
यसरी ब्रेक गरियो पत्रकार हत्याको त्यो समाचार
–किशोर श्रेष्ठ–
२०५९ साल जेठ अन्तिम साताको कुरा हो । मंगलबार राती हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो,–कृष्णलाई मार्यो नि,
‘को कृष्ण ?’– उसले डिटेलमा भन्न सकेन ।
संकटकालको बेला थियो–सेना,प्रहरी सबैले प्रेसलाई सताइराखेको अवस्था । दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको बर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने ब्यक्ति कृष्ण सेन मारिएको ठाँउका प्रत्यक्षदर्शीमध्येकै ।
फोन आएपछि यस विषयमा छलफल गर्यौँ । तर कन्फ्युजन भयो । मारिएका ब्यक्तिको नाम कृष्ण मात्रै भनिएको थियो । जबकि पक्राउ परेका दुई जना थिए । कृष्णध्वज खड्का (हाल सञ्चार मन्त्री रेखा शर्माका पति) र अर्का कृष्ण सेन इच्छुक । हामीले यो हप्ता विस्तृत सूचना पाउन नसकेपछि समाचार लेखेनौं । अर्को हप्ता सोमबार फेरि फोन आयो । स्रोतले भन्यो–तपाईंहरु समाचार छाप्न डराउनु भएछ यार ।
हामीले भन्यौं,किन डराउनु र को कृष्ण हो, डिट...