अन्तराष्ट्रिय महिला दिवसमा २० जना महिलाहरुलाई जयजानकी अन्तराष्ट्रिय सम्मान
नेपाल । मधेशी पत्रकार समाज नेपाल र मधेशी एसोसिएसन इन अमेरिकाले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका २० जना महिलाहरुलाई जय जानकी अन्तराष्ट्रिय सम्मानद्धारा सम्मानित गरेका छन् ।
शनिवार आयोजित एक कार्यक्रममा विभिन्न विधा अन्तर्गत रहेर देश तथा विदेशका शसक्त महिलाहरुलाई सम्मान गरिएको मधेशी पत्रकार समाज नेपालका अध्यक्ष मोहनकुमार सिंहले बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, गायिका अन्जली पटेल, ममता चौधरी, मिता अग्रवाल, रञ्जु ठाकुर, सरिता साह, सृष्टि सिंह भण्डारी, सुनिता हरिजन, बन्दना झा सम्मानित भएका थिए ।
अन्तराष्ट्रिय स्तरबाट भारतका चर्चित लोक गायिका स्वर्गीय सारदा सिन्हालाई मरोपरान्त लाइफ टाइम मेमोरियल एचिभमेन्ट अवार्डद्धारा सम्मानित गरिएको थियो ।
भारतका अर्थमन्त्री निर्मला सिथारमणलाई पनि सम्मान गरिएको थियो । साथै, भारतबाट चर्चित मैथली लोक गायिका मैथली ठाकुर, ...









