अमेरिकाको बोस्टनमा २५६८औं बुद्ध जयन्ती भव्यताका साथ मनाइँदै
अमेरिका (बोस्टन) । विश्वमा शान्तिको महत्व दिनानुदिन बढ्दै गइरहेको छ। नेपालको लुम्बिनीमा जन्मिएका महात्मा बुद्धलाई विश्वकै शान्तिका अग्रदूत मानिन्छ । जसले जगतलाई शान्ति प्राप्त गर्ने अमूल्य ज्ञान र दर्शन दिएर गए । उनै महात्माको स्मरण विशेष गरी बैशाख शुक्ल पूर्णिमाका दिन वा त्यस दिन अघि पछि गर्ने गरिन्छ । हरेक वर्ष बैशाष शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती पर्दछ । यस वर्ष २०८१ साल जेठ १० गते अर्थात सन् २०२४, मे २३ तारिख बिहिबार बुद्ध जयन्ती परेको छ । यसै अवसरमा विविध कार्यक्रमहरु गरेर बुद्ध जयन्ती विश्वभर मनाइदै छ ।
यसै अवसरमा, अमेरिकाको बोस्टनमा २५६८औं बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरिएको छ। हरेक वर्ष झै यस वर्ष पनि बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरिएको हो । पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन) र ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) संयुक्त आयोजना र...









