बताए । उनले कवितामा जीवनका विविध पक्ष प्रस्तुत भएको उल्लेख गरे । कृतिमाथि समीक्षा गर्दै कवि डा। लम्सालले कवितामा विद्यमान पाँच शक्तिहरूको चर्चा गर्दै उनका कविताहरूमा मातृशक्ति सबलरूपमा आएको बताए । डा. लम्सालले यसभित्रका कवितामा प्रेमको स्पर्श गहिरोसँग भेटिने उल्लेख गरे । अर्का समीक्षक कवि डा. देवी नेपालले कवितामा नयाँ स्वाद भेटिने उल्लेख गर्दै यसभित्रका कवितामा धेरै माथिको सौन्दर्य भेटिने बताए । कार्यक्रममा कवि एलिसाले कविता आफ्नो मन...
राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ लोकार्पण

राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ लोकार्पण

नेपाल । उपन्यासकार राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ लोकार्पण गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडासहितले कृति लोकार्पण गरेका हुन् । समीक्षात्मक टिप्पणी गर्दै प्रमोद प्रधानले उपन्यासमा न्यायालयभित्रका विकृति विसंगतिका विषयहरू समेटिएको उल्लेख गरे । कार्यक्रममा साहित्यकारहरू राधेश्याम लेकाली, उपन्यासकार वाग्ले, अभिनेता सरोज खनाल, साहित्यकार विमल भौकाजीलगायतले बोले । त्यस अवसरमा वाग्लेद्वारा रचिएको गीत ‘आगो बनेर बल्न सक्छु, तुफान बनेर चल्न सक्छु’लाई पनि कार्कीले सार्वजनिक गरिन् । यसका गायक तथा संगीतकार सन्तोष श्रेष्ठ हुन् ।...
गोपी मैनालीको ‘अक्षरको मन’ सार्वजनिक

गोपी मैनालीको ‘अक्षरको मन’ सार्वजनिक

नेपाल । पूर्वसचिव तथा साहित्यकार गोपी मैनालीको निबन्धकृति ‘अक्षरको मन’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा इतिहासविद् दिनेशराज पन्त, प्रा।डा। खगेन्द्रप्रसाद लुइँटेल, ठाकुर शर्मा भण्डारी, युवराज मैनाली लगायतले कृति सार्वजनिक गरे । इतिहासविद् दिनेशराज पन्तले मैनालीका निबन्धहरूमा विषयवस्तुको गाम्भीर्यता उच्चकोटीको रहेको बताए । कृतिकार मैनालीले यी निबन्ध आफ्नो मनमस्तिष्कको तरंग भएको उल्लेख गरे । मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा आयोजित कार्यक्रममा कलानिधि दाहाल, राधेश्याम लेकाली, महेश प्रसाईं, प्राडा लुइँटेल, डा. अर्जुनदेव भट्ट, युवराज मैनाली, वेदमणि घिमिरे लगायतले बोले । कृतिमाथि डा. हरिप्रसाद सिलवाल र डा. परशुराम पौड्यालले समीक्षात्मक मन्तव्य राखे ।...
यो वर्षको ‘दाहाल यज्ञनिधि’ पुरस्कार स्थगित

यो वर्षको ‘दाहाल यज्ञनिधि’ पुरस्कार स्थगित

नेपाल । यो वर्षको साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको नाममा स्थापित ‘दाहाल यज्ञनिधि’ पुरस्कार स्थगित भएको छ । दाहाल यज्ञनिधि सुधा सदनका संरक्षक कृष्णकुमारी दाहालको निधन भएका कारण यस वर्षको पुरस्कार स्थगन गरिएको संस्थाका अध्यक्ष सुधा दाहालले जानकारी दिनुभयो । दाहाल यज्ञनिधि प्रतिभा पुरस्कार भने दरबार हाइस्कुलमा सङ्क्षिप्त कार्यक्रम गरेर प्रदान गर्ने निर्णय भएको छ । सातौं स्मृति दिवसको अवसरमा संस्थाले दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । काठमाडौंको बुढानिलकण्ठमा आयोजित श्रद्धाञ्जली सभामा संस्थाका पदाधिकारी र परिवारका सदस्यको उपस्थिति थियो । आइतबार दाहाल यज्ञनिधि सुधा सदनको साधारणसभासमेत सम्पन्न भएको छ । सुधा दाहालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गर्दै साधारणसभा सम्पन्न भएको संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छुले जानकारी दिनुभयो। दाहाल यज्ञनिधि यो पुरस्कारबाट यसअघि राष...